माओ त्से तुङ्
माओ त्से-तुंग | |
| उपनाम: | माओ |
|---|---|
| जन्म: | २६ दिशम्बर १८९३ शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टी |
| मृत्यु: | ९ सितम्बर १९७६ बेजीङ्, चीन |
| कार्यक्षेत्र: | क्रान्ति, राजनीति |
| राष्ट्रीयता: | चीनी |
| महत्वपूर्ण कार्य: | चिनी क्रान्ति |
| हस्ताक्षर: | |
| राजनीति | |
माओ त्से-तुंग (Mao Zedong) अथवा (Mao Tse-tung)को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो| उनी चीनी क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो| उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् | मार्क्स वादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ|
वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिएता पनि चीनमा राजकीय रुपमा महान् क्रान्तिकारी, राजनीतिक रणनैतिकार, सैनिक पुरोधा अनि देशरक्षक मानिन्छन्| धेरै चीनी व्यक्तिहरुको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक, तकनिकी एवं सांस्कृतिक विकास तथा पछाडिएको देशलाई संसारको प्रमुख शक्तिको रुपमा खडा गराउन गतिलो भूमिका निभाएकाछन्| उनी कवि, दार्शनिक, दूरदर्शी महान् प्रशासकको रुपमा मानिन्छन् यसको विपरीत, माओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरु ग्रेट लीप फॉरवर्ड (Great Leap Forward) र सांस्कृतिक क्रांतिको कारण गंभीर अकाल सृजना भएको र चीनी समाज, अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुरयाएको कुरामा कतिपय व्यक्तिहरु विश्वास राख्दछन्, जसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौं मानिसहरुको व्यापक मृत्यु भएको बताउँछन्|[१] माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरुमा गनिन्छन्| र टाइम मेगाजिन पत्रिका अनुसार २०औं शताव्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरुमा माओ पर्छन्|[२]
प्रारम्भिक जीवन
जिन्हाई क्रातिको बेला माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारिहरुको तर्फबाट लडाईंमा भाग लिए, जब कुइङ् राजवंश सत्ताच्युत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गए| सन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सित बेजीङको यात्रामा गए| प्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरे| माओले अंशकालिक (part-time) छात्रमा पंजीकृत भई केही मात्रामा व्याखान र विद्वानहरुको सेमिनारहरुमा भाग लिए । सङ्घाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए|
लुओ यिक्सिनोसित विवाहित( बाबुले गराईदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्)) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित् बिहे गरे। अक्टूबर १९३० मा, कुओमिन्टांग (KMT)ले यांग काइहुइ र उसको छोरा एनिंगलाई पक्रा गर्यो । (KMT)ले दुवैजनालाई बन्दी बनायो, पछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनें मारिदियो। त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षिया केटी हि जिझेन्सित बस्थे,[३] भाषा कौशलतामा कमजोर भएकाले जियांग सम्प्रदायसित बसेता पनि उनले मन्दारिन् चीनि भाषा सिक्न सकेनन्। उनले फ्रांसमा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे। [४]
२३ जुलाई १९२१ का दिन, माओले, २७ वर्षको उमेरमा सङ्घाइमा चीनको कम्युनिष्ट पार्टीको राष्ट्रीय काङ्ग्रेस मा भाग लिए । दुई वर्षपछि, उनी पार्टीको तेस्रो काङ्ग्रेस अधिवेशनमा पांच कमिसारमध्येमा एक प्रतिनिधिको रुपमा छानिए सोहि साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग साखा सञ्चालन गर्नका निम्ति हुनान् फिरे। [५] सन् १९२४ मा, उनी कुओमिन्टांगको राष्ट्रीय अधिवेशनका प्रतिनिधि बने, जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिए।
सन्दर्म सामग्री
- ↑ Death Toll Median Average Estimates of 14 Sources = 45.75 - 52.5 million people Which include the books: Le Livre Noir du Communisme by Stéphane Courtois, Hungry Ghosts: Mao's Secret Famine by Jasper Becker, China's Changing Population by Judith Banister, Contemporary Chinese Population by Wang Weizhi, Mao: The Unknown Story by Jung Chang, Victims of Politics by Kurt Glaser, How to Prevent Genocide by John Heidenrich, Mao's China and After by Maurice Meisner, The Human Cost of Communism in China by Robert L. Walker. Along with reports by Agence France Press (1999), Dictionary of 20 Century World History, Guinness Book of World Records, Washington Post (1994), and the Weekly Standard (1997)
- ↑ Time 100: Mao Zedong By Jonathan D. Spence, 13 April 1998.
- ↑ Hollingworth, Clare, Mao and the men against him (Jonathan Cape, London: 1985), p. 45.
- ↑ Chang, Jung; Jon, Halliday (2006). Mao: The Unknown Story. Magazine Publishing (Hong Kong). .
- ↑ "毛泽东生平大事(1893–1976)"। (Major event chronology of Mao Zedong (1893–1976), People's Daily
बाह्य सूत्र
माओ त्से तुङ्को बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
| परिभाषा विकिस्नरीबाट | |
| पाठ्यपुस्तक विकिपुस्तकबाट | |
| उद्घरण विकिकथनबाट | |
| स्रोत पदहरू विकिस्रोतबाट | |
| चित्र तथा मिडिया कमन्सबाट | |
| समाचार विकिसमाचारबाट | |
| सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
- General
- Asia Source biography
- ChineseMao.com: Extensive resources about Mao Zedong
- CNN profile
- Collected Works of Mao at the Maoist Internationalist Movement
- Mao quotations
- Mao Zedong Reference Archive at marxists.org
- Oxford Companion to World Politics: Mao Zedong
- Spartacus Educational biography
- Bio of Mao at the official Communist Party of China web site
- Commentary
- Discusses the life, military influence and writings of Chairman Mao ZeDong.
- What Maoism Has Contributed
- China must confront dark past, says Mao confidant
- Mao was cruel – but also laid the ground for today's China
- On the Role of Mao Zedong
- Propaganda paintings showing Mao as the great leader of China
- Remembering Mao's Victims
- Mao Tse Tung: Leader, Killer, Icon
- Mao's Great Leap to Famine
- Finding the Facts About Mao's Victims
- Remembering China's Great Helmsman
- Did Mao Really Kill Millions in the Great Leap Forward?