मासुको अचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
  • सामग्री : १ किलो खसीको मासु -छाला बोसो नभएको), तोरीको तेल आवश्यकता अनुसार, १० ग्राम सुकेको रातो खुर्सानी भुटेर पिध्नु, २५/२५ ग्राम जिरा, धनियाँ, रायो वा मुलाको बिउ -दाना) भुटेर पिध्नु, नुन, बेसार, चूक अमिलो आधा चम्चा, ५०/५० ग्राम अदुवा पीस गरेको।
  • बनाउने विधि : मासु सफा गरी नुन बेसार राखेर पाक्ने गरी उसिन्नु र पानी निचोरेर लामो मसिनो पीस गर्नु। अब तेल तताई राम्रो कडा हुने गरी तार्ने। अदुवा, लसुन पनि तार्ने र बचेको तेलमा सबै मसला अदुवा, लसुन, अमिलो राखी चलाउनु र सुख्खा सीसीमा राख्नु।

तेल नपुगेमा अर्को तताई डुब्ने गरी राख्नु तेलमा यसरी बनाएको अचार ५/६ महिनासम्म राखी खान सकिन्छ। सीसीबाट निकाल्दा चम्चा चिसो हुनु हुँदैन।

यो अचार खसी बाहेक चिकेन वा वफको पनि बनाउन सकिन्छ। तर वफ बनाउँदा अलिकति टिमुरको धुलो राख्नुपर्छ। अन्य मसला सोही अनुसार राख्नुपर्छ।