मायाप्रसाद शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माओवादीका समानुपातिक सभासद् मायाप्रसाद शर्मा गणतान्त्रिक मञ्चका संयोजक हुनुहुन्छ। २०४७ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिको बाटोमा लागेका शर्मा ११ वर्ष शिक्षण पेशा अपनाउनु भएको थियो। २०५५ सालमा दैलेख-सूर्खेत जिल्ला सचिव र क्षेत्रीय ब्युरोका सदस्यहुदै उहाँ २०६१ सालमा केन्द्रीय सदस्य बन्नु भएको थियो। २०५१ सालदेखि भूमिगत भएका शर्माका परिवारका ८ जना नै माओवादीका पूर्णकालीन कार्यकर्ता छन्। फुर्सदको बेला अध्ययन र लेखनमै बिताउने शर्मा जाजरकोटको जक्टीपुर -१ जक्टीपुरमा २०२० असार १५ गते जन्मेका थिए।

उहाँका भाइ रामदीप आचार्य विद्यार्धीका उपाध्यक्ष, अर्का भाइ युवराज आचार्य वाइसएलका केन्द्रीय सदस्य हुनुहन्छ। पारसमणि उपनामले पार्टीमा चिनिने शर्माले बेपत्ता शहीद परिवारका सपनालाई पूरा गर्न संविधानमा लेख्न कोशिस गर्ने आफ्नो मूल एजेण्डा रहेको बतउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]