मार्सेल प्रुस्ट
मार्सेल प्रुस्ट | |
|---|---|
सन् १९०० तिरका प्रुस्ट | |
| जन्म | भ्यालेन्टिन लुइ जोर्ज यूजिन मार्सेल प्रुस्ट १० जुलाई १८७१ प्यारिस, फ्रान्स |
| मृत्यु | १८ नोभेम्बर १९२२ (उमेर ५१) पेरिस, फ्रान्स |
| समाधि स्थल | पेर लासेस सिमिट्री |
| पेशा |
|
| शिक्षा | लिसे कन्डोर्से |
| उल्लेखनीय कार्यहरू | इन सर्च अफ लस्ट टाइम |
| अभिभावकहरू | एड्रियन एचिल प्रुस्ट जिन क्लेमेन्स वेल |
| आफन्तहरू | रोबर्ट प्रुस्ट (भाइ) |
| हस्ताक्षर | |
भ्यालेन्टिन लुइ जोर्ज यूजिन मार्सेल प्रुस्ट (फ्रान्सेली: [maʁsɛl pʁust]; १० जुलाई १८७१ – १८ नोभेम्बर १९२२) एक फ्रान्सेली उपन्यासकार, साहित्यिक समालोचक र निबन्धकार थिए। उनी आफ्नो प्रसिद्ध उपन्यास À la recherche du temps perdu (अङ्ग्रेजीमा Remembrance of Things Past वा इन सर्च अफ लस्ट टाइम) का लागि चिनिन्छन्, जुन सात खण्डमा १९१३ देखि १९२७ सम्म प्रकाशित भएको थियो। उनी बीसौँ शताब्दीका सबैभन्दा प्रभावशाली लेखकहरूमध्ये एक मानिन्छन्।[१][२]
प्रुस्टको जन्म ओतेइ, पेरिसमा एक सम्पन्न बुर्जुवा परिवारमा भएको थियो। उनका पिता एड्रियन प्रुस्ट रोगविशेषज्ञ र महामारीविद् थिए जसले होलरा रोगमा अध्ययन गरेका थिए। उनकी आमा जिन क्लेमेन्स वेल सम्पन्न यहूदी परिवारकी थिइन्। बाल्यकालदेखि नै उनलाई दम (आज्मा) रोगले सतायो, जसका कारण उनको अध्ययन बारम्बार अवरूद्ध भयो। युवावस्थामा उनी साहित्य र लेखनप्रति आकर्षित भए र फ्रान्सेली उच्च समाजका सैलुनहरूमा आउजाउ गर्न थाले। ती सामाजिक अनुभवहरू उनको पछिल्लो उपन्यासका लागि सामग्री बने।
सन् १९०८ मा उनले À la recherche du temps perdu लेख्न सुरु गरे। सात खण्डमा रहेको यो उपन्यासमा करिब १२.५ लाख शब्द छन् र यसले स्मृति, कला, प्रेम र मानव अनुभव जस्ता विषयलाई अन्वेषण गर्छ। यसले चेतनाप्रवाह शैली (अङ्ग्रेजीमा stream of consciousness) प्रयोगलाई आधुनिकतावादी साहित्यमा लोकप्रिय बनायो। उनको मृत्युअघि यस कृतिका केही भाग मात्र प्रकाशित भएका थिए; बाँकी भाग उनको भाइ रोबर्टले सम्पादन गरी मरणोपरान्त प्रकाशित गरे।
जीवनको अन्तिम तीन वर्ष उनले बिरामी भएर बिताए। सन् १९२२ मा उनको मृत्यु निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण भयो। उनको समाधि पेर लासेस सिमिट्रीमा रहेको छ। पुरुषहरूसँगका उनका सम्बन्धहरू सामाजिक रूपमा खुलेका रहँदा पनि उनले आफैँले समलिङ्गी भएको कुरा सार्वजनिक रूपमा भने स्वीकार गरेनन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Harold Bloom, Genius, pp. 191–225.
- ↑ "Marcel Proust", The New York Times, मूलबाट १९ अक्टोबर २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०१६।