माया पौडेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माया पौडेल 'आशावादी' भानु कलाकेन्द्र र भानु-मोरङ सांस्कृतिक समितिको अध्यक्ष हुनुहुन्छ। उहाँ विशेष त नृत्य, अभिनय र गायनका क्षेत्रमा सक्रिय हुनुहुन्छ। मायाको जन्म २०१० चैत १२ भारतको आसाम राज्यमा भएको हो। मायाका पिताको नाम दाताराम र माताको भागिरथी निरौला हो। उहाँका एक दाजु नन्दप्रसाद हुनुहुन्छ।
भानु-मोरङ सांस्कृतिक समितिको स्थापना २०१९ साल र भानु- कलाकेन्द्रको स्थापना २०३७मा भएको हो। विराटनगरलाई केन्द्र बनाएर कलाकारिता गर्ने यी संस्थाका संस्थापक चतुर्भुज आशावादी मायाका श्रीमान हुनुहुन्छ। चतुर्भुजको २०५९ साउनमा निधन भयो।
नारायणी कलामन्दिर (चितवन)बाट कलाकारिता थालेकी मायाले श्रीमानको निधनपछि कलाकेन्द्र र सांस्कृतिक समितिको प्रमुख हुनुभएको हो। मायाले केही टेलिश्रृंखला, चलचित्र र धेरै नाटकमा अभिनय गर्नुभएको छ। कला देखाउन सबै जिल्ला पुग्नुभएको छ। विशेष गरी मैथिली नाटकमा सहभागिता जनाउ“दा भारतमा भएका प्रतियोगितामा बेग्लाबेग्लै समयमा पुरस्कृत हुनुभएको छ। उहाँले धेरै सम्मान पाउनुभएको छ।