सामग्रीमा जानुहोस्

मारमा जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मारमाबाट अनुप्रेषित)
मारमा
မရ်မာ
मारमा नृत्य
जम्मा जनसङ्ख्या
३ लाख +
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 बङ्गलादेश: (बान्दोरबान, खागडाछोडी, राङ्गामाटी, पटुवाखालीबरगुना)२,२४,२६१[]
 बर्मा: (राखाइन राज्य)थाहा नभएको
 भारत: (त्रिपुरा)३५,७२२[]
भाषाहरू
मारमा
धर्महरू
थेरवाद बौद्ध
सम्बन्धित जातीय समूह
चक्मा, राखाइन, बडुवा

सन् १९०६ मा खिचिएको मारमाहरूको तस्वीर, बान्दोरबान

मारमा किशोरीहरू नववर्ष उत्सव "साङ्गराई"मा पानी पर्व मनाउँदै

मारमा (बर्मेली: မရမာ), (बङ्गाली: মারমা) बङ्गलादेशको दोस्रो ठूलो आदिवासी वा स-सानो जातीय समुह हो। तीन पहाडी जिल्लामा यी जातिको बसोबास रहेको जसको अधिकांश जनसङ्ख्या बान्दोरबान जिल्लामा बस्दछन्। यसबाहेक उनीहरू चट्टोग्राम पहाडी क्षेत्रका अन्तर्गत खगडाछरी र राङ्गामाटी जिल्लाहरूमा बसोबास गर्दछन्। पहाडी चट्टोग्रामका मारमाहरू आराकानबाट आएको हुनाले उनीहरूले 'म्राइमा' नामबाट आफुलाई 'मारमा' भनेर चिनाउँछन्। यसबाहेक, भारतको त्रिपुरामिजोराम राज्यदेखि पूर्व बर्मासम्म यो जनजातिको बसोबास रहेको छ।

मारमाहरू मङ्गोलियाली मूलका आदिवासी र बौद्ध धर्मको पालनकर्ता हुन्। बोलचालका लागि मारमाहरूलै मारमा भाषा बोल्दछन् भने यो भाषाको पनि छुट्टै लिपी रहेको छ। मारमा समाजको व्यवस्था पितृसत्तात्मक भएतापनि पुरुषहरूको जस्तै महिलाहरू पनि पितृसम्पत्तिको बराबर अधिकार पाउँछन्। मारमा जातिहरूको प्रमुख खाना भात हो। पाङ्खुङ, जाइक, कप्या आदि सांस्कृतिक कार्यक्रमहरू मारमा समाजमा लोकप्रिय छन्। उनीहरूको प्रमुख चाडपर्वहरूमा; सग्राई पोए, वाछो पोए, वाग्योवाई पोए र पोइङ्ज्रा पोए पर्दछन्। मारमा तइराङ्स्वा नामक एक इतिहास आधारित पुस्तकका लेखक नुथोवाई मारमा बाराङ हुन्। बान्दोरबानमा मारमाहरूको जनसङ्ख्या लगभग दुई लाख जति छ। बङ्गलादेशमा चक्मा साना जातिवर्ग पछि मारमा दोस्रो ठूलो साना जातिवर्ग हो। मारमा महिलाहरूले 'देयाह', कमरदेखि घुँडासम्म लामो 'बारिस्ता उङ्गी' नामको कपडा र पछ्यौरा जस्तो केही लगाउने भएतापनि हाल उनीहरूले अरू महिलाहरू जस्तै 'राङ्काई'को सट्टा ब्लाउज र बर्मेली छापको थामी लगाउन थालेका छन्।

अन्य साना आदिवासी वा जनजाति समुदायहरूको जस्तो मरमाराहरूले पनि जन्म, मृत्यु, विवाह र नयाँ वर्षको अवसरमा विभिन्न परम्परागत पर्वहरू मनाउँछन्। मारमाहरूले मनाउने प्रमुख चाडपर्वहरूमा: बुद्ध पूर्णिमा, कठिन चीवर दान, वाङ्ग्राई वा प्रवारण पूर्णिमा, साङ्ग्राई आदि पर्दछन्। मरमाराहरूको नयाँ वर्षको पर्वलाई साङ्ग्राई भनिन्छ। यी पर्वहरूको साथै अन्य प्राकृतिक पर्वहरू मारमाहरूले मनाउँदै आएका छन् जुन प्रायः जसो पहाडी चट्टोग्रामका अन्य साना आदिवासी समुदायहरूसँग मिल्दोजुल्दो हुन्छ।

मारमाहरूले साङ्ग्राई नामक नववर्ष उत्सव मनाउँछन्। पोहेला वैशाखको अवसरमा मनाइने साङ्ग्राई मारमाहरूको प्रमुख परम्परागत उत्सव हो। नयाँ वर्ष स्वागतको अवसरमा उनीहरूले साङ्ग्राईमा रोचक बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गर्छन् जसमा पानी खेल यी कार्यक्रमहरू मध्ये एक हो। त्यो दिन मारमाका युवा-युवतीहरूले एकअर्कामाथि पानी छर्केर रमाइलो गर्छन्। एकअर्कामाथि पानी छर्किँदा अघिल्लो वर्षको दुःख र नकारात्मकता हट्ने उनीहरूको विश्वास छन्। त्यसै गरी पानी खेलमार्फत उनीहरूले मनपर्ने व्यक्तिलाई खोज्ने काम गर्दछा्। पानी खेलबाहेक उनीहरूले पाङछोवाई (फूल साङ्ग्राई), साङ्ग्राई जिई, बत्ती बाल्ने र बुद्ध स्नान जस्ता अन्य कार्यक्रमहरू गरेर साङ्ग्राई उत्सव मनाउँछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Table 1.4 Ethnic Population by Group and Sex" (बङ्गालीमा), Bangladesh Bureau of Statistics, २०२१, पृ: ३३, मूलबाट १५ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०२२ 
  2. "Table C-16 Population by Mother Tongue: Tripura", Census of India 2011, Registrar General and Census Commissioner of India, मूलबाट ११ मार्च २०२२-मा सङ्ग्रहित। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]