मानवता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

(मानव सभ्यता ) मानव सभ्यता शब्द सुन्दा सामान्य सुनिए ता पनि एस भित्र धेरै कुराहरु पाईन्छ । आज समय कलि युग छोडेर ढुंगे युगमा आइसकेको छ र समय सङै मानव सभ्यता पनि पछाडी छोडेर मानिस हरु अगाडी बढीरहेका छन् । आजका मानिस हरु मा येति सम्म विवेक छैन कि जुन हामिले पशु मा सजिलै पाउने गर्छौ। ठिक बेठिक छुट्टाउन सक्ने क्षमता भएकाले सर्वश्रेष्ठ प्राणि मानिएका हरु आज पशु भन्दा गिरेका छन् । मानव सभ्यताकै इतिहासको उत्खनन गरेर विष्लेशन गर्ने हो भने इतिहासकै अन्त्य निश्चिति देखिन्छ। मानव सभ्यताको इतिहास वर्ग संघर्षको इतिहास थियो । पहिले सरलबाट जटिल त अहिले जटिलबाट झनै जटिल तिर यो इतिहास मोडिदै आएको छ , मानिसले आज मानिस चिन्दैनन, मानिस मा जुन डर र त्रास हुनेगर्थ्यो आज त्यो गाएब छ । स्वार्थ पूरा गर्न मानिसले मानिस को टाउको छिनाउन त्यो हात काम्दैन । कलम चलाउने हातहरु आज हातियार मा भर पर्दै छन। रगतले रगतको नाता बिर्सिसकेका छन, जति समय परिवर्तन हुदै छ मानिस त्येती नै अफुलाइ गिराउदै छ्न , पैसा सर्वस ठान्दै छन् पैसाले आफन्त किन्न खोज्दै छन् । एउटि नारी माथी अन्याय हुन्छ अत्याचार हुन्छ अनि त्यो नारीले तब सम्म न्याय पाउदिन जब सम्म त्यो नारीको पहुच माथी सम्म हुँदैन । नारी को मात्र होइन यहाँ हरेक ले न्याय पाउन ठुलै पहुच हुनु पर्छ अनि यहाँ कानुन तेतिबेला लागू हुन्छ जब कोहि ठुलै को आफन्त या आफ्नो लाई केही हुन्छ , अनि साधरन मान्छे त बिचरा जिउदै लास सरि बाचेको हुन्छ ।