माओ त्से तुङ्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
माओ जेदोङ
Mao Zedong 1959.jpg
सज् १९५९ मा माओ
चिनियाँ कम्युनिस्ट पार्टीको प्रथम अध्यक्ष
कार्यकाल
सन् १९४५ जुन १९ – सन् १९७६ सेप्टेम्बर ९
1st vice-chairmanलिउ साओची
लिन पियाओ
चौ एन-लाई
हुआ गोफेन
पूर्वाधिकारीस्वयम्
उतराधिकारीहुआ गोफेङ
चिनियाँ कम्युनिस्ट पार्टीका प्रथम अध्यक्ष
कार्यकाल
२० मार्च १९४३ – २४ अप्रिल १९६९
पूर्वाधिकारीजाङ वेङतेङ
उतराधिकारीस्वयम् (केन्द्र अध्यक्ष)
पूर्वाधिकारीपदको स्थापना
उतराधिकारीहुआ गोफेङ
पूर्वाधिकारीपदको स्थापन
उतराधिकारीचौ एन-लाई
चीनका प्रथम अध्यक्ष
कार्यकाल
२७ सेप्टेम्बर १९५४ – २७ अप्रिल १९५९
Premierचाउ एन लाइ
सहायकझु दे
पूर्वाधिकारीपदको स्थापना
उतराधिकारीलिउ साओची
राष्ट्रिय नागरिक काङ्ग्रेसका सदस्य
कार्यकाल
१५ सेप्टेम्बर १९५४ – १८ अप्रिल १९५९
२१ डिसेम्बर १९६४ – ९ सेप्टेम्बर १९७६
निर्वाचन क्षेत्रबेइजिङ राष्ट्रिय सभा
व्यक्तिगत विवरण
जन्म(१८९३-१२-२६)डिसेम्बर २६, १८९३
साओसान, हुनान
मृत्युसेप्टेम्बर ९, १९७६(१९७६-०९-०९) (८२ वर्ष)
बेइजिङ
ठेगानामाओ जेदोङ सङ्ग्राहलय, बेइजिङ
राष्ट्रियताचिनियाँ
राजनीतिक पार्टीचिनियाँ कम्युनिष्ट पार्टी
जीवन साथी(हरू)लुओ (सन् १९०७–१९१०)
याङ (सन् १९२०–१०३०)
हि जिजहेङ (सन् १९३०–१९३७)
चियाङ चिङ (सन् १९३९–१९७६)
सन्तान(हरू)१०
पेशाक्रान्तिकारी, राष्ट्रनायक
माओ त्से तुङ्
परम्परागत चिनियाँ 毛澤東
सरलीकृत चिनियाँ 毛泽东
हान्यु पिनयिन Máo Zédōng
[mɑ̌ʊ tsɤ̌tʊ́ŋ]


माओ जेदोङ वा माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो। उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए। मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ।

वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिएता पनि चीनमा उनलाई राजकीय रूपमा महान् क्रान्तिकारी, राजनीतिक रणनैतिकार, सैनिक पुरोधा र देशरक्षक मानिन्छन्। थुप्रै चिनियाँ व्यक्तिहरूको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक तथा साँस्कृतिक विकास तथा पिछडिएको देशलाई संसारको प्रमुख शक्तिको रूपमा खडा गराउन गतिलो भूमिका निर्वाह गरेका थिए। माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमा गनिन्छन् र टाइम पत्रिका अनुसार २०औँ शताव्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरूमा माओ पर्दछन्।[१]

यसको विपरीत, माओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरू महान अग्रगामी छलाङसांस्कृतिक क्रान्तिको कारण गम्भीर अनिकाल सृजना भएको र चिनियाँ समाज, अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुर्‍याएको कुरामा कतिपय व्यक्तिहरू विश्वास राख्दछन् जसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौँ मानिसहरूको मृत्यु भएको बताउँछन्। [२]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

जिन्हाई क्रातिको बेला माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारिहरूको तर्फबाट लडाईंमा भाग लिए, जब कुइङ् राजवंश सत्ताच्युत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गए । सन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सँग बेजीङको यात्रामा गए । प्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्त्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरे । माओले अंशकालिक (part-time) छात्रमा पंजीकृत भई केही मात्रामा व्याखान र विद्वानहरूको सेमिनारहरूमा भाग लिए । सङ्घाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए ।

माओ पुस्तक लेख्दै
सन् १९३८

लुओ यिक्सिनोसित विवाहित( बाबुले गराईदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्)) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसित् बिहे गरे। अक्टूबर १९३० मा, कुओमिन्टांग (KMT)ले यांग काइहुइ र उसको छोरा एनिंगलाई पक्रा गर्‍यो । (KMT)ले दुवैजनालाई बन्दी बनायो, पछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनें मारिदियो। त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षिया केटी हि जिझेन्सित बस्थे,[३] भाषा कौशलतामा कमजोर भएकाले जियांग सम्प्रदायसित बसेता पनि उनले मन्दारिन् चीनि भाषा सिक्न सकेनन्। उनले फ्रांसमा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे। [४]

२३ जुलाई १९२१ का दिन, माओले, २७ वर्षको उमेरमा सङ्घाइमा चीनको कम्युनिष्ट पार्टीको राष्ट्रीय काङ्ग्रेस मा भाग लिए । दुई वर्षपछि, उनी पार्टीको तेस्रो काङ्ग्रेस अधिवेशनमा पांच कमिसार मध्येमा एक प्रतिनिधिको रूपमा छानिए सोहि साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग साखा सञ्चालन गर्नका निम्ति हुनान् फिरे। [५] सन् १९२४ मा, उनी कुओमिन्टांगको राष्ट्रीय अधिवेशनका प्रतिनिधि बने, जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिए।

सन्दर्म सामग्री[सम्पादन गर्ने]

  1. Time 100: Mao Zedong By Jonathan D. Spence, 13 April 1998.
  2. "को हुन् माओ ? के हो माओवाद ?"जनपाटी। सङ्ग्रह मिति १ मे २०२१ 
  3. Hollingworth, Clare, Mao and the men against him (Jonathan Cape, London: 1985), p. 45.
  4. Chang, Jung; Jon, Halliday (२००६), Mao: The Unknown Story, Magazine Publishing (Hong Kong), आइएसबिएन 9627934194  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "毛泽东生平大事(1893–1976)"  (Major event chronology of Mao Zedong (1893–1976), People's Daily


बाह्य कडीहरू[सम्पादन गर्ने]

माओ त्से तुङ्को बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्धरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट