माधव वाग्ले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माधव वाग्ले
जन्म१२/१०/१९६६
राष्ट्रियतानेपाली
पेशावितरकनिर्माता
कार्यकालसन् २००५ - हाल
जीवनसाथीविनिता वाग्ले
सन्तान

माधव वाग्ले (जन्म १० ढिसेम्बर १९६६) नेपाली चलचित्र क्षेत्रका निर्माता वितरक र कलाकार हुन। उनी आफ्नो चलचित्र निर्माण कम्पनी प्रिन्सेज मुभिजमा आवद्ध रही लुट[१] रेशम फिलिली[२][३] जस्ता सिनेमाहरू दर्शकमाझ ल्याउन सफल भएका छन्।


कार्यकाल[सम्पादन गर्नुहोस्]

आफ्नो चलचित्र कम्पनी सुरु गर्नु अघि उनी फिल्म वितरकका रूपमा सक्रिय थिए। तत्पश्चात उनले आफ्नै फिल्म निर्माण कम्पनी प्रिन्सेज मुभिज र वितरण कम्पनी पपकर्न पिक्चर्सको स्थापना गरे।

सन् २०१० मा उनको पहिलो निर्माण फस्ट लभ बजारमा आयो। यस फिल्ममा आर्यन सिग्देल, ऋचा शर्मा, निशा अधिकारी, कर्मा र विनय श्रेष्ठले अभिनय गरेका थिए। सन् २०१२ मा उनले ब्लकबस्टर फिल्म लुट[४] निर्माण गरेका थिए। यसैगरी उनको निर्माणमा छड्के, मिसन पैसा रिलोडेड[५][६], रेशम फिलिली, लभ शाशा[७][८][९][१०], र लुट २[११][१२][१३][१४] जस्ता फिल्महरू रिलिज भएका छन्।

पपकर्न पिक्चर्सले वितरण गरेका कबड्डी, पशुपती प्रसाद, टलकजङ्ग vs टुल्के,  सफल व्यापार गरेका चलचित्रमा पर्दछन् र यसका साथै कालो पोथीह्वाइट सन जस्ता चलचित्र अन्तराष्ट्रिय जगतमा पनि ख्याति कमाउन सफल भएका छन्।

उनी नेपाल चलचित्र निर्माता सङ्घका[१५] सह उपाध्यक्ष र नेपाल चलचित्र सङ्घका सदस्य[१६][१७] पनि हुन्।

अप्रिल २५ २०१५ मा गएको भुकम्प पश्चात उनी राहत कार्यमा पनि सक्रिय रहेका थिए[१८]

सन् २०१७ को लागि वाग्ले लालपुर्जा फिल्म निर्माणमा लागेका छन्। यो चलचित्रमा सौगात मल्ल, सृष्टी श्रेष्ठ, मेरिना मगर, विपिन कार्की, हरिहर शर्माकामेश्वर चौरसियाले भुमिका निभाएका छन्।

व्यक्तिगत जिवन[सम्पादन गर्नुहोस्]

माघव वाग्ले र उनकी पत्नी विनिता वाग्लेक दुई सन्तान छोरी प्रिन्सेज वाग्ले र छोरा रवि राज वाग्ले छन्। उनी काठमाडौँ मा बस्दै आएका छन्।

संलग्न चलचित्रहरू[सम्पादन गर्नुहोस्]

वर्ष फिल्म भुमिका
निर्माता
२०१० फस्ट लभ कथा तथा निर्माता
२०१२ लुट अतिथी कलाकार तथा निर्माता
२०१३ छड्के अतिथी कलाकार तथा निर्माता
२०१५ मिसन पैसा रिलोडेड अतिथी कलाकार तथा निर्माता
रेशम फिलिलि अतिथी कलाकार तथा निर्माता
२०१७ लभ शाशा अतिथी कलाकार तथा निर्माता
लुट २ अतिथी कलाकार तथा निर्माता
चङ्गा चेट अतिथी कलाकार तथा निर्माता
वितरक
२०१४ कबड्डी वितरक
टलकजङ्ग vs टुल्के वितरक
२०१५ कालो पोथी वितरक
२०१६ ह्वाइट सन वितरक
पशुपती प्रसाद वितरक

सम्मान तथा छनौटहरु[सम्पादन गर्नुहोस्]

वर्ष सम्मान विधा चलचित्र नतिजा
२०१० सम्झना डिजिटल फिल्म अवार्ड[१९] उत्कृष्ट चलचित्र फस्ट लभ छनौट
२०१४ बक्स अफिस अवार्ड ब्लकबस्टर किगं अवार्ड

५ उत्कृष्ट निर्माता

लुट

लुट, छड्के

विजेता

विजेता

२०१७ नेशनल बक्स अफिस फिल्मफेयर अवार्ड उत्कृष्ट वितरक अवार्ड[२०] लुट २ छनौट

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "The heist of a lifetime" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०८-१३ 
  2. "Resham Filili to hit theatres again today - The Himalayan Times", The Himalayan Times (en-USमा), २०१५-०८-२८, अन्तिम पहुँच २०१७-०८-१३ 
  3. "पात फिल्म भनेर नेपाली सिनेमालाई नहेप्नूस : माधव वाग्ले (संवाद) | Madhav wagle | Producer | Distributor | Nepal | Cinema : merocinema.com |", www.merocinema.com, अन्तिम पहुँच २०१७-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०७ मिति
  4. "Loot soars at Box Office despite mixed reviews" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०८-१३ 
  5. "निशाका लागि चुनौती कि अवसर ?", www.filmykhabar.com, अन्तिम पहुँच २०१७-०८-१३ 
  6. "Nepali Film – Mission Paisa 2 Reloaded (2015)", Films of Nepal (en-USमा), २०१५-०२-२७, अन्तिम पहुँच २०१७-०८-१३ 
  7. "‘Love Sasha’ movie review: Fine balance between engagement and contrivances – OnlineKhabar", अन्तिम पहुँच २०१७-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०७ मिति
  8. "Where a girl’s indecisiveness rules - The Himalayan Times", The Himalayan Times (en-USमा), २०१७-०१-१४, अन्तिम पहुँच २०१७-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-२१ मिति
  9. "Love Sasha set for Jan release" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०८-१३ 
  10. "लभ साशाको संसार" (npमा), अन्तिम पहुँच २०१७-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-१५ मिति
  11. "'पपकर्न' फिल्म वितरण कम्पनी घोषणा | 'वर्षभित्र परिवर्तन ल्याउँछौं' -वाग्ले | Popcorn | Nepali cinema | distribution : merocinema.com |", www.merocinema.com, अन्तिम पहुँच २०१७-०८-१३ [dead link]
  12. "'छड्के' फरक सिनेमा हो : निर्माता वाग्ले |  : merocinema.com |", merocinema.com, अन्तिम पहुँच २०१७-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२३ मिति
  13. "निर्माता संघको अध्यक्षमा आकाश अधिकारी निर्विरोध, रोजलाई महा-सचिव पद", Online Khabar, अन्तिम पहुँच २०१७-०८-१३ 
  14. "जो बनाउँछन् निरन्तर फिल्म - Naya Patrika", Naya Patrika (en-USमा), २०१५-०६-२९, अन्तिम पहुँच २०१७-०८-१३ 
  15. "निर्माता संघको अध्यक्षमा आकाश निर्विरोध, निश्चलदेखि दीपेन्द्रसम्म कार्यसमितीमा", Online Khabar, अन्तिम पहुँच २०१७-०८-१३ 
  16. Ltd., Setopati Sanchar Pvt., "निर्माता संघमा राई निर्वाचित", archive.setopati.com, अन्तिम पहुँच २०१७-०८-१३ 
  17. नागरिक, "अध्यक्षमा आकाश निर्विरोध", Nagarik News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०८-१३ 
  18. "राहत र सहायतामा जुटे कलाकर्मी - Naya Patrika", Naya Patrika (en-USमा), २०१५-०५-०१, अन्तिम पहुँच २०१७-०८-१३ 
  19. "सम्झना डिजिटल फिल्म अवार्डको नोमिनेशन सार्वजनिक", www.filmykhabar.com, अन्तिम पहुँच २०१७-०८-१३ 
  20. filmypati, "नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०७३, उत्कृष्ट ५ बितरकको नोमिनिज सार्बजनिक ।", Filmypati.com (en-USमा), अन्तिम पहुँच २०१७-०८-१३ [dead link]

वाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

  1. Madhav Wagle on IMDB
  2. माधव वाग्ले माइरिपल्लिकामा