माउजङ्ग बाबुसाहेबको कोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माउजङ्ग बाबुसाहेबको कोट साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । कथाकार भिक्षुले यस कथामा गिर्दो आर्थिकअवस्थाबाट सृजित उच्चवर्गका मानसिक आघातहरूको वर्णन गरेका छन्। सामाजिक र राजनीतिक परिवर्तननले सृजना गरेको अभावलाई स्वीकार्न नसक्ने मानसिकता र स्वीकार्नु पर्ने बाध्यताका बीचको द्वन्द्वलाई उतारिएको माउजङ्ग बाबुसाहेबको कोट कथामा कुलीन परम्परा, आभिजात्य अहं र वर्गीय प्रतिष्ठामा आँच आउँदाको छटपटी, विषाक्त मनस्थिति आदिको प्रभावकारी वर्णन गरिएको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]