माध्यमिक काल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली साहित्यको माध्यमिक कालदेखि मात्र नेपाली समालोचनाको इतिहास प्ररम्भ भएको देखिन्छ, अर्थात् कवि भानुभक्त आचार्यको जीवनचरित्र नामक समालोचनात्मक कृतिबाट मोतीराम भट्टले समालोचना विधाको श्रीगणेश गरेका हुन् । [१] नेपाली साहित्यको प्राथमिक कालमा नेपाली समालोचना लेखनको प्रराम्भ नभर्इ माध्यमिक कालमा भएकोले यहाँ माध्यमिक काल र आधुनिक काल उल्लेख गरिएको छ । यस कालका प्रमुख समालोचक र नेपाली समालोचनाका प्रारम्भकर्ता मोतीराम भट्ट हुन् । भट्टपछिका अन्य समालोचकहरूमा राममणि आदि, सूर्यविक्रम ज्ञवाली, कुलचन्द्र गौतम, शम्भुप्रसाद ढुङ्गेल आदिको नाम अग्रपङ्क्तिमा रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. घनश्याम कँडेल (सं) (२०५५), नेपाली समालोचना, पुल्चोक ललितपुर: साझा प्रकाशन

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]