माहाकुलुङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माहाकुलुङ
Mahakulung
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसागर किराँती (माओवादी केन्द्र)
 • उपाध्यक्षझरना किराँती (माओवादी केन्द्र)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा६४८.०५ किमी (२५०.२१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,४५२
 • घनत्व१८/किमी (४६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३८
केन्द्रसाविकको बुङ गाविसको कार्यालय

माहाकुलुङ गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका गुदेल, छेस्कामबुङ गाउँ विकास समितिहरूलाई समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हो ।[३] माहाकुलुङ गाउँपालिकको कूल जनसङ्ख्या ११,४५२ रहेको छ । यसको क्षेत्रफल ६४८.०५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बुङ गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा सङ्खुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु गाउँपालिकासोताङ गाउँपालिका, उत्तरमा खुम्बु पासाङल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ जिल्लाभोजपुर जिल्लासम्म फैलिएको छ ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]