माेतीराम भट्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माेतीराम भट्ट (१९२३-१९५३) प्रथम नेपाली समालाेचक हुन् । उनका कविता/काव्य, नाटक, समीक्षा जस्ता विविध कृतिहरू प्रकाशमा अाएका छन् । कविता/काव्य विधामा पर्ने उनका कृतिहरूमा भ्रमर गीत (१९४३), कविसमूहवर्णनम् (१९४३), पञ्चकप्रपञ्च (१९४४), तिजकाे कथा (१९४४)? स्वप्नाध्याय (१९४६), गजेन्म्रमाेक्ष (१९४७), श्लाेक संग्रह (१९४८), शकुनाैती (१९४८), प्रह्लादभक्ति कथा (१९४९), अादि प्रमुख रूपमा रहेका पाइन्छन् । [१]
माेतीराम भट्ट नेपाली समालाेचनाका प्रवर्तक भएकाले उनका याेगदान र सीमाहरू उल्लेख्य छन् । उनले कवि भानुभक्ताचार्यकाे जीवनचरित्र मार्फत नेपाली साहित्यमा नयाँ विधाका रूपमा समालाेचना विभाकाे प्रारम्भ गरेर प्रथम समालाेचक हुने साैभाग्य पाएका छन् । [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. सुवेदी, राजेन्द्र (२०६१), नपाली समालाेचना परम्परा र प्रवृत्ति, वाराणसी ः भस्मिका प्रकाशन
  2. कँडेल, घनश्याम (संं २०५५), नेपाली समालाेचना, काठमाडाैं: साझा प्रकाशन

याे पनि हेर्नुहाेस्[सम्पादन गर्ने]