माईपोखरी गाविस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
माईपोखरी
—  गाउँ विकास समिति  —
माईपोखरी is located in Nepal
माईपोखरी
माईपोखरी
नेपालको नक्शामा माईपोखरी
निर्देशाङ्क: २७°०३′उत्तर ८७°५४′पूर्व / २७.०५° उत्तर ८७.९०° पूर्व / 27.05; 87.90निर्देशाङ्क: २७°०३′उत्तर ८७°५४′पूर्व / २७.०५° उत्तर ८७.९०° पूर्व / 27.05; 87.90
देश  नेपाल
अञ्चल मेची अञ्चल
जिल्ला इलाम जिल्ला
जनसङ्ख्या (1991)
 - जम्मा ३,६२५
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

माईपोखरी इलाम जिल्लाको उत्तरी भेकमा अवस्थित एक गाविसमाई पोखरी धार्मिक आस्थाको विशिष्ट केन्द्रका रूपमा पूर्वाञ्चलभरि ख्यातिप्राप्त पुण्यभूमि इलामका चार माइ (जोगमाइ, महमाइ, पूवामाइ र देउमाइ)को बीचतिर दुई हेक्टरको जलाशय र वरिपरिको १० हेक्टर वन क्षेत्र माइपोखरी धार्मिक वनका रूपमा कायम भएको छ । यो पोखरीका नौ कुना छन् जसमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ । [१] पत्रे चट्टानको पहाडमा अवस्थित विशाल जलाशयको नौ वटा कुना छ, धार्मिक मान्यता अनुसार यि कुनाहरूमा नवदुर्गाले वास गरेको विश्वास गरिन्छ । खासगरी धार्मिक पर्यटनकै लागि ख्याती कमाएको छ माइपोखरीले । तर,यो जैविक विविधताको पनि विशाल भण्डार हो । विश्वमै नपाइने कतिपय जीवजन्तु एवं वनस्पति यहाँ पाइएको अन्वेषणहरूले पुष्टि गरेको छ । पानी गोहोरो जस्ता विश्वमै दूर्लभ जीव माइपोखरीमा संरक्षित छ भने, गलैंचे लेउ नामक वनस्पती कहिंपनि पाइदैन । २ हेक्टरमा फैलिएको जलाशय र ९० हेक्टरमा फैलिएको सीमसार क्षेत्रले माइपोखरीलाई जैविक विविधताको हिसावले धनी वनाएको छ । हालै मात्र माइपोखरीलाई रामसार क्षेत्रको रूपमा पनि सूचिकृत गरिएको छ । यहा“ मन्दिर, कुटी, चौतारी, फूल वैंगचा, पैदल मार्ग जस्ता थुप्रै आकर्षण छन् । पोखरी आसपासमा औषधिय गुणले भरिपूर्ण घना जंगल छ । इलामको उत्तरी क्षेत्रमा अवस्थित यो पोखरी जैविक विविधता, धार्मिक आस्था, पर्यटकिय गन्तव्यको रूपमा चर्चित छ । प्राकृतिक सौन्दर्यका हिसावले उत्कृष्ट छ माइपोखरी । त्यसैले त वर्षेनी हजारौं पर्यटकहरू यस क्षेत्रका भ्रमणका लागि आउने गर्छन् । माइपोखरीमा वस्नका लागि सामन्य होटल तथा लजको व्यवस्था छ । इलाम वजारवाट विव्ल्याटे, जसबीरे हुदै करिव ३ घण्टाको पैदल यात्रा तय गरेर माइपोखरी पुग्न सकिन्छ । साथै, यहाँसम्म पुग्न साना गाडीहरू पनि पाइन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९

थप जानकारीका लागि हेर्नुहोस्[सम्पादन गर्ने]