माइबेनी मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

माइबेनी मेला नेपालका मुख्य मेलाहरूमध्ये एक हो। यो मेला माघे संक्रान्तिका अवसरमा इलामको जोगमाई नदी तथा माई नदीको संगमस्थलमा लाग्ने गर्दछ। मेला भर्न आसपासका गाउँहरू, छिमेकी जिल्लाहरू र भारतका सिक्किम, दार्जिलिङ लगायतका ठाउँहरूबाट मानिसहरू आउने गर्दछन्। इलामका चार माई मध्ये दुई माईको संगममा मकर नुहाएर यो मेलामा जाने गरिन्छ।