मानवसेवा आश्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मानवसेवा आश्रम
मानवसेवा आश्रम
गठनवि.सं. २०७३
प्रकारगैर-नाफामुखी संगठन र मानवीय क्षेत्रमा सरकारलाई सहयोगी
कानुनी वैद्यतागैर-नाफामुखी संगठन
प्रधान कार्यालयमकवानपुर, हेटौंडा

मानवसेवा आश्रम वि.सं. २०७३ मा "सबैको लागि खाना, नाना र छाना" उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा वि.सं. २०७३ साउन ०२ गते दर्ता भएको र खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) मानवहरुको सेवा [१] गर्ने उद्धेश्यले मकवानपुरको हेटौंडाबाट सुभारम्भ भएको परोपकारी संस्था हो।


मानवसेवा आश्रमका आधारभूत सिद्धान्तहरू[सम्पादन गर्नुहोस्]

स्थापना[सम्पादन गर्नुहोस्]

कार्यक्षेत्र[सम्पादन गर्नुहोस्]

दर्ता कार्यालय काठमाडौं, मूख्य कार्यालय, मकवानपुर हेटौंडा सहित ७ प्रदेशको १५ जिल्लाहरुमा २२ ओटा केन्द्रहरुबाट सेवा सञ्चालन।

मुख्य उद्देश्य[सम्पादन गर्नुहोस्]

क) खुला आकाशमूनी सडकजीवन बिताउन विवश घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरागी, अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन तथा पारिवारिक पुनर्मिलन हुन नसकेको मानवहरुको मानवोचित व्यवस्थापन गर्दै २०७८ सालको अन्त्य सम्म नेपाललाई सहयोगापेक्षी सडकमानव रहित नेपाल घोषणा गराउने ।

ख) जन–जनमा सत्य, न्याय, अनुशासन, दया, माया, करूणा, अहिंषा जस्ता मानवीय गुणहरुले ओतप्रोत गराई नेपाललाई मानवीयताको राष्ट्र (The Country Of Humanity) को रुपमा निर्माण गर्न विभिन्न जीवनोपयोगी तालिम, सेमिनार, अन्तरक्रिया, नाटक एवं मानवता प्रवर्द्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने ।

ग) नेपाललाई सहयोगापेक्षी सडकमानव रहित बनाइसके पश्चात विश्वभर बाध्यात्मकरुपमा खुला आकाशमुनी रात बिताउन विवश सहयोगापेक्षी सडकमानवहरुको जीवनरक्षाको लागि समर्पित रहने ।

उपलब्ध सेवाहरु[सम्पादन गर्नुहोस्]

  • सहयोगापेक्षी बेसहारा सडकमानवहरुको अवस्था अध्ययन तथा यथार्थ विवरण संकलन
  • उद्धार, औषधोपचार, एवं पालनपोषण
  • प्रारम्भिक स्वास्थ्य सेवा
  • मनोचिकित्सकिय सेवा तथा औषधी उपचार सेवा
  • सुधार भएका र सक्षमहरुको लागि जिविकोपार्जन सम्बन्धि तालिम
  • सुधार पश्चात् परिवार खोजि पारिवारीक पुनर्मिलन
  • पारिवारीक पुर्नस्थापना हुन नसकेका बेसहाराहरुको दिर्घकालिन संरक्षण  
  • पारिवारीक परामर्श
  • अभिलेख तथा प्रतिवेदन
  • कसैलेपनि सडकमा आउन नपर्ने अवस्था निर्माण गर्न हरेक नागरिकलाई जिम्मेवार बनाउन विभिन्न मानवता प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन[२]

हाल सेवा सञ्चालनमा रहेका जिल्लाहरु[सम्पादन गर्नुहोस्]

१) मकवानपुरको लामसुरेधापमा (२ वटा सेवाकेन्द्र)

२) चितवनको भरतपुर

३) काठमाडौंको सामाखुशी, तौलुङ, बुढानिलकण्ठ र रुद्रेश्वर, बुढानिलकण्ठ

४) ललितपुरको हात्तिवन र नागदह

५) भक्तपुरको कौशलटार

६) गोरखाकोगोरखाबजार

७) लमजुङ्गको बेशीसहर

८) पर्साको बीरगंज

९) बागलुङको बागलुङ बजार

१०) कास्कीको पोखरा र हेम्जा

११) रुपन्देहीको बुटवल सुख्खानगरमा (२ वटा)

१२) सुर्खेतको बीरेन्द्रनगर

१३) कैलालीको धनगढी

१४) मोरङको विराटनगर स्थित तिलटोलिया र पोखरीया

१५) सर्लाहीको हरिवन [३]

१६) झापाको बाउनडागीमा

१७) दाङको तुलसिपुर

१८) जनकपुरधाम जनकपुर

१९) बाकेको नेपालगंज

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]