माड
स्वरूप
माड वा स्टार्च एउटा पदार्थ हो जसमा ग्लाइकोसिडिक बन्धन जोडिएका धेरै ग्लुकोज एकाइहरू हुन्छन्। यो एउटा किसिमको कार्बोहाइड्रेट हो। यो पदार्थ भण्डारणका लागि अधिकांश हरियो बिरुवाहरू उत्पादन गर्छन्। सबै बोटबिरुवाको बीउ र खोस्टामा एमाइलोज वा एमाइलोपेप्सिनको रूपमा माड हुन्छ। बोटबिरुवाको माडमा सामान्यतया २० देखि २५ प्रतिशत एमाइलोज र ७५ देखि ८० प्रतिशत एमाइलोपेप्सिन हुन्छ। यसलाई सामान्यतया माड भनिन्छ (जस्तै, चामलको माड)।
उद्योगमा, माड प्रायः चिनीमा परिणत हुन्छ, उदाहरणका लागि माल्टिङ यी चिनीहरूलाई बियर र अरू अन्य मदिरा पदार्थ बनाउनमा इथानोल उत्पादन गर्न सडाउन सकिन्छ। थप रूपमा, प्रशोधन गरिएको स्टार्चबाट उत्पादित चिनीहरू धेरै प्रशोधन गरिएका खाद्य पदार्थहरूमा प्रयोग गरिन्छ।