सामग्रीमा जानुहोस्

मातृ स्वास्थ्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मातृ स्वास्थ्य

मातृ स्वास्थ्यले कुनै महिलाको गर्भावस्था, प्रसव अवस्था र प्रसवपछिको समयमा शारीरिक वा स्वास्थ्य स्थितिको अवस्थालाई बुझाउँछु। मातृ स्वस्थ्यमा परिवार योजना, गर्भकालीन सेवा, प्रसवकालीन सेवा र प्रसवपछिको सेवा समावेश हुन्छन्। मातृ स्वास्थ्य, गर्भावस्था र महिलाहरूको स्वस्थ्य सेवा वरिपरि घुम्दछ जब कुनै एक महिला गर्भवती हुन्छिन् र बच्चा जन्माउनका लागि योग्य हुन्छिन्। विश्व स्वास्थ्य सङ्गठनले सङ्केत गरेअनुसार मातृत्वलाई अभिभावकको भावनात्मक र प्राकृतिक अनुभवको रूपमा लिइएको भएतापनि थुप्रै महिलाहरूले स्वास्थ्य सम्बन्धि समस्याहरू झेल्दै आएको र कहिलेकाहीँ यो मातृ मृत्युको रूपमा पनि परिणत भएको पाइन्छ जसकारण महिलाहरूको स्वास्थ्य सेवालाई उकास्नका लागि थप लगानीको आवश्यकता देखिन्छ।[] यी लगानीहरू विभिन्न तरिकामा हासिल गर्न सकिन्छ जसमा मुख्यतः स्वास्थ्य सेवा लागतमा अनुदान, मातृ स्वास्थ्य शिक्षा, प्रभावकारी परिवार योजना प्रोत्साहन र सुत्केरी महिलाहरूको स्वास्थ्य जाँच गर्ने कार्य समावेश रहेका छन्। मातृ रोग र मातृ मृत्युले विशेषगरी तल्लो र तल्लो-मध्य आयका देशहरूमा बसोबास गर्ने महिलाहरूलाई प्रभाव पार्ने गरेको छ।[]

संयुक्त राष्ट्र जनसङ्ख्या कोषका अनुसार सन् २०१० मा अनुमानित दुई लाख उन्नानब्बे हजार महिलाहरूको गर्भावस्था वा प्रसव अवस्थाम मृत्यु हुन पुगेको थियो। दिन प्रतिदिन यो मातृ मृत्युदर बढ्दै गएको र अफ्रिका तथा दक्षिण एसियाका केही देशहरूमा यो दर चिन्ताजनक रूपमा बढ्दो गइरहेको पाइन्छ। संयुक्त राष्ट्र जनसङ्ख्या कोषका अनुसार सन् २०१३ मा गर्भावस्थामा वा जन्मसम्बन्धी कारणले २ लाख ८९ हजार महिलाहरूको मृत्यु भएको अनुमान गरिएको थियो। हाल महिलाहरूले परिवार योजनासहित, प्रसवको समयमा दक्ष स्वास्थ्यकर्मीको सुनिश्चितता र आपतकालीन अवस्थामा उनीहरूको हेरचाह गर्ने मानिसहरूको उपस्थितिको सहजरूपमा प्राप्त गर्न सक्ने भएकाले विश्वव्यापी मातृ मृत्युदरमा कमि आएको पाइन्छ। सन् १९९० मा जहाँ प्रति १ लाख जीवित जन्ममा ३८० महिलाहरूको मृत्यु हुने गरेको थियो भने सन् २०१३ मा त्यो अनुपात प्रति १ लाख जीवित जन्ममा २१० मा घटेको थियो। यसको परिणामस्वरूप धेरै देशहरूले मातृ मृत्युदरलाई घटाएको पाइन्छ।[]

विश्वव्यापी रूपमा मातृ मृत्युदरमा कमी आएतापनि मातृ स्वस्थ्यको सुनिश्चितताका लागि थुप्रै कामहरू गर्न आवश्यक देखिन्छ। मातृ मृत्युदर अफ्रिका र दक्षिण एसियामा बसोबास गर्ने ८५% भन्दा बढी गरिब समुदायका बीचमा छ। मातृ मृत्युदरको असर कमजोर परिवार र ती परिवारका बालबालिकाहरूसम्म पनि पुग्ने गर्दछ। यदि जन्मिएका बच्चा बाँच्न सफल भइहाले भनेपनि उनीहरू दोस्रो जन्मदिनसम्ममा जीवित नरहेको भेटिन्छ। सन् २०१० मा अमेरिकाको स्वास्थ्य मन्त्रालयको संयुक्त आयोगले मातृ मृत्युदरलाई "आतङ्कवादी घटना" भनेर व्याख्या गरेको थियो भने स्वास्थ्य सेवाको गुणस्तर मापन गर्न यसलाई प्रयोग लिन थालिएको थियो।

मातृत्वकालीन मृत्युदर रोक्नका लागि प्रमुख चार कुराहरूमा ध्यान दिनु आवश्यक छ जुन यसप्रकार छन्; सर्वप्रथम गर्भकालीन सेवा, मातृ हेरचाह, गर्भमा रहेको शिशुको विकास र वृद्धिसँग सम्बन्धित सेवा प्रदान गर्नु आवश्यक देखिन्छ भने दोस्रो; चिकित्सक, नर्स वा प्रशिक्षित कार्यकारीद्वारा आपतकालीन अवस्थामा सेवा सुनिश्चित गर्नु। तेस्रो; आपतकालीन सम्पर्क व्यवस्था र अन्तिममा प्रसवोत्तर सेवा रहेको छ। प्रसवपछिको स्वास्थ्य सेवासँग सम्बन्धित सेवा प्रसवोत्तर सेवा हो। यस समयमा सुत्केरी महिलालाई अत्याधिक रक्तस्राव हुने भएकाले विशेष ध्यान दिनु आवश्यक देखिन्छ त्यसकारण प्रसवोत्तर समयमा स्वास्थ्यकर्मीद्वारा आमा र शिशुको स्वास्थ्यको मूल्याङ्कन गर्न यी रोकथाम चरणहरूलाई अत्यन्तै सिफारिस गरिन्छ।

मातृ रोग र मृत्यु

[सम्पादन गर्नुहोस्]

विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरे अनुसार सन् २०१७ मा लगभग २,९५,००० को हाराहारीमा मातृ मृत्यु भएको थियो।[] यी मातृ मृत्युुहरू प्रसवको समयमा भएको अत्याधिक रक्तस्रावको कारण भएको हुने ठम्याइ छ। यसबाहेक मातृ मृत्युका अप्रत्यक्ष कारणहरूमा रगतको कमी र मलेरिया जस्तो रोग पनि समावेश छ। जब कुनै महिलाले आपतकालीन प्रसवको समयमा अनुभवी चिकित्सकको पहुँचमा हुन्छिन् तब विश्वव्यापी मातृ मृत्यु दर लगभग ४४ प्रतिशतले घटेको पाइएको थियो जसले सन् १९९० देखि २०१५ सम्मको अवधिमाप्रति वर्ष २.३ प्रतिशत कमीको प्रतिनिधित्व गर्दछ।[]धेरै प्रयास पछि विश्वव्यापी मृत्यु दरमा कमी आएको थियो तर विशेष रूपमा कम र मध्यम आय भएका देशहरूमा मातृ मृत्युु दर अझै पनि उच्च रहेको र यी सबै प्रयासको बाबजुद पनि अनियन्त्रित दरहरू उच्चनै रहेको पाइन्छ। उप-सहारा अफ्रिका यस्ता मातृ मृत्युुको लागि लगभग दुई तिहाइको उत्तरदायी रहेको र दक्षिण एसिया पाँच भागको एक भागका लागि उत्तरदायी छ। मातृ मृत्यु भारतनाइजेरियामा एक तिहाइको बराबर हुने गरेको पाइन्छ जहाँ मातृ मृत्युले कमजोर पारिवारिक स्थिति भएका परिवारलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।[][]

मातृ स्वास्थ्यलाई प्रभाव पार्ने तत्वहरू

[सम्पादन गर्नुहोस्]

गरीबी र स्वास्थ्य सेवामा न्यून पहुँच

[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र जनसङ्ख्या कोषको प्रतिवेदन अनुसार, सामाजिक र आर्थिक अवस्था, सांस्कृतिक मूल्य र मान्यता तथा भौगोलिक विकटताले मातृ मृत्युलाई बढाउँदछ भने उप-सहारा अफ्रिकामा गर्भावस्थामा वा प्रसवको समयमा मातृ मृत्युको जोखिम विकसित देशहरूको तुलनामा १७५ गुणा बढी रहेको छ।[] गर्भावस्थासँग सम्बन्धित रोग र जन्मपश्चातका कमजोरीहरूले जोखिम थप बढाउने गरेको पाइन्छ। गरीबी, मातृ स्वास्थ्य र शिशु स्वास्थ एक आपसमा अन्तर्सम्बन्धित छन्।[]

गरिबीग्रस्त क्षेत्रहरूमा बसोबास गर्ने महिलाहरू अधिक तौलका हुने र उनीहरू धूम्रपान तथा मद्यपान जस्ता अस्वस्थ व्यवहारमा संलग्न हुने सम्भावना बढी हुन्छ भने उनीहरू वैध मातृ स्वास्थ्य सेवा प्राप्त गर्ने वा सहभागी हुने पनि कम सम्भावना हुन्छ।[१०] आमा र शिशु दुवैका लागि यस्ता अस्वस्थकर खानपान र गलत प्रवृत्तिको कारणले खतरालाई झन् उकासेको पाइन्छ। केन्यामा गरिएको एक अध्ययनले गरिबीग्रस्त क्षेत्रहरूमा मातृ स्वास्थ्य समस्याहरूमा कमजोरी, रक्ताल्पता, उच्च रक्तचाप, मलेरिया, जटिल श्रम र अस्वस्थकर खानपान समावेश छन्।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Maternal health", WHO, अन्तिम पहुँच २०२०-०५-१४
  2. "Maternal health", WHO, अन्तिम पहुँच २०२०-०५-१४
  3. Cohen, Robert L.; Murray, John; Jack, Susan; Arscott-Mills, Sharon; Verardi, Vincenzo (२०१७-१२-०६), "Impact of multisectoral health determinants on child mortality 1980–2010: An analysis by country baseline mortality", PLOS ONE 12 (12), e0188762, आइएसएसएन 1932-6203, डिओआई:10.1371/journal.pone.0188762, पिएमआइडी 29211765, पिएमसी 5718556, बिबकोड:2017PLoSO..1288762C
  4. "Maternal health", www.who.int (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-२९
  5. "Maternal Health", World Health Organisation, अन्तिम पहुँच २७ जनवरी २०२३
  6. Skolnik, Richard (२०१९), Global Health 101 (4th संस्करण), Burlington: Jones & Bartlett Learning, LLC, पृ: 275–278, आइएसबिएन 9781284145397
  7. Moucheraud, Corrina; Worku, Alemayehu; Molla, Mitike; Finlay, Jocelyn E; Leaning, Jennifer; Yamin, Alicia Ely (२०१५-०५-०६), "Consequences of maternal mortality on infant and child survival: a 25-year longitudinal analysis in Butajira Ethiopia (1987-2011)", Reproductive Health 12 (Suppl 1): S4, आइएसएसएन 1742-4755, डिओआई:10.1186/1742-4755-12-S1-S4, पिएमआइडी 26001059, पिएमसी 4423767
  8. "The social determinants of maternal death and disability", United Nations Population Fund।
  9. "Maternal health in poor countries: the broader context and a call for action", Lancet 368 (9546): 1535–41, अक्टोबर २००६, डिओआई:10.1016/S0140-6736(06)69384-7, पिएमआइडी 17071287
  10. "Individual accumulation of heterogeneous risks explains perinatal inequalities within deprived neighbourhoods", European Journal of Epidemiology 26 (2): 165–80, फेब्रुअरी २०११, डिओआई:10.1007/s10654-010-9542-5, पिएमआइडी 21203801, पिएमसी 3043261
  11. "Women, poverty and adverse maternal outcomes in Nairobi, Kenya", BMC Women's Health 10 (33), डिसेम्बर २०१०, डिओआई:10.1186/1472-6874-10-33, पिएमआइडी 21122118, पिएमसी 3014866

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]