मालदेव राठौर
स्वरूप
| मालदेव राठौर | |||||
|---|---|---|---|---|---|
| मारवाडका राजा | |||||
![]() | |||||
| शासनकाल | ९ मे १५३२ - ७ नवम्बर १५६२ | ||||
| पूर्वाधिकारी | राव गङ्गाजी राठौर | ||||
| उत्तराधिकारी | राव चन्द्रसेन राठौर | ||||
| जन्म | ५ डिसेम्बर १५११ जोधपुर, मारवाड, राजस्थान, भारत | ||||
| मृत्यु | ७ नवम्बर १५६२ मेहरानगढ किल्ला, जोधपुर, मारवाड, राजस्थान, भारत | ||||
| सन्तान | राव चन्द्रसेन राठौर राव उदयसिंह राठौर रामचन्द्र (१५ पुत्र, २४ पुत्री) | ||||
| |||||
| घराना | राठौर-मारवाड | ||||
| बाबु | राव गङ्गाजी राठौर | ||||
| आमा | महारानी पद्मावती कुमारी | ||||
| धर्म | हिन्दु | ||||
राव मालदेव राठौर ( १५११ – १५६२) जोधपुर, मारवाडका हिन्दु राजपूत राजा थिए । उनी मारवाडका राजा राव गङ्गाजीका पुत्र थिए । सन् १५२७ को खान्वाको युद्घमा उनले राजकुमारका रूपमा युद्ध लडेका थिए । उक्त युद्धमा हार बेहोर्दा राजपूत राज्यहरू कमजोर भएका थिए । तर उनले आफ्नो राज्यलाई दृढ नेतृत्व दिएका थिए । मुगल सम्राट हुमायूँले १५५५ मा उत्तर भारत कब्जा गरेका थिए । तर राव मालदेव सुर साम्राज्य वा मुगल साम्राज्य कसैको पनि पक्षधर बनेन र स्वतन्त्र राजाका रूपमा राज्य गरे । उनलाई फारसी इतिहासकार फेरिस्ताले हिन्दुस्तानका सर्वशक्तिमान राजा भनेर वर्णन गरेका थिए ।
