मिए
मिए प्रान्त (三重県, जापानी उच्चारण: मिए केन) जापानको कान्साई क्षेत्रको होन्शु टापुमा अवस्थित छ। मिए प्रान्तको जनसङ्ख्या १,७८१,९४८ (२०१९ अनुसार) र भौगोलिक क्षेत्रफल ५,७७४ वर्ग किलोमिटर रहेको छ। मिए प्रान्तको उत्तरमा गिफु प्रान्त, उत्तर-पश्चिममा शिगा र क्योटो प्रान्त, पश्चिममा नारा प्रान्त, दक्षिण-पश्चिममा वाकायामा प्रान्त, र पूर्वमा आइची प्रान्तसँग पर्दछ।[१]
मिए प्रान्तको नामको उत्पत्ति यामातो ताकेरूको विजयसँग जोडिएको मानिन्छ। उनीले पूर्वी क्षेत्रको विजय प्राप्त गरेपछि यो नामको प्रयोग गरेको विश्वास गरिन्छ।
भूगोल
[सम्पादन गर्नुहोस्]मिए प्रान्तको राजधानी त्सु सहर हो तर यहाँको सबैभन्दा ठुलो सहर योक्काइची हो। अन्य प्रमुख शहरहरूमा सुजुका , मात्सुसाका , ईसे , र कुआना पर्दछन्।[२]
यो प्रान्त कीइ प्रायद्वीपको पूर्वी तटमा अवस्थित छ र ईसे खाडीको पश्चिमी भागमा फैलिएको छ, जसमा किसो तीन नदीहरूको मुहान पनि समावेश छ। मिए प्रान्त पर्यटकीय दृष्टिले अत्यन्तै प्रसिद्ध छ र यहाँका प्रमुख आकर्षणहरूको रूपमा नागाशिमा स्पा, सुझुका अन्तर्राष्ट्रिय रेसिङ कोर्स, र ईसे ग्राण्ड श्राइन तथा त्सुबाकी ग्राण्ड श्राइन जस्ता पवित्र सिन्तो मन्दिरहरू छन्।
मिए प्रान्तको तटरेखा १,०९४.९ किलोमिटर लामो छ।
इतिहास
[सम्पादन गर्नुहोस्]मिए प्रान्तको ऐतिहासिक पृष्ठभूमि अत्यन्तै समृद्ध छ। यो प्रान्त पूर्वमा ईसे प्रान्त, शिमा प्रान्त, ईगा प्रान्त, र केही भागहरू कीइ प्रान्तसँग मिलेर बनेको थियो। यहाँ मानव बसोबासको प्रमाण लगभग १०,००० वर्ष पुरानो रहेको छ। जोमन र यायोई कालमा नदी र तटीय क्षेत्रहरूमा कृषि समुदायहरू विकास भएको पाइन्छ। ईसे मन्दिरको स्थापना पनि यायोई कालमा भएको मानिन्छ।[३]
एदो कालमा मिए प्रान्त विभिन्न सामन्तीय क्षेत्रमा विभाजित थियो र यहाँ टोकीकैदो र ईसे राजमार्ग जस्ता यातायात मार्गहरू निर्माण भएका थिए। यी मार्गहरूले साम्राज्यीय प्रशासन र व्यापारलाई प्रोत्साहन दिएका थिए। ओहमिनाटो, कुआना, र अनोत्सु जस्ता बन्दरगाह सहरहरू र किल्ला सहरहरू तीव्र रूपमा फस्टाएको थियो। ईसे मन्दिरको तिर्थयात्रा पनि तीव्र रूपमा लोकप्रिय थियो।
मेइजी सुधारपछि, मिए प्रान्तको आधुनिक रूप तयार भएको हो, जसमा ईसे, शिमा, ईगा, र पूर्वी कीइका क्षेत्रहरू समाहित भए। १८७१ मा अनोत्सु प्रान्त र वाताराई प्रान्तको निर्माण भएको थियो, र १८७२ मा योक्काइचीलाई अनोत्सु प्रान्तको राजधानी बनाइएको थियो।
१९५९ मा ईसे-१ टाइफुनले मिए प्रान्तका विभिन्न भागमा व्यापक विनाश पुर्यायो, जसमा समुद्रको पर्खाल भत्किनु, सडक र रेलमार्गहरूमा क्षति, र हजारौँ मानिसहरूको मृत्यु वा बेघर हुनु समावेश थियो।[४]
२०१६ मा शिमा शहरले ४२औँ G7 शिखर सम्मेलन आयोजना गरेको थियो, जुन रूसको अनुपस्थितिमा सम्पन्न भएको थियो।
जलवायु
[सम्पादन गर्नुहोस्]यहाँको जलवायु पनि विविध छ। ईसे मैदानमा औसत वार्षिक तापमान १४ देखि १५ डिग्री सेल्सियस हुन्छ, जबकि ईगा बेसिनमा तापमान फरक १ देखि २ डिग्री सेल्सियस कम पाइन्छ। शिमा प्रायद्वीपमा प्रशान्त महासागरको प्रभावले गर्दा गहिरो वर्षा र गर्मी अधिक महसुस हुन्छ।
सांस्कृतिक
[सम्पादन गर्नुहोस्]मिए प्रान्त प्राकृतिक र सांस्कृतिक दृष्टिले जापानको अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो, जसले ऐतिहासिक र धार्मिक महत्त्वका स्थलहरूको संरक्षण गर्दै आफ्नो सांस्कृतिक धरोहरलाई जीवित राखेको छ।[५]
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८।
- ↑ "Mie Prefecture homepage: Mie's Geography and Climate (pdf)", मूलबाट २००८-०५-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०४-१०। UK Government Web Archive अभिलेखिकरण २००८-०५-२० मिति
- ↑ Nussbaum, "Provinces and prefectures" in Japan Encyclopedia, p. 780, पृ. 780, गुगल बुक्स मा
- ↑ "Azuma Foods Co., Ltd.|Company Profile", Azumafoods.co.jp, मूलबाट २०१२-०९-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१३। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-०१ मिति
- ↑ Hamlin, Suzanne (१३ अगस्ट १९९७), "From Japan, A Big Wave Of Seaweed", The New York Times।