माधवी
Jump to navigation
Jump to search
पं. मातृकाप्रसाद अधिकारीको छद्म नाउँमा राममणि आदिको सम्पादनमा विंसं. १९६५ देखि बनारसबाट प्रकाशित यस माधवी पत्रिकाले नेपाली गद्यको विकासमा विशेष योगदान पुर्याएको छ । प्रस्तुत पत्रिकामार्फत हलन्तबहिष्कार आन्दोलन चलाउने यसका सम्पादक राममणि आदिले कविताको साहित्यिक गुण र कलात्मक अभिव्यञ्जनाको शास्त्रीय चर्चा गरी लेखेको कवितारीति महत्त्वपूर्ण मानिन्छ । यसमा रामप्रसाद सत्यालका कुराको विचार, श्रम, माया, धर्मदत्तको शिक्षा लगायतका धर्म, नीति, उपदेश आदि विषयका हलन्त बहिष्कृत विषयका वस्तुपरक लेख निबन्धहरू छापिएका छन् । मासिक रूपमा प्रकाशित यो पत्रिका आठ अङ्कसम्म छापिएर बन्द भयो ।