माया चेपाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


चेपाङ समुदायबाट संविधान सभा निर्वाचनमा विजयी दुई समानुपातिक संविधान सभा सदस्य मध्ये माया चेपाङ 'जानकी' एक हुनुहुन्छ। नीति निर्माण तहमा चेपाङ जातिका कहिल्यै प्रतिनिधित्व नभएको बेलामा एकिकृत नेकपा माओवादीको तर्फबाट माया संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको हो। मायासँगै नेकपा एमालेको तर्फबाट समानुपातिक तर्फ गोविन्द चेपाङ पनि संविधान सभामा पुग्नुभएको छ।

जन्म[सम्पादन गर्ने]

  गोरखाको भुम्लीचोक २ गैरीगाउँमा २०३२ सालमा जन्मनुभएकी 
 भीममाया र कमलबहादुरकी एक्लो सन्तान माया गरीब परिवारमा जन्मी हुर्कनुभएकी 

शिक्षा[सम्पादन गर्ने]

      तीन कक्षा सम्मको औपचारिक अध्ययन पुरा गर्नुभएको छ। 

राजनीतिक यात्रा[सम्पादन गर्ने]

    २०५५ सालदेखि माओवादी निकट अखिल नेपाल महिला सङ्घबाट राजनीतिमा साइत गर्नुभएकी माया तत्कालै माओवादी पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुभएको थियो। उहाँ माओवादीको गाउँ समितिको अध्यक्ष हुँदै महिला सङ्गठनको इलाका अध्यक्ष हुनुभयो। माया चेपाङ राष्टिय मुक्ति मोर्चाको केन्द्रीय कोषाध्यक्ष र माओवादी पार्टीको एरिया सदस्य पनि हुनुहुन्छ।

जीवन शैली[सम्पादन गर्ने]

फुर्सदको समयमा साथीभाइसँग छलफल गरेर बिताउन मन पराउनुहुने माया चेपाङ जाति र महिलाका अधिकारका लागि लड्ने बताउँनुहुन्छ। चेपाङ जातिको जल, जमीन र स्वायत्ततालाई संविधानमा सुनिश्चित गर्ने उहाँको प्रमुख पएजेण्डा छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]