सामग्रीमा जानुहोस्

मानवताविरुद्धको अपराध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १९१५ को अर्मेनियाली नरसंहारलाई (चित्रमा) पहिलोपटक 'मानवताविरुद्धको अपराध' भनेर वर्णन गरिएको थियो।
आउसभिट्च शिविरमा मानिसहरूको छनोट हुँदै गर्दाको दृश्य

मानवताविरुद्धका अपराधहरू एक निश्चित प्रकारका अपराधहरू हुन् जुन प्रायः नागरिकहरू विरुद्ध ठूलो परिमाणमा आक्रमण गरि गरिन्छ।[] ऐतिहासिक रूपमा हेर्ने हो भने युद्ध अपराधहरूको विपरीत, मानवता विरुद्धका अपराधहरू शान्ति र युद्ध दुवै समयमा गरिएको हुँदा यसमा कुनै राज्यका आफ्नै नागरिकहरू मात्र नभई विदेशी नागरिकहरू विरुद्ध पनि हुन सक्दछन्।[] युद्ध अपराध, नरसंहार र आक्रमणको अपराधसँगै, मानवता विरुद्धका अपराधहरू अन्तर्राष्ट्रिय फौजदारी कानुन अन्तर्गत मुख्य अपराधहरूमा पर्दछन् र अन्य अन्तर्राष्ट्रिय कानुन विरुद्धका अपराधहरू जस्तै, यसका लागि अभियोजनमा कुनै समयसम्बन्धी वा क्षेत्राधिकार सम्बन्धमा सीमितता रहेको छैन।[]

मानवताविरुद्धको अपराधको पहिलो मुद्दा नुर्मबर्ग मुद्दाको क्रममा र पछि यस मुद्दामा पराजित नाजी जर्मनीका नेतृत्वकर्ता र सहकर्मीहरू विरुद्ध लगाइएको थियो। यी मुद्दाहरूलाई पूर्व युगोस्लाभियाका लागि अन्तर्राष्ट्रिय आपराधिक अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक अदालत, सिएरा लिओनको विशेष अदालत, क्याम्बोडियाली अदालतको विशेष कक्ष र अन्तर्राष्ट्रिय आपराधिक अदालतका साथै घरेलु अदालतहरूद्वारा अघि सारिएको थियो। मानवताविरुद्धको अपराधको कानुन मुख्य रूपमा परम्परागत अन्तर्राष्ट्रिय कानुनी विकासको फलस्वरूप विकास भएको हो। मानवताविरुद्धका अपराधहरू अन्तर्राष्ट्रिय संविधानमा संहिताबद्ध नभएको हुँदा यस प्रकारको सन्धि स्थापना गर्ने अन्तर्राष्ट्रिय प्रयासलाई मानवताविरुद्धको अपराध पहलद्वारा नेतृत्व गरि सन् २००८ देखि चलाउँदै आएको छ।

युद्ध अपराधहरूका मुद्दाहरू युद्धको समयमा मात्र दर्ता गर्दछन् भने मानवता विरुद्धका अपराधहरू शान्ति वा युद्ध दुवै समयमा हुन सक्छन्। यस्ता अपराधहरू कुनै सरकारी नीतिको अंशको रूपमा (यद्यपि अपराधीहरूले आफूलाई नीतिसँग सम्बन्धित नभएको दाबी गर्न सक्छन्) वा कुनै सरकार वा कार्यकारी प्राधिकरणद्वारा सहन या समर्थन गरिएको र व्यापक रूपमा प्रचलित क्रूरता अन्तर्गत हुने गर्दछन्। युद्ध अपराधमा हत्या, अमानवीकरण, सामूहिक हत्या, जातीय नरसंहार, देशनिकाला, अनैतिक मानवीय परीक्षण, न्यायमा आधारित नरही दिइने अनाधिकृत सजाय (जस्तै न्यायबिनाको मृत्युदण्ड), सामूहिक हत्या गर्ने उद्देश राखि विनाशकारी हतियारको प्रयोग, राज्य आतङ्कवाद, राज्यको संरक्षणमा आतङ्कवाद, हत्यारा टोली, अपहरणकारीहरूको प्रयोग, बाल सैनिकको प्रयोग, अन्यायपूर्ण बन्दीकरण, दासत्व, यातना, बलात्कार, राजनीतिक उत्पीडन, जातिवादमा आधारित भेदभाव, धार्मिक उत्पीडन र अन्य मानवाधिकार उल्लङ्घन हुने क्रियाकलापहरू पर्दछन् भने यस्ता अपराधीहरूलाई मानवताविरुद्धको अपराधमा आरोपी बनाइ मुद्दा दायर गरिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Mettraux, Guénaël (२००५), International Crimes and the Ad Hoc Tribunals (अङ्ग्रेजीमा), Oxford University Press, पृ: ३२०, आइएसबिएन 978-0-19-927155-9
  2. DeGuzman, Margaret M. (२०११), "Crimes Against Humanity", in Brown, Bartram S., Research Handbook on International Criminal Law, Edgar Elgar Publishing।
  3. Schwöbel-Patel, Christine (२०२०), "The Core Crimes of International Criminal Law", The Oxford Handbook of International Criminal Law, Oxford University Press, पृ: ७६८, आइएसबिएन 9780198825203
  4. "United Nations Office on Genocide Prevention and the Responsibility to Protect", United Nations, अन्तिम पहुँच १८ जनवरी २०२४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]