माई डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माई डटकम
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगमोबाइल सञ्चार
अन्तरक्रियात्मक मनोरञ्जन
श्रव्य दृश्य खेल
स्थापित३० अक्टोबर २०१२ (2012-10-30)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
विश्वव्यापी
मूल सङ्गठनरूस मेल डटरू समूह
वेबसाइटमाई डटकम

माई डटकम एक रूसी कम्पनी मेल डटरूको अन्तर्राष्ट्रिय सहायक कम्पनी हो जसले खेल तथा इण्टरनेट सम्बन्धित सेवा र उत्पादनहरू प्रदान गर्ने गर्दछ। माई डटकम माई मेल, माई च्याट, माई गेम्स र म्याप्स डटमीमा ब्राण्डहरू र सेवाहरूको तहत कार्य गरिरहेको छ।[१][२] माई डटकमको प्रधान कार्यालय नेदरल्याण्डस्को राजधानी एम्ष्टरडममा छन् भने यसको कार्यालय माउण्टेन भ्यू, क्यालिफोर्नियामा पनि अवस्थित छ। [३]

उत्पादनहरू[सम्पादन गर्नुहोस्]

माई मेल माई मेल आइओएसएन्ड्रोइडमा पुनर्निर्धारित इमेल सेवालाई हटाउने उदेश्यका साथ बनाइएको एक ईडाँक अनुप्रयोग हो [४] जसले एक प्रयोगकर्ताको नाममा अवस्थित इमेल खाताहरू एकै ठाउँमा जडान गर्दछ र यसले नयाँ एट माई डटकम इमेल ठेगाना पनि प्रस्ताव गर्दछ।[५] यसको मुख्य विशेषता भनेको वास्तविक समय, अनुकूलन सूचनाहरू प्रदान गर्नु हो। माई डाँकले मोबाइल अनुप्रयोग/उत्पादकता श्रेणीमा उत्कृष्ट सञ्चार पुरस्कार प्राप्त गरेको थियो।[६]

माई च्याट माई च्याट एक मोबाइल तत्काल सन्देश सेवा हो जून आइओएस, एन्ड्रोइड र विन्डोज फोन लगायतका मञ्चहरूमा उपलब्ध छ जसले पाठ, आवाज र श्रव्य दृश्य सन्देशहरूको सुविधा प्रदान गर्दछ।[७]

माई गेम्स माई गेम्स भुक्तान शैलीमा आधारित मोबाइल र सुशाङ्ख्यको लागि बनाइएको खेलको सङ्ग्रह हो।[८] अब्सिडियन इण्टरटेण्मेण्टले हाल आर्मर्ड वारफेयरको विकास गरिएको छ भने स्काइ फर्जलाई स्थानीयकरण गर्दै छ जून दुबै श्रव्य दृश्य खेलहरू माई डटकमका आगामी बहुसङ्ख्यक खेलाडीद्वारा खेल्न मिल्ने अनलाइन खेल हो।[९] वर्ल्ड अफ स्पिड, बहुसङ्ख्यक खेलाडीद्वारा खेल्न मिल्ने सवारी साधन दौडाउने अनलाइन खेल हो जसलाई सुरुमा स्लाइट्ली म्याड स्टुडियोले विकास गरेको थियो जसले पहिला निड फर स्पिड सिफ्ट १ र सिफ्ट २ अनलिस्ड विकास गरिसकेको छ, तर पछि यसको विकास गर्ने सेवर इण्टरएक्टिभले लिएको थियो। [१०]

अगष्ट २०१७ मा, यो खेल स्टिममा पूर्व पहुँचको शीर्षक सहित सार्वजनिक गरिएको थियो तर १२ नोभेम्बर २०१८ मा, विकासकर्ताले २५ डिसेम्बर २०१८ मा यस खेलको सेवकलाई पूर्णरूपमा बन्द गर्ने घोषण गरेका थिए।[११][१२] सन् २०१४ को इलेक्ट्रोनिक मनोरञ्जन एक्स्पोमा, टेन टन हेमरले स्काई फर्जलाई प्रदर्शनमा उत्कृष्ट र आर्मर्ड वारफेरलाई उत्कृष्ट बहुखेलाडी खेलको रूपमा नामाकरण गरेको थियो।[१३]

म्याप्स डटमी म्याप्स डटमी एन्ड्रोइड, आइओएस र ब्ल्याकबेरीमा उपलब्ध एक मोबाइल अनुप्रयोग हो जसले ओपन ष्ट्रिट म्याप नक्साको आँकडा प्रयोग गरी अफलाइन नक्सा सेवा प्रदान गर्दछ।

गाइड विथ मी गाइड विथ मी वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-२३ मिति अफलाइन यात्रा सहयोगी हुन् जसले विकियात्राको खुल्ला आँकडा प्रयोग गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. मिच्ड, रचेल, "Три вопроса для российского интернет-магната Дмитрия Гришина", टेक्नोलोजी रिभ्यु, अन्तिम पहुँच नोभेम्बर १९, २०१३ 
  2. ब्रायण्ट, मार्टिन, "Russian giant Mail.ru launches in the US as My.com, with free email and IM apps subsidized by mobile gaming", द नेक्स्ट वेब, अन्तिम पहुँच १९ नोभेम्बर २०१३ 
  3. Krawczyk, Konrad, "Российская база Mail.Ru запуски My.com здесь, в США.", डिजिटल ट्रेण्ड्स, अन्तिम पहुँच नोभेम्बर १९, २०१३ 
  4. फ्राइड, इना, "Russia’s Mail.ru Hopes to Crack U.S. Market With Mobile Chat and Email Programs", अल थिङ्क्सड्, अन्तिम पहुँच नोभेम्बर १९, २०१३ 
  5. ग्राण्ट, रेबेका, "Russia Internet giant Mail.Ru does something the Soviets never did: Invade America", भेञ्चर बिट, अन्तिम पहुँच नोभेम्बर १९, २०१३ 
  6. "20th Annual Communicator Award of Distinction Winners", कम्युनिकेटर अवार्ड 
  7. "GNC Exclusive: My.com Launches myMail & myChat", गिक न्युज सेण्ट्रल, अन्तिम पहुँच नोभेम्बर १९, २०१३ 
  8. म्यक, रायन, "You've Got Mail.Ru: Russian Internet Giant Looks For U.S. Expansion With My.com", फोर्ब्स, अन्तिम पहुँच नोभेम्बर १९, २०१३ 
  9. ल्याङस, मार्क, "Skyforge, Armored Warfare MMO titles announced by Obsidian at GDC", डिजिटल स्पाई, अन्तिम पहुँच मार्च २२, २०१४ 
  10. ष्टुअर्ट, किथ, "World of Speed – UK developer Slightly Mad reveals major new racer", द गार्जिएन, अन्तिम पहुँच फेब्रुअरी १०, २०१४ 
  11. पालुम्बो, एलिसियो (२०१७-०८-२९), "World of Speed Is Back on Steam Early Access, Saber Interactive Is Developing It", डब्ल्युसिसिएफ टेक (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-२४ 
  12. "Важное объявление : мир скорости общие обсуждения", ष्ट्रिम कम्युनिटी डटकम (रूसीमा), अन्तिम पहुँच २०१९-०२-२४ 
  13. वाटर्स, रुबेन, "TEN TON HAMMER'S BEST OF E3 2014 AWARDS", टेन टन हेमर, अन्तिम पहुँच जुन २३, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]