सामग्रीमा जानुहोस्

मातृहत्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Orestes Pursued by the Furies by विलियम-एडोल्फे बोगेरो ओरिस्टस आफ्नो आमा क्लाइटेम्नेस्ट्रा को हत्या गरेकोमा फ्युरिज द्वारा पीडित छन्।

मातृहत्या (वा आमाको हत्या) आफ्नै आमाको हत्या गर्ने कार्य हो।

मातृहत्याका घटनाहरू

[सम्पादन गर्नुहोस्]
  • हेराक्लिया की रानी आमास्त्रिसलाई ई.पू. २८४ मा उनका दुई छोराहरूले पानीमा डुबाएर हत्या गरेका थिए।
  • मिस्रकी क्लियोपाट्रा तेस्रीलाई ई.पू. १०१ मा उनका छोरा टोल्मी दशौंको आदेशमा षड्यन्त्रको आरोपमा हत्या गरिएको थियो।
  • टोल्मी एघारौँ अलेक्जेन्डरले ई.पू. ८० मा आफ्नो विवाह भएको केही समयमै पत्नी बेरिनिस तेस्रीको हत्या गराए। बेनिरिस तेस्री उनकी सौतेनी आमा र सौतेनी बहिनी पनि थिइन्।
  • सन् ५९ मा रोमन साम्राज्यका सम्राट नेरोले आफ्नी आमा एग्रिप्पिना जुनियरलाई षड्यन्त्र गरेको आरोपमा हत्या गर्न आदेश दिएका थिए ।
  • निबन्धकार चार्ल्स ल्याम्बकी बहिनी मेरी ल्याम्बले सन् १७९६ मा मानसिक असन्तुलनको अवस्थामा आफ्नो आमाको हत्या गरेकी थिइन्।
  • बीमा रकम फुत्क्याउने उद्देश्यले आफ्नै आमाको हत्या गरेको आरोपमा सिड्नी ह्यारी फक्सलाई सन् १९३० मा फाँसीको सजाय दिइएको थियो।
  • सन् १९४५ को ओकिनावा युद्ध सम्बन्धी केही विवरणका अनुसार, अमेरिकी सेनाले कब्जा गरी बलात्कार, यातना वा हत्या गर्छन् भन्ने डरले ओकिनावाका बासिन्दाहरूले आ-आफ्ना आमाहरूको हत्या गरेका थिए।[]
  • पार्कर–हुल्म हत्या घटना : सन् १९५४ मा १६ वर्षिय पौलिन पार्करले आफ्नी आमा होनोरा पार्करको हत्या गर्न साथी ज्युलियट हुल्मको सहयोग लिएकी थिइन्। यस घटनामा आधारित भएर सन् १९९४ मा हेभेन्ली क्रिएचर्स नामक चलचित्र निर्माण गरिएको थियो।
  • ज्याक गिल्बर्ट ग्राहामले सन् १९५५ मा आफ्नी आमा सहित ४३ जनाको ज्यान लिने गरी उनको ब्यागमा डाइनामाइट बम राखेर युनाइटेड एयरलाइन्स फ्लाइट ६२९मा चढाएका थिए।
  • हेनरी ली लुकासले सन् १९६० मा आफ्नी आमाको घाँटीमा छुरा प्रहार गरी हत्या गरेका थिए।
  • चार्ल्स ह्विट्म्यानले सन् १९६६ अगस्ट १ मा टेक्सस विश्वविद्यालयमा गोलीकाण्ड सुरू गर्नु अघि आफ्नी आमा र पत्नीको हत्या गरेका थिए। यस घटनामा १४ जना मारिए र ३१ जना घाइते भए। पछि ह्विट्म्यानलाई प्रहरीले गोली हानी मृत्युदण्ड दिएको थियो।
  • जोन इमिल लिस्टले सन् १९७१ नोभेम्बर ९ मा आफ्नी आमा, पत्नी र तीन जना छोराछोरीको हत्या गरे। उनले यसरी सन्तान हत्यापत्नी हत्या पनि गरे। उनी १८ वर्षसम्म फरार रहे र सन् १९८९ जुन १ मा अमेरिकाज मोस्ट वान्टेड नामक टेलिभिजन कार्यक्रममा देखाइएपछि छिमेकीको सहयोगमा पक्राउ परे। सन् १९९० मे १ मा उनलाई पाँच पटकको आजीवन कारावास सजाय सुनाइयो।[]
  • एन्टोनी बेकील्यान्डले सन् १९७२ नोभेम्बर ११ मा आलिसान लण्डन अपार्टमेन्टमा आफ्नी आमा बार्बरा डेले बेकील्यान्डको हत्या गरे। बार्बारा डेले बेकील्यान्ड माथी छोरालाई समलैङ्गिकताबाट निकाल्न बलात्कार गरेको आरोप लागेको थियो। यस घटनामा आधारित भएर स्याभेज ग्रेस नामक किताब र चलचित्र बनेका छन्।
  • एडमन्ड केम्परले सन् १९७३ मा आफ्नी आमा र आमाकी साथीको हत्या गरेका थिए। यसअघि उनले ६ जना महिलाहरूको यौन हत्या (सेक्स मर्डर) गरेका थिए। उनी बाल्यकालमा आमाबाट मानसिक रूपमा दुरूपयोगमा परेका थिए।
  • रोनाल्ड डेफियो जुनियरले आफ्नो आमा, बुबा र चार जना दाजुभाइ–बहिनीलाई हत्या गरे। यस घटनालाई पछि "दि अमिटिभिल हरर् हाउस" भनेर चिनियो।
  • ब्राडफोर्ड बिसपले सन् १९७६ मा आफ्नी आमा, पत्नी र तीन छोराछोरीलाई लठ्ठीले प्रहार गरी हत्या गरेका थिए। उनी अझै पनि फरार छन्।
  • जिम गोर्डन, एरिक क्ल्याप्टनको ब्याण्ड डेरेक एण्ड द डोमिनोजमा ड्रम बजाउने संगीतकारले सन् १९८३ मा आफ्नी आमालाई हथौडाले प्रहार गर्नुका साथै छुराले घोपेर हत्या गरे। सन् १९८४ मा उनलाई १६ वर्षको कारावासको सजाय सुनाइयो।
  • क्याम्पो एलियास डेल्गाडोले सन् १९८६ मा मोजमज्जाका लागि आफ्नी आमा सहित २८ जनाको हत्या गर्‍यो र अन्ततः ऊ आफू पनि मारियो।[]
  • सन् १९५० को दशककी अभिनेत्री सुसान क्याबट आफ्नै घरमा आफ्नै छोराको हातबाट मृत भइन्।
  • हङ्गरफोर्ड हत्याकाण्ड: सन् १९८७ मा माइकल रोबर्ट रायनले आफ्नी आमाको हत्या गरेका थिए।
  • डेभिड ब्रोमले सन् १९८८ मा आफ्नो आमा सहित बुबा, भाइ र बहिनीलाई बन्चरोले प्रहार गरी हत्या गरे।
  • पिटर लुन्डिनले सन् १९९१ मा उत्तर क्यारोलिनामा आफ्नै आमाको हत्या गरे। त्यो हत्याको सजाय काटेपछि उनी डेनमार्क गए र आफ्नी प्रेमिका र उनका दुई छोराछोरीको पनि हत्या गरे।
  • सन् १९९६ मा धेरै वर्षदेखि निकै चर्चा पाएको मेनेन्देज दाजुभाइको अपराधको मुद्दा किनारा लाग्यो। उनीहरूले सन् १९८९ मा आफ्नो बुबा–आमाको हत्या गरेका थिए।
  • सन् १९९७ को जुन महिनामा मिसिसिपी निवासी ल्युक वुडह्यामले आफ्नी आमाको हत्या गरे। त्यसपछि पर्ल हाइस्कुल गोलीकाण्डमा दुई जनाको हत्या गरी सात जना घाइते बनाए। उनलाई आजीवन कारावासको सजाय दिइएको छ।
  • किप किन्केल (१९८२–)ले सन् १९९८ मे २० मा आफ्ना आमा–बुबालाई र स्कूलमा दुई विद्यार्थीलाई गोली हानी हत्या गरे।
  • एक प्रसिद्ध मुत्र रोग विशेषज्ञ डा. क्याथलिन हेगनले सन् २००० को अगस्ट महिनामा आफ्ना आमा र बुबाको हत्या गरिन् तर मानसिक रोगको कारण निर्दोष ठहरिइन्।
  • युकियो यामाजी, जापानमा बस्ने १६ वर्षीय केटाले सन् २००० मा आमाको हत्या गर्यो। पछि सन् २००५ मा उनीमाथि बलात्कार र दुई महिलाको हत्या गरेको अभियोग लाग्यो। उनलाई २००९ मा फाँसी दिइयो।
  • सन् २००१ मा एरिका दी नार्डोले आफ्नी आमा र भाइको हत्या गरिन्।
  • सेफ गोन्जालेसले सन् २००१ मा आफ्नी आमा, बुबा र बहिनीको हत्या गरेको थियो।
  • सारा मारी जोन्सन (१९८७–) नाम गरेकी एक आइडाहोकी किशोरीले सन् २००३ सेप्टेम्बर २ का दिन आफ्ना आमाबुबाको हत्या गरिन्।
  • डानियल पेट्रिकले सन् २००७ मा आफ्नी आमालाई गोली हानी हत्या गरे।
  • एरिन क्याफेले सन् २००८ मा आफ्नी आमाको हत्या गर्ने षड्यन्त्र गरिन्।[]
  • माइकल केनेथ म्याक्लेन्डनले जेनेभा काउन्टी गोलीकाण्ड सुरू गर्नुअघि आफ्नी आमालाई हत्या गरे।
  • जोन विटलाई सन् २००९ जुनमा उनकी किशोरी छोरी टायलर र टायलरको प्रेमी स्टीवनले मिलेर हत्या गरे।
  • जास्मियाह केनीशा ह्वाइटहेड (जन्म सन् १९९३) र तास्मियाह जानेशा ह्वाइटहेड (जन्म १९९३) नाम गरेका दुईजना जुम्ल्याहा दिदीबहिनीले सन् २०१४ मा आफ्नी आमा निक्की ह्वाइटहेडको हत्या गरे।
  • जेनिफर प्यानले चार जना साथीहरू सहित घरमा नक्कली आक्रमण गराएर सन् २०१० नोभेम्बर ८ मा आफ्नी आमा वीच प्यानको हत्या गराइन्। उनलाई र उनका तीन साथीलाई २५ वर्षपछि पुनःसमीक्षा हुने गरी आजीवन कारावासको सजाय सुनाइयो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Gibney, Frank (१९९५), Senso: The Japanese Remember the Pacific War: Letters to the Editor of Asahi Shimbun, Armonk, NY: M.E. Sharpe।
  2. "John List: Man Who Killed His Family Of 5, Then Vanished For 18 Years", www.ndtv.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-०२
  3. "Death toll up to 30 in Bogota rampage - UPI Archives", UPI (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-१९
  4. Worley, Will (४ मे २०१६), "Woman who planned the murder of most of her family reveals why she did it", The Independent, मूलबाट ११ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०२४
  5. Janos, Adam, "Why Did Jennifer Pan Orchestrate a Plot to Murder Her Parents?", A&E (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-०२

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]