मार्को (२०२४ चलचित्र)
| मार्को | |
|---|---|
रङ्गमञ्च प्रदर्शित पोस्टर | |
| निर्देशक | हनीफ अदेनी |
| लेखक | हनीफ अदेनी |
| निर्माता | शरीफ मुहम्मद |
| मुख्य कलाकार | उन्नी मुकुन्दन सिद्दिक जगदीश कबीर दुहान सिंह अभिमन्यु शम्मी थिलकन |
| छायाङ्कन | चन्द्रु सेल्वराज |
| सम्पादन | शमीर मुहम्मद |
| सङ्गीत | रवि बसरुर |
वितरक कम्पनी | क्युब्स इन्टरटेन्मेन्ट्स |
| वितरक | क्युब्स इन्टरटेन्मेन्ट्स |
प्रदर्शन मिति |
|
अवधि | १४५ मिनेट[१] |
| देश | भारत |
| भाषा | मलयालम |
| लागत | ₹३० करोड[२][३] |
| बक्स अफिस | ₹१०० करोड[४] |
मार्को सन् २०२४ को भारतीय मलयालम भाषाको एक्सन थ्रिलर चलचित्र हो, जसको लेखन तथा निर्देशन हनीफ अदेनीले गरेका छन्। यो चलचित्र शरीफ मुहम्मदले आफ्नो क्युब्स इन्टरटेन्मेन्ट्स ब्यानरअन्तर्गत निर्माण गरेका हुन्। यो मिकाएल एक्सटेन्डेड युनिभर्स को दोस्रो किस्ता हो, जुन मिकाएल (२०१९) पछिको चलचित्र हो।[५] चलचित्रमा उन्नी मुकुन्दनले शीर्षक भूमिका निर्वाह गरेका छन् भने अन्य कलाकारहरूमा सिद्दिक, जगदीश, कबीर दुहान सिंह, अभिमन्यु शम्मी थिलकन, एन्सन पल, इशान शौकत र युक्ति थारेजा रहेका छन्।[६][७] यस चलचित्रलाई भारतीय चलचित्र इतिहासकै सबैभन्दा हिंसात्मक चलचित्र मानिएको छ, जसका कारण यसले उल्लेखनीय विवाद पनि सिर्जना गरेको थियो।
चलचित्रको सङ्गीत रवि बसरुरले दिएका हुन् भने छायाङ्कन चन्द्रु सेल्वराज र सम्पादन शमीर मुहम्मदले गरेका हुन्। मार्को २० डिसेम्बर २०२४ मा क्रिसमसको अवसर पारेर विश्वव्यापी रूपमा प्रदर्शन भएको थियो। चलचित्रले समीक्षकहरूबाट सकारात्मक समीक्षा प्राप्त गरेको थियो र बक्स अफिसमा व्यावसायिक रूपमा सफल भएको थियो। यसले सबैभन्दा धेरै कमाइ गर्ने ए-प्रमाणित मलयालम भाषाको चलचित्रको कीर्तिमान कायम गरेको थियो तथा सर्वाधिक कमाइ गर्ने मलयालम चलचित्रहरूमध्ये एक बनेको थियो।[८][९] यस चलचित्रको प्रिक्वेल विकासाधीन छ।
निर्माण
[सम्पादन]विकास
[सम्पादन]सन् २०२३ को अक्टोबरमा क्युब्स इन्टरटेन्मेन्ट्सले मार्को को घोषणा गरेको थियो, जसमा उन्नी मुकुन्दन शीर्षक भूमिकामा रहेका थिए भने हनीफ अदेनीले लेखक तथा निर्देशकको जिम्मेवारी सम्हालेका थिए। उन्नीले यसअघि मिकाएल (२०१९) मा मार्को नामक पात्रको भूमिका निर्वाह गरेका थिए, जहाँ उक्त पात्र मुख्य प्रतिपक्षीका रूपमा देखिएको थियो[१०]। चलचित्रको निर्माण शरीफ मुहम्मदले क्युब्स इन्टरटेन्मेन्ट्सको ब्यानरअन्तर्गत गरेका हुन्।[११][१२]
यस परियोजनाको निर्माण सुरुमा सन् २०२४ को फेब्रुअरीदेखि सुरु गर्ने योजना बनाइएको थियो। तर पछि छायाङ्कन अप्रिलसम्मका लागि स्थगित गरिएको थियो, त्यसपछि निर्माताहरूले मुख्य छायाङ्कन सन् २०२४ को मे महिनाको पहिलो सातादेखि सुरु हुने पुष्टि गरेका थिए।[१३][१४] सन् २०२४ को मार्चमा रवि बसरुर चलचित्रका सङ्गीतकारका रूपमा निर्माण टोलीमा आबद्ध भएका थिए।[१५] प्राविधिक टोलीमा छायाङ्कन निर्देशक चन्द्रु सेल्वराज, सम्पादक शमीर मुहम्मद र एक्सन निर्देशक कलाइ किङ्सन पनि रहेका थिए।
निर्माताहरूले मार्को मलयालम भाषामा प्रदर्शन गरिने तथा हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा डब गरिएका संस्करणहरू पनि प्रदर्शन गरिने घोषणा गरेका थिए।[१६][१७]
कलाकार छनोट तथा छायाङ्कन
[सम्पादन]यस चलचित्रबाट थिलकनका नाति तथा शम्मी थिलकनका छोरा अभिमन्युले मलयालम चलचित्रमा पदार्पण गरेका थिए।[१८] सिद्दिक, जगदीश र कबीर दुहान सिंहलाई सहायक भूमिकामा चयन गरिएको थियो।[१९]
सन् २०२४ को मेमा अभिनेत्री युक्ति थारेजा कलाकार टोलीमा आबद्ध भएकी थिइन्, जसबाट उनले मलयालम चलचित्रमा पदार्पण गरेकी थिइन्।[२०] यसअघि नवोदित अभिनेत्री दुर्वा ठाकर पनि यस परियोजनामा आबद्ध भइसकेकी थिइन् भने रियाज खान सन् २०२४ को जुलाईमा कलाकार टोलीमा सामेल भएका थिए।[२१][२२]
पहिलो चरणको छायाङ्कन सन् २०२४ को मेमा मुन्नारमा गरिएको थियो।[२३] दोस्रो चरणको छायाङ्कन सन् २०२४ को जुलाईसम्ममा कोच्चिमा सम्पन्न भएको थियो।[२४][२५] करिब १०० दिनको छायाङ्कनपछि २८ अगस्ट २०२४ मा मुख्य छायाङ्कन सम्पन्न भएको थियो।[२६][२७]
सङ्गीत
[सम्पादन]| मार्को | |
|---|---|
| को साउन्डट्र्याक एल्बम | |
| जारी | २१ डिसेम्बर २०२४ |
| रेकर्ड गरिएको | २०२३–२०२४ |
| शैली | फिचर चलचित्र साउन्डट्र्याक |
| लम्बाइ | २५:५७ |
| भाषा | मलयालम |
| लेबल | सोनी म्युजिक इन्डिया |
| आधिकारिक अडियो | |
| मार्को (जुकबक्स) युट्युबमा हेर्नुहोस् | |
चलचित्रको गीतसङ्गीत तथा पृष्ठसङ्गीत रवि बसरुरले तयार गरेका हुन्।[२८] चलचित्रको सङ्गीत अधिकार सोनी म्युजिकले प्राप्त गरेको थियो।[२९] "ब्लड" शीर्षकको पहिलो एकल गीत २२ नोभेम्बर २०२४ मा सार्वजनिक गरिएको थियो।[३०] पहिलो संस्करणप्रति दर्शकबाट आलोचना भएपछि सन्तोष वेन्कीको स्वरमा रहेको उक्त गीतको दोस्रो संस्करण २५ नोभेम्बर २०२४ मा सार्वजनिक गरिएको थियो।[३१] "मार्पापा" शीर्षकको दोस्रो एकल गीत २९ नोभेम्बर २०२४ मा सार्वजनिक गरिएको थियो।[३२] चलचित्रको मूल साउन्डट्र्याक २१ डिसेम्बर २०२४ मा सार्वजनिक गरिएको थियो भने चलचित्रको पृष्ठसङ्गीत समेटिएको छुट्टै एल्बम २७ डिसेम्बर २०२४ मा सोनी म्युजिक इन्डियाद्वारा सार्वजनिक गरिएको थियो।[३३]
गीत सूची
[सम्पादन]| क्र.सं. | शीर्षक | शब्द | सङ्गीत | गायक(हरू) | लम्बाइ |
|---|---|---|---|---|---|
| १. | "ब्लड" | विनायक ससिकुमार | रवि बसरुर | डब्जी, रोहित सिद्धप्पा, सन्तोष वेन्की | ३:३१ |
| २. | "मार्पापा" | विनायक ससिकुमार | सइद अब्बास | बेबी जीन | २:५७ |
| ३. | "असुरन" | विनायक ससिकुमार | रवि बसरुर | सन्तोष वेन्की | ३:०८ |
| ४. | "ब्रदर" | विनायक ससिकुमार | रवि बसरुर | जितिन राज | ३:३७ |
| ५. | "फ्यामिली" | एनोनिमस, फिल$ | शान रहमान | एनोनिमस, फिल$ | ४:०१ |
| ६. | "ब्लड" (संस्करण २) | विनायक ससिकुमार | रवि बसरुर | सन्तोष वेन्की, रोहित सिद्धप्पा | ३:३१ |
| ७. | "मार्पापा" (द्रुत संस्करण) | विनायक ससिकुमार | सइद अब्बास | बेबी जीन | २:२४ |
| ८. | "मार्को थिम १" | वाद्य | रवि बसरुर | सन्तोष वेन्की | १:४३ |
| ९. | "मार्को टिजर थिम" | वाद्य | रवि बसरुर | वाद्य | १:१२ |
| कुल लम्बाइ: | २५:५७ | ||||
पृष्ठसङ्गीत
[सम्पादन]| मार्को | |
|---|---|
रवि बसरुर को चलचित्र पृष्ठसङ्गीत | |
| जारी | २७ डिसेम्बर २०२४[३४] |
| रेकर्ड गरिएको | २०२३–२०२४ |
| शैली | चलचित्र पृष्ठसङ्गीत |
| लम्बाइ | १:२४:५० |
| भाषा | मलयालम |
| लेबल | सोनी म्युजिक इन्डिया |
| रेकर्ड निर्माता (हरू) | रवि बसरुर |
| मार्को (मूल पृष्ठसङ्गीत) | ||
|---|---|---|
| क्र.सं. | शीर्षक | लम्बाइ |
| १. | "द ब्लाइन्ड एन्ड द किलर" | १:०८ |
| २. | "काब्राल ६१६" | २:५८ |
| ३. | "टोनी केमिकल्स" | १:४१ |
| ४. | "टर्सो" | १:४९ |
| ५. | "टोनीज मेहेम" | १:१९ |
| ६. | "टोनीज इभिल वे" | १:३० |
| ७. | "डेयरडेभिल" | १:०६ |
| ८. | "फाइटिङ यार्ड" | १:३३ |
| ९. | "फाइट क्लब" | ०:१७ |
| १०. | "जर्ज डी'पिटर" | ०:५७ |
| ११. | "इन द वुड्स" | ८:०१ |
| १२. | "रसेल्स प्लान" | ०:५७ |
| १३. | "एन्ड अफ भिक्टर" | ०:३७ |
| १४. | "मार्को इन फाइट क्लब" | २:०५ |
| १५. | "रङ रङ पर्सन" | १:२४ |
| १६. | "द एपिक वाक" | २:४२ |
| १७. | "फर्स्ट फेज अफ मार्को" | १:५३ |
| १८. | "मार्कोज कटाना" | १:५० |
| १९. | "रसेल एट फ्युनरल" | ०:२४ |
| २०. | "रसेल्स र्याम्पेज" | ०:५९ |
| २१. | "द करिडोर फाइट" | २:१५ |
| २२. | "द मासेकर" | ९:३९ |
| २३. | "साइरस द बुचर" | १:५९ |
| २४. | "द चर्च इन्ट्रो" | २:४१ |
| २५. | "ट्र्याप फर टोनी" | ३:११ |
| २६. | "द गोल्ड प्लान" | २:०१ |
| २७. | "दिस इज माइ डिल" | ३:२९ |
| २८. | "द किलर" | ३:०१ |
| २९. | "द एन्ड इज हियर" | ४:४१ |
| ३०. | "द स्टेयरकेस" | २:४३ |
| ३१. | "देव्स ब्लड" | १:०५ |
| ३२. | "फस्जिन" | ०:५३ |
| ३३. | "द लास्ट राइड" | ११:५५ |
| कुल लम्बाइ: | १:२४:५० | |
रङ्गमञ्च प्रदर्शन
[सम्पादन]मार्को २० डिसेम्बर २०२४ मा क्रिसमस सप्ताहन्तको अवसर पारेर रङ्गमञ्चमा प्रदर्शन भएको थियो।[३५][३६] मूल मलयालम भाषाका अतिरिक्त यो चलचित्र तेलुगु, हिन्दी, तमिल र कन्नड भाषामा पनि प्रदर्शन भएको थियो। अत्यधिक रक्तपातपूर्ण हिंसाका कारण चलचित्रलाई केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डले ए प्रमाणपत्र प्रदान गरेको थियो।[३७] सोही कारणले मार्को सिङ्गापुरको आईएमडीए (IMDA) बाट R21 श्रेणीकरण प्राप्त गर्ने पहिलो भारतीय एक्सन चलचित्र तथा समग्रमा पाँचौँ भारतीय चलचित्र बनेको थियो।[३८][३९] चलचित्रको पहिलो प्रदर्शन ५ जुलाई २०२५ मा दक्षिण कोरियामा आयोजित बुचोन अन्तर्राष्ट्रिय फ्यान्टास्टिक चलचित्र महोत्सवमा भएको थियो।[४०][४१][४२] त्यसैगरी, सेप्टेम्बर २०२५ मा जर्मनीमा आयोजित फ्यान्टासी फिल्मफेस्टमा पनि यसको प्रदर्शन गरिएको थियो।[४३]
गृह माध्यम
[सम्पादन]चलचित्र १४ फेब्रुअरी २०२५ मा सोनीलिभ मार्फत मूल मलयालम भाषासहित तमिल, तेलुगु र कन्नड भाषामा डब गरिएका संस्करणहरूमा सार्वजनिक गरिएको थियो।[४४][४५] हिन्दीमा डब गरिएको संस्करण २७ फेब्रुअरी २०२५ देखि अमेजन प्राइम भिडियो मार्फत स्ट्रिमिङ हुन थालेको थियो।[४६] सुरुमा दुवै स्ट्रिमिङ सेवामा चलचित्रको असम्पादित संस्करण सार्वजनिक गर्ने योजना बनाइएको थियो। तर सूचना तथा प्रसारण मन्त्रालयमा उजुरी परेपछि त्यसको सट्टा रङ्गमञ्चमा प्रदर्शन गरिएको संस्करण नै ती प्लेटफर्महरूमा सार्वजनिक गरिएको थियो।[४७]
चलचित्रको फ्रान्सेली ब्लु-रे संस्करण २५ सेप्टेम्बर २०२५ मा सार्वजनिक गरिएको थियो।[४८][४९] चलचित्र १५ जनवरी २०२६ मा (सुरुमा ११ डिसेम्बर २०२५ मा प्रदर्शन गर्ने योजना रहेको)[५०] जर्मनीमा ४के अल्ट्रा एचडी, ब्लु-रे र डीभीडी संस्करणमा भौतिक रूपमा सार्वजनिक गरिएको थियो। साथै, २४ पृष्ठको पुस्तिका र हटाउन मिल्ने आवरण समावेश गरिएको सीमित तथा क्रमाङ्कित ४के अल्ट्रा एचडी र ब्लु-रे मिडियाबुक कम्बो प्याक पनि सार्वजनिक गरिएको थियो। मिडियाबुक संस्करण सातवटा फरक आवरण संस्करणमा बिक्रीका लागि उपलब्ध गराइएको थियो। प्रत्येक संस्करण ३३३ प्रतिमा मात्र सीमित थियो भने अन्तिम संस्करण भने २२२ प्रतिमा मात्र सीमित थियो। चलचित्रका जर्मनीमा सार्वजनिक गरिएका सबै भौतिक संस्करणहरूमा मूल मलयालम भाषाको अडियो ट्र्याक र अङ्ग्रेजी उपशीर्षकका अतिरिक्त जर्मन भाषाको अडियो ट्र्याक र उपशीर्षक पनि समावेश गरिएको थियो।[५१]
विवाद
[सम्पादन]चलचित्रको अत्यधिक हिंसात्मक तथा क्रूर सामग्रीका कारण यसले व्यापक ध्यान आकर्षित गरेको थियो। वास्तविक जीवनमा हिंसालाई प्रोत्साहन दिन सक्ने तथा महिला र बालबालिकामाथिको हिंसा समावेश गरेको भन्दै धेरै व्यक्तित्वहरूले चलचित्रको आलोचना गरेका थिए।[५२][५३] चलचित्रको टेलिभिजन प्रदर्शन गर्ने योजना बनाइएको थियो, तर चलचित्रमा रहेको अत्यधिक दृश्यात्मक हिंसाका कारण केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्ड (सीबीएफसी) ले त्यसलाई रोक लगाएको थियो।[५४] चलचित्रको प्रस्तावित टेलिभिजन प्रदर्शन रद्द गरिनुका साथै भारतको क्षेत्रीय सेन्सर बोर्डले यसलाई ओटीटी स्ट्रिमिङ सेवाहरूबाट हटाउन पनि अपिल गरेको थियो।[५५]
प्रतिक्रिया
[सम्पादन]समीक्षात्मक प्रतिक्रिया
[सम्पादन]मार्कोले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। समीक्षा सङ्कलक वेबसाइट रोटन टमेटोजमा ८ समीक्षकको समीक्षामध्ये ७९% सकारात्मक रहेका छन् भने औसत मूल्याङ्कन १० मध्ये ६.७ रहेको छ।
बक्स अफिस
[सम्पादन]प्रदर्शनको पहिलो दिन चलचित्रले विश्वव्यापी रूपमा ₹१०.८ करोड कमाइ गरेको थियो। यससँगै यो सन् २०२४ को चौथो सर्वाधिक पहिलो-दिन कमाइ गर्ने मलयालम चलचित्र बनेको थियो। घरेलु बजारबाट ₹४.५५ करोड कमाउँदै यो मलयालम चलचित्र उद्योगका सर्वाधिक सफल प्रारम्भिक प्रदर्शनहरूमध्ये एक बनेको थियो।[५६] मार्को कमाट्टिपाडम (२०१६) लाई उछिन्दै मलयालम चलचित्र उद्योगको सर्वाधिक कमाइ गर्ने ए-प्रमाणित चलचित्र बनेको थियो।[८] प्रदर्शनको पहिलो तीनदिने सप्ताहन्तमा चलचित्रले विश्वव्यापी रूपमा ₹३० करोडभन्दा बढी कमाइ गरेको थियो, जसमध्ये ₹१४.७५ करोड केरलाबाट आएको थियो।[५७]
३ जनवरी २०२५ सम्ममा हिन्दीमा डब गरिएको संस्करणले हिन्दीभाषी क्षेत्रमा ₹५ करोड खुद कमाइ गर्दै द गोट लाइफ (२०२४) र २०१८ (२०२३) लाई उछिन्दै सर्वाधिक कमाइ गर्ने मलयालम डब चलचित्र बनेको थियो।[५८] चलचित्रले प्रदर्शनको चौथो आइतबार (२३औँ दिन) विश्वव्यापी रूपमा ₹१०० करोडको कमाइ पार गरेको थियो। २० जनवरी २०२५ सम्ममा चलचित्रले विश्वभरबाट ₹१०४ करोड कमाइ गरेको थियो।[५९]
टिप्पणी
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Marco: Unni Mukundan's film to skip the trailer release; Plot and runtime revealed", ottplay.com, अन्तिम पहुँच १६ डिसेम्बर २०२४।
- ↑ "Marco Is Set To Feature Unni Mukundan In Lead Role With a Budget of 30 Crores", Asianet News, २ अक्टोबर २०२३।[स्थायी मृत कडी]
- ↑ "ആ വില്ലന് ഇനി നായകന്! 30 കോടി ബജറ്റില് ഉണ്ണി മുകുന്ദന്റെ മാര്കോ വരുന്നു", Asianet News, २ अक्टोबर २०२३, मूलबाट १९ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०२४।
- ↑ Entertainment Desk, IE (जनवरी ५, २०२५), "Marco zooms past Rs 100 crore mark; becomes sixth Malayalam film to hit milestone in 2024", The Indian Express, अन्तिम पहुँच मे २७, २०२६।
- ↑ यो मिकाएल को स्वतन्त्र स्पिन-अफ चलचित्र पनि हो।
- ↑ "ആ വില്ലന് ഇനി നായകന്! 30 കോടി ബജറ്റില് ഉണ്ണി മുകുന്ദന്റെ മാര്കോ വരുന്നു", Asianet News, २ अक्टोबर २०२३।
- ↑ "Unni Mukundan's 'Marco' to release in Telugu on 1 January 2025", The South First, २७ डिसेम्बर २०२४, अन्तिम पहुँच २२ फेब्रुअरी २०२५।
- 1 2 "Marco box office collection Day 1: Unni Mukundan's film beats Dulquer Salmaan's Kammatipaadam", OTTPlay (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ डिसेम्बर २०२४।
- ↑ "Unni Mukundan's 'Marco' follows 'Baahubali' to South Korea, expanding Malayalam cinema's reach" (en-INमा), मूलबाट २ जनवरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०२५।
- ↑ "Marco: Shooting for the Unni Mukundan-starrer to begin soon", ottplay.com, मूलबाट २६ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २०२४।
- ↑ "Unni Mukundan's 'Marco' set to go on floors in February 2024", The Times of India, आइएसएसएन 0971-8257, मूलबाट २६ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २०२४।
- ↑ "First look poster of Unni Mukundan's 'Marco' out", Mathrubhumi English, १६ जुन २०२४, मूलबाट १६ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०२४।
- ↑ "Unni Mukundan's 'Marco' to go on floors soon", The Times of India, आइएसएसएन 0971-8257, मूलबाट २६ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २०२४।
- ↑ "Unni Mukundan's 'Marco' to go on floors on May 3", The Times of India, २९ अप्रिल २०२४, आइएसएसएन 0971-8257, मूलबाट १५ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २०२४।
- ↑ Service, Express News (९ मार्च २०२४), "Ravi Basrur joins Unni Mukundan's 'Marco'", The New Indian Express (अङ्ग्रेजीमा), मूलबाट ३ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २०२४।
- ↑ "Makers of 'Marco' announce teaser edits for wider reach but promises no cuts for full film", The Times of India, ३० अक्टोबर २०२४, अन्तिम पहुँच ९ जनवरी २०२५।
- ↑ Service, Express News (४ मे २०२४), "Unni Mukundan's 'Marco' begins", The New Indian Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ डिसेम्बर २०२४।
- ↑ "Legendary actor Thilakan's grandson to Debut in Unni Mukundan's Marco", Times Now, १८ मे २०२४, मूलबाट १९ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०२४।
- ↑ "Marco – Unni Mukundan dons new look for the first villain spin-off movie in Malayalam", OTTPlay (अङ्ग्रेजीमा), मूलबाट २२ सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २०२४।
- ↑ "'Lut Gaye' Fame Actress Yukti Thareja To Join Unni Mukundan's 'Marco'", Times Now, २० मे २०२४, मूलबाट १९ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०२४।
- ↑ "Marco – The Unni Mukundan-starrer will have THIS Telugu actress as a female lead", OTTPlay (अङ्ग्रेजीमा), मूलबाट २५ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २०२४।
- ↑ "Riyaz Khan joins Unni Mukundan's 'Marco' in 'Adich Keri Vaa' style", The Times of India, ७ जुलाई २०२४, आइएसएसएन 0971-8257, अन्तिम पहुँच २४ डिसेम्बर २०२४।
- ↑ "Unni Mukundan wraps up the first schedule of 'Marco'", The Times of India, १७ मे २०२४, अन्तिम पहुँच १७ मे २०२४।
- ↑ "Second schedule of Unni Mukundan's Marco wraps up", Cinema Express, १७ जुलाई २०२४, अन्तिम पहुँच १७ जुलाई २०२४।
- ↑ "Unni Mukundan's Marco Completes Second Schedule Of Shoot", Times Now, १८ जुलाई २०२४, मूलबाट १८ जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुलाई २०२४।
- ↑ "'Marco': Makers call it a wrap; say the Unni Mukundan's actioner will 'redefine action genre' in the Malayalam film industry - WATCH video", The Times of India, २८ अगस्ट २०२४, अन्तिम पहुँच २८ अगस्ट २०२४।
- ↑ "It is a wrap for Unni Mukundan's thriller, 'Marco'", The South First, २९ अगस्ट २०२४, मूलबाट ३० अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०२४।
- ↑ "'KGF'-fame Ravi Basrur on board Unni Mukundan's 'Marco' as composer", The Hindu, २ मार्च २०२४, मूलबाट २ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०२४।
- ↑ "'ചോരയൊലിക്കുന്ന തലയോട്ടിയും ഹെഡ്ഫോണും'; മാര്ക്കോ'യുടെ മ്യൂസിക് റൈറ്റ്സ് സോണി മ്യൂസിക്കിന്", Mathrubhumi (Malayalamमा), ६ नोभेम्बर २०२४, मूलबाट ११ नोभेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०२४।
- ↑ "First Single Titled Blood From Unni Mukundan's Marco Released!", Times Now, २२ नोभेम्बर २०२४, मूलबाट २२ नोभेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २०२४।
- ↑ "'Marco' promo song revamped: 'KGF' singer Santhosh Venky replaces Dabzee after audience feedback", The Times of India, २५ नोभेम्बर २०२४, मूलबाट २६ नोभेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०२४।
- ↑ "Lyric Video Of The Banger 'Marpapa' Promo Song From Marco Released", Times Now, २९ नोभेम्बर २०२४, मूलबाट २ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०२४।
- ↑ Sony Music South (२७ डिसेम्बर २०२४), Marco OST Jukebox | Unni Mukundan | Shareef Muhammed | Haneef Adeni | Ravi Basrur, मूलबाट २८ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०२५ – YouTubeद्वारा।
- ↑ "Marco (Original Background Score)", Spotify, अन्तिम पहुँच २७ डिसेम्बर २०२४।
- ↑ "Wow! Unni Mukundan's 'Marco' poster creates huge buzz on social media", Kerala Kaumudi, १६ जुन २०२४।[स्थायी मृत कडी]
- ↑ "Unni Mukundan's 'Marco' locks a release date", The Hindu, १३ नोभेम्बर २०२४, मूलबाट १४ नोभेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०२४।
- ↑ "Unni Mukundan's Marco clears censorship formalities", Cinema Express, १६ डिसेम्बर २०२४, मूलबाट १७ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०२४।
- ↑ "MARCO (2024)", Infocomm Media Development Authority, मूलबाट २८ जुन २०२५-मा सङ्ग्रहित। अभिलेखिकरण २८ जुन २०२५ वेब्याक मेसिन
- ↑ "Marco Movie: 21 വയസിന് മുകളിലുള്ളവർക്ക് മാത്രം കാണാം; സിംഗപ്പൂരിൽ R21 റേറ്റിംഗ് നേടുന്ന ആദ്യ ഇന്ത്യൻ ആക്ഷൻ സിനിമയായി 'മാർക്കോ'", Zee News Malayalam (मलयालममा), ३१ डिसेम्बर २०२४, मूलबाट २ जनवरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०२५।
- ↑ "Screening Schedule", Bucheon International Fantastic Film Festival, मूलबाट २८ जुन २०२५-मा सङ्ग्रहित।
- ↑ "Unni Mukundan-starrer Marco to have Korean premiere at BIFAN", Cinema Express, अन्तिम पहुँच १६ जुन २०२५।
- ↑ "Marco | Adrenaline Ride | BIFAN", Bucheon International Fantastic Film Festival, मूलबाट २८ जुन २०२५-मा सङ्ग्रहित।
- ↑ "Marco", Fantasy Filmfest, मूलबाट २७ सेप्टेम्बर २०२५-मा सङ्ग्रहित।
- ↑ "Marco OTT release: When and where to watch Unni Mukundan's gory thriller", India Today, ३१ जनवरी २०२५, अन्तिम पहुँच ३१ जनवरी २०२५।
- ↑ "Marco OTT release date confirmed! When and where to watch Unni Mukundan, Kabir Duhan Singh's violent action-thriller", ottplay.com, अन्तिम पहुँच ३१ जनवरी २०२५।
- ↑ "Marco Hindi OTT release: When and where to watch Unni Mukundan's action thriller", The Times of India, २७ फेब्रुअरी २०२५, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५।
- ↑ "No Uncut Version For Marco's OTT Release; Makers Cite Multiple Complaints To Ministry Of Broadcasting As Reason", Times Now, १३ फेब्रुअरी २०२५, अन्तिम पहुँच १३ फेब्रुअरी २०२५।
- ↑ "Marco Blu-ray (France)", Blu-ray Forum, मूलबाट १० जुलाई २०२५-मा सङ्ग्रहित।
- ↑ "Marco", Spectrum Films, मूलबाट १० जुलाई २०२५-मा सङ्ग्रहित।
- ↑ "Marco 4K Blu-ray (Mediabook) (Germany)", Blu-ray Forum।
- ↑ "Brutale Action aus Indien: "Marco" ab 11.12. auf Ultra HD Blu-ray im Mediabook mit sieben Cover-Motiven - UPDATE", BLURAY-DISC.DE, मूलबाट २७ सेप्टेम्बर २०२५-मा सङ्ग्रहित।
- ↑ "Are Ranga, Marco and Young-hee behind murderous instincts of Kerala youth?", Onmanorama, अन्तिम पहुँच ३ मार्च २०२५।
- ↑ "From 'Pani' to 'Marco': Kerala debates impact of glamourisation of crimes in films", Deccan Herald, अन्तिम पहुँच २७ फेब्रुअरी २०२५।
- ↑ "CBFC blocks Marco's TV release, writes to Centre to ban OTT screening", Onmanorama, अन्तिम पहुँच ७ मार्च २०२५।
- ↑ "Marco's TV release stopped by regional censor board, urges CBFC HQ's intervention to block streaming of Unni Mukundan film", The Indian Express, ६ मार्च २०२५, अन्तिम पहुँच ६ मार्च २०२५।
- ↑ "Marco | ആദ്യ ദിവസത്തിൽ മുടക്കുമുതലിന്റെ മൂന്നിലൊന്ന്; ഉണ്ണി മുകുന്ദന്റെ 'മാർക്കോ' ഒറ്റദിവസം നേടിയത് 10.8 കോടി", News18 മലയാളം (मलयालममा), २१ डिसेम्बर २०२४, मूलबाट २१ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०२४। अभिलेखिकरण २१ डिसेम्बर २०२४ वेब्याक मेसिन
- ↑ "Marco Day 3 box office collection: Unni Mukundan film sees a huge spike in overseas and rest of India gross", OTTPlay (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ डिसेम्बर २०२४।
- ↑ "Decoding 'Marco's Historic Success In North India: How A Malayalam Film Eclipsed 'Baby John' And Stunned The Box-Office", The Hollywood Reporter India (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जनवरी २०२५।
- ↑ Sharma, Bhavana (२६ जनवरी २०२५), "Marco OTT release: Unni Mukundhan's Marco film gets an OTT release date", Deccan Chronicle (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ जनवरी २०२५।