मानसपुत्र
| मानसपुत्र | |
|---|---|
ब्रह्माका मानसपुत्र वशिष्ठको मूर्ति | |
| वंशावली | |
| अभिभावकहरू |
|
मानसपुत्र हिन्दु धर्ममा एक वर्गका प्राणीहरू हुन् जसले ब्रह्माका 'मनबाट जन्मेका' सन्तानहरूलाई जनाउँछ।[१][२] धेरैजसो ग्रन्थहरूमा ब्रह्माका मानसपुत्रहरूलाई नै सप्तऋषिको रूपमा चिनिन्छ। यद्यपि प्रत्येक 'मन्वन्तर' (समयको एक ठूलो चक्र) मा सप्तऋषिहरूको नाम परिवर्तन भएतापनि मन्वन्तरमा अत्रि, वशिष्ठ, कश्यप, गौतम, जमदग्नि, भरद्वाज र विश्वामित्र जस्ता ऋषिहरूको नाम मानसपुत्रहरूसँग जोडिएर आउँछ।
हिन्दु धर्मग्रन्थ र पौराणिक कथाहरूका अनुसार मानसपुत्र भन्नाले सृष्टिका देवता ब्रह्माको मनबाट उत्पन्न भएका पुत्रहरूलाई बुझिन्छ। 'मानस' को अर्थ मन र 'पुत्र' को अर्थ छोरा भन्ने हुन्छ। ब्रह्माले सृष्टिको विस्तारका लागि आफ्नो शारीरिक सम्पर्क बिना सङ्कल्प र मानसिक शक्तिद्वारा यी पुत्रहरूको सृष्टि गरेका थिए।[३]हिन्दु धर्ममा, ब्रह्माले आफ्नो मनबाट धेरै सन्तानहरू सृष्टि गरेको विश्वास गरिन्छ। कहिलेकाहीँ, यी मानसपुत्रहरूलाई प्रत्येक सृष्टिका सबै प्राणीहरूका पूर्वज, प्रजापतिहरूसँग समान मानिन्छ।[४]मार्कण्डेय पुराणले सृष्टिको क्रम र प्रजापतिहरूको उत्पत्तिको विस्तृत वर्णन गर्दछ भने भगवत पुराणले ब्रह्माद्वारा मानसपुत्रहरू र सनकादि ऋषिहरूको सृष्टिको कथालाई उल्लेख्य गरेको छ। मानसपुत्रहरूले नै पहिलो पुरुष स्वयम्भुव मनु र पहिलो महिला शतरूपा को सृष्टि गरेको विश्वास गरिन्छ जसका पाँच सन्तानहरू रहेको र उनीहरूबाटै संसारमा मानव जातिको विस्तार भएको मानिन्छ।[५]
उत्पत्ति र उद्देश्य
[सम्पादन गर्नुहोस्]हिन्दु पुराणहरूका अनुसार, सृष्टिको प्रारम्भमा ब्रह्माले ब्रह्माण्डमा जीवहरूको सङ्ख्या बढाउन र ज्ञानको प्रसार गर्न सहायकहरूको आवश्यकता महसुस गरेपपछि उनले कुनै शारीरिक सम्पर्क बिना, केवल आफ्नो विचार र सङ्कल्पको शक्तिले ऋषिहरूको सृष्टि गर्छन् जसलाई 'मानसपुत्र' भनिन्छ। यिनीहरूलाई प्रजापति (प्रजाहरूका स्वामी) पनि भनिन्छ।[६]
अधिकांश मानसपुत्रहरूले प्रजापतिको रूपमा वैवाहिक जीवन अपनाई विभिन्न जीव, वनस्पति र मानव जातिको वंश विस्तार गरेका थिए भने उनीहरूले मानव समाजका लागि आवश्यक नियम, संस्कार र नैतिकताको पृष्ठभूमि निर्माण गरेका थिए। वेद, उपनिषद् र अन्य शास्त्रहरूको ज्ञान संवर्धन र प्रसारमा मानसपुत्रहरूको योगदान रहेको मानिन्छ। विष्णु, भागवत र मत्स्य जस्ता विभिन्न पुराणहरूमा मानसपुत्रहरूको सङ्ख्या र नाममा केही भिन्नता पाइन्छ। सामान्यतया १० जनालाई प्रमुख मानसपुत्र मानिन्छ।
मानसपुत्रहरू
[सम्पादन गर्नुहोस्]विष्णु पुराणका अनुसार ब्रह्माका नौ मानसपुत्रहरू: भृगु, पुलस्त्य, पुलह, क्रतु, अङ्गिरा, मरिची, दक्ष, अत्रि र वशिष्ठ हुन्। यी ऋषिहरूलाई ब्रह्मर्षि भनेर पनि चिनिन्छ।[७][८]
भागवत पुराणका अनुसार अन्य थप मानसपुत्रहरूमा; जाम्बवान, नारद, चित्रगुप्त, सनतकुमार, हिमवत र शतरूपा पर्दछन्।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Theosophical Siftings (अङ्ग्रेजीमा), Theosophical Pub. Society, १८९४।
- ↑ T. V. Satyanarayana; A. S. Venugopala Rao; T. N. Saraswati; N. Nanjunda Sastry; K. L. Shankaranarayana Jois; Hari; M. N. Lakshminarasimha Bhatta; S. L. Sheshadri (२०१९-०३-२३), Maharshis of Ancient India (अङ्ग्रेजीमा), Bharatha Samskruthi Prakashana, आइएसबिएन 978-93-89028-73-7।
- ↑ Williams, George M. (२००८), Handbook of Hindu Mythology, OUP USA, पृ: २०८, आइएसबिएन 978-0-19-533261-2।
- ↑ Williams, George M. (२००८-०३-२७), Handbook of Hindu Mythology (अङ्ग्रेजीमा), OUP USA, पृ: २०८, आइएसबिएन 978-0-19-533261-2।
- ↑ Wilson, John (१८७७), Indian Caste (अङ्ग्रेजीमा), Times of India Office, पृ: ४२८, आइएसबिएन 978-0-524-09449-5।
- ↑ Wilson, H. H. (१८४०), The Vishnu Purana, Oriental Translation Fund।
- ↑ "Production of the mind-born sons of Brahma [Chapter VII]", Wisdom Library (अङ्ग्रेजीमा), २०१४-०८-३०, अन्तिम पहुँच २०२२-१०-२८।
- ↑ "Story of Loka", Wisdom Library (अङ्ग्रेजीमा), २०१९-०१-२८, अन्तिम पहुँच २०२२-१०-२८।
- ↑ D. F. Plukker; R. Veldhuijzen van Zanten (१९९३), Allied Chambers transliterated Hindi-Hindi-English dictionary, Allied Chambers, पृ: 988–, आइएसबिएन 978-81-86062-10-4।