मार्क जुकरबर्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्क जुकरबर्ग
Mark Elliot Zuckerberg
Mark Zuckerberg at the 37th G8 Summit in Deauville 018 v1.jpg
सन् २०११मा मार्क जुकरबर्ग
जन्ममार्क एलिअट जुकरवर्ग
(१९८४-०५-१४)मे १४, १९८४[१]
न्युयोर्क, अमेरिका
वासस्थानपालो आल्टो, क्यालिफोर्निया[२]
जातीयतायहुदी
मातृ शिक्षाप्रतिष्ठानहार्वर्ड विश्वविद्यालय (सन् २००४मा पढाई छोडेको)
पेशाफेसबुकका प्रमुख कार्यकारी अधिकृत/अध्यक्ष
(सन् २०१०मा २४ % सेयर)[३]
चिनारीको कारणसन् २००४मा फेसबुकको स्थापना; सन् २००८मा विश्वका सबैभन्दा कम उमेरका अर्बपति [४]
जम्मा सम्पतिवृद्धि अमेरिकी $७६ खर्ब (२०१७)[५]
आफन्तर्यान्डी, डोन्ना र अरिल(दिदीबहिनिहरू)
पुरस्कारटाइम पर्सन अफ दि इयर २०१०
वेबसाइटफेसबुक डटकम/मार्क जुकरबर्ग
Mark Zuckerberg - South by Southwest 2008 - 2-crop.jpg

फेसबुक नामक सामाजिक सञ्जाल का परिकल्पनाकार ३३ वर्षीय (सन २०१६ मा) यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन्। उनीसँग अहिले नै ७६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। जुन १५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो। फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ। अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ। विश्वभर एकसाथ १५० करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन्।

फेसबुकको यही लोकप्रियतालाई ध्यानमा राख्दै टाइम म्यागाजिनले यो वर्ष मार्कलाई वर्ष व्यक्तित्व २०१०को सम्मान दिएको छ। उक्त म्यागजिनले यति कम उमेरका व्यक्तिलाई यस्तो पद विरलै दिएको छ। यसअघि १९२७मा अमेरिकी विमान चालक चाल्न लिन्डवर्ग तथा १९५२मा बिर्टेनकी महारानी एलिजाबेथ द्वितीयलाई कम उमेरमै वर्ष व्यक्तित्व घोषणा गरिएको थियो। विमान चालक तथा बेलायती महारानी दुवै उक्त सम्मान पाउँदा २६ वर्षका थिए।

सन् २००४मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए। केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले १ हजार ७ सय छ। सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन्। साइटलाई विवादरहित एवं लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Pilkington, Ed (मार्च १०, २०११), "Forbes rich list: Facebook six stake their claims", The Guardian (UK), अन्तिम पहुँच मार्च ३०, २०११ 
  2. Vargas, Jose Antonio (सेप्टेम्बर २०, २०१०), "The Face of Facebook", The New Yorker, अन्तिम पहुँच सेप्टेम्बर २२, २०१० 
  3. David Kirkpatrick, The Facebook Effect, पृ: ३२२। 
  4. Kroll, Luisa, सम्पादक (मार्च ५, २००८), In Pictures: Youngest Billionaires: Mark Zuckerberg, U.S.: Age 23: $1.5 billion, self-made, Forbes, मूलबाट डिसेम्बर ५, २०१२-मा सङ्ग्रहित। 
  5. "Mark Zuckerberg", Forbes, मार्च २०११, अन्तिम पहुँच मार्च १०, २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]