मिथिला विद्यार्थी सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Mithila Student Union
मिथिला विद्यार्थी सङ्घ
Mithila Student Union Logo
MSU Flag
सङ्क्षिप्त नामMSU
गठन२०१५
संस्थापकअनूप मैथिल
प्रकारविद्यार्थी सङ्गठन
कानुनी वैद्यतागैर सरकारी संस्था
लक्ष्यसक्रियता, मिथिला क्षेत्रमा विकास
प्रधान कार्यालयनयाँ दिल्ली, Delhi, भारत
स्थान
  • भारत
सेवा
भारत
आधिकारिक भाषा
मैथिली, हिन्दी, अङ्ग्रेजी
राष्ट्रिय अध्यक्ष
अविनाश भारद्वाज
राष्ट्रिय महासचिव
गोपाल चौधरी
वेबसाइटmithilastudentunion.com

मिथिला विद्यार्थी सङ्घ छोटो रूप (एमएसयु) एक गैर राजनीतिक[१] विद्यार्थी सङ्गठन हो, जसको एक मात्र उद्देश्य भारतमा बस्ने मिथिला र मैथिलको विकास हो। यो बिहारको सबैभन्दा ठूलो विद्यार्थी सङ्गठन हो।[२]यो भारतीय संविधान अन्तर्गत समाज दर्ता ऐन, १८६० को प्रावधान अन्तर्गत दर्ता गरिएको सङ्गठन हो। अनूप मैथिल यस मिथिला विद्यार्थी सङ्घका संस्थापक अध्यक्ष हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

मिथिला क्षेत्रमा शिक्षा प्रणाली, रोजगार, आप्रवासन सम्बन्धी मुद्दाहरू, साक्षरता, स्वास्थ्य सुविधाहरूको अवस्था र साना उद्योगको अभावको सुधार गर्न सन् २०१५ मा यस संस्थाको स्थापना भएको हो।[३]

समयरेखा[सम्पादन गर्नुहोस्]

  • ६ मे २०१५ : एमएसयुको पहिलो अभियान अनूप मैथिलको नेतृत्वमा दरभङ्गा, सहरसा, पूर्णियालाई स्मार्ट सहरहरूको सूचीमा समावेश गर्न जुलुस निकालिएको थियो। [४] एमएसयुले एक सार्वजनिक भेला, सामाजिक सञ्जाल अभियानको आयोजन गेरेको थियो र सरकारी कार्यालयहरू र मन्त्रालयहरूमा ज्ञापनपत्र बुझाइएको थियो। दरभङ्गा विमानस्थललाई सुचारू गर्नको लागि एमएसयुको संस्थापक अनुप मैथिलले आवाज उठाएका थिए।
  • २८ मे २०१६ : [५] सन् २०१६ मे महिनामा मिथिलामा युवा 'पहेँलो सेनानी'को नयाँ कार्यकर्ता समूहको उदय भएको थियो। देशभरबाट लगभग १०० सक्रिय सदस्यहरू दरभङ्गा पुगेका थिए। पुरानो चिनी मिलहरूको पुनःनिर्माण र पुनः सुरु गर्न एक आन्दोलन पहिले नै भइरहेको थियो। एक समय मिथिला देशको उत्कृष्ट चिनीको मुख्य उत्पादक रहेको थियो। यो उद्योगले १ लाखभन्दा बढी स्थानीय मानिसहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी र सुविधा प्रदान गर्थ्यो। त्यस समय कृषि राम्रो व्यवसाय थियो, किनकि उखु उत्पादनले आर्थिक सहयोग पुर्‍याउने गरेको थियो। समय बित्दै जाँदा मिलहरू बन्द हुँदै गए। एमएसयु अभियान सफल भयो र चिनी मिल आन्दोलन मिथिलामा पहिलो आन्दोलन भयो जसले किसान, मजदुर, विद्यार्थी, स्थानीय र बौद्धिकको उच्च समर्थन प्राप्त गर्न सफल भएको थियो। यस आन्दोलनको ठीक अघि, दरभङ्गा यात्रामा आएका बिहारका मुख्यमन्त्री नीतीश कुमारलाई [६] ज्ञापन प्रस्तुत गर्ने प्रयासमा केही एमएसयु सदस्यहरू पक्राउ परेका थिए।[७] यी गिरफ्तारीहरूले [८] एमएसयुलाई जनताको समर्थन प्राप्त गर्न मद्दत गर्‍यो, र आन्दोलनले सार्वजनिक संलग्नता प्राप्त गर्‍यो। सरकारले मिलहरू खोल्न प्रयास गरेन तर यस आन्दोलनले एमएसयुको रूपरेखा र स्वीकृति बढाउन सहयोग गरेको थियो।
  • २ नोवेम्बर २०१६ : एमएसयुले सदस्यता अभियान सुरु गरेको थियो। [९]
  • ६ फेब्रुअरी २०१७ : फेब्रुअरीको साइकल मार्चले [१०] सार्वजनिक समर्थन र प्रशंसा पायो। यो यात्रा मिथिलालाई अझ राम्ररी चिन्ने र एमएसयु र यसको लक्ष्यहरू बारे मानिसहरूलाई सचेत गराउने थियो। सेनानीहरू निरन्तर यात्रीहरू थिए र स्थानीय टोलीहरू सामेल भए र उनीहरू आइपुगेपछि तिनीहरूलाई स्वागत गरे।
एमएसयुले न्यान्सी झा हत्याकाण्डको लागि सिबिआई अनुसन्धानको लागि विरोध गर्दै।
  • १ जुन २०१७ : न्यान्सी झा [११] मधुबनीको महादेवमठकी ११ वर्षीया केटी थिइन्। उनलाई कथित रूपमा अपहरण गरि मारिएको थियो। न्यान्सीको परिवारका सदस्यहरूले एमएसयुका अध्यक्ष रोसन मैथिलसँग[१२]सम्पर्क गरेपछि अभियान सुरु गरेका थिए। यस अभियानले सार्वजनिक संलग्नता पायो र स्थानीय पुलिस र प्रशासनलाई दबाब दियो। अनुसन्धानका लागि एक नयाँ एसआइटी टोली गठन गरियो। एमएसयुका सदस्यहरू न्यान्सीको [१३] गाउँ पुगे र भारतका वरपर रहेका टोलीहरू जन्तर मन्तर र सामाजिक सञ्जाल अभियानहरूमा सामेल भए। यस अभियानले मिथिला - मैथिलीलाई नयाँ विधि, संलग्नता, पहुँच र धेरै ठाउँहरू र पृष्ठभूमिबाट मानिसहरूलाई समर्थन र आशा प्रदान गर्‍यो।[१४]
  • ७ अगस्त २०१७ : यजुआर बिहारको दोस्रो सबैभन्दा जनसङ्ख्या भएको गाउँ हो। यो तीन पञ्चायतले लगभग २५ वर्ग किलोमिटरको क्षेत्रलाई समेट्छ र यहाँ ७०,००० बासिन्दाहरू विद्युतीय शक्तिको अभावमा जीवनयापन गरिरहेका थिए। [१५] एमएसयुले सामाजिक सञ्जाल ह्यासट्याग #BIjli2Yajuar मुद्दालाई लिएर एउटा अभियान सुरू थालेको थियो। एक एमएसयु टोली यजुआर पुगेर जनआन्दोलन, [१६] बच्चाहरूको साइकल र्‍याली, र ब्लक अफिसको अगाडि विरोध प्रदर्शन शुरू गर्‍यो। [१७] ८ छिमेकी गाउँहरूमा बैठक, इमेल, फोन र मिडिया अभियानले सरकारी अधिकारीहरूमाथि दबाब बनाएका थिए।
बाढीबाट प्रभावित पीडितका लागि राहत सामग्री बोक्ने मसुको सायानी
  • १९ अगस्त २०१७: उत्तर बिहार बाढीबाट ग्रसित थियो, सयौंको ज्यान गयो, र धेरै मानिसहरू भोकमरीको शिकार र घरबारविहीन [१८] र लाखौं प्रभावित भएका थिए। सडक तटबन्धले घरहरू ध्वस्त पारेको थियो, विद्यालय र अस्पताल बन्द भएकोले रोग फैलिएको थियो। एमएसयु सदस्यहरू [१९] दरभङ्गा - मधुबनी - सहरसा - बिहारको सीतामढी जिल्लाहरूमा [२०] र अन्य आवश्यक चीजहरू दान गर्न गाउँहरू पुगेका थिए।
  • १८ सेप्टेम्बर २०१७ : [२१] [२२] एमएसयु कार्यकर्ताहरूले ७ बर्षे विद्यार्थी प्रद्युम्न ठाकुरको हत्यालाई लिएर दिल्लीको जन्तर मन्तरमा मोमबत्ती मार्च गरेका थिए। एमएसयु सदस्य र जनताहरू जो विद्यालय अगाडि प्रदर्शन गरिरहेका थिए, उनीहरू माथि प्रहरीले लाठी चार्ज गरेको थियो, तर अन्ततः लामो अभियान र सार्वजनिक दबावपछि तिनीहरूले यो मामिला सिबिआईलाई हस्तान्तरण गरेका थिए।
मिथिला विद्यार्थी सङ्घ सेनानी (MSU) ले १५ नोवेम्बर २०१७ मा एलएनएमयू आन्दोलनको लागि कूच गर्यो
  • १५ नोवेम्बर २०१७: [१] मिथिला विद्यार्थी सङ्घ (एमएसयु) ले ललित नारायण मिथिला विश्वविद्यालयमा [२३] अध्यापन कर्मचारीको अभाव, आवश्यक शिक्षा सुधार र अन्य धेरै विषयहरू समेटेर विरोध प्रदर्शन गरेको थियो। मिथिला क्षेत्रमा रहेको एलएनएमयू दरभङ्गा सबैभन्दा महत्त्वपूर्ण विश्वविद्यालयहरू मध्ये एक हो, यसले लगभग पाँच लाख कलेज विद्यार्थीहरूलाई शिक्षा दिइरहेको छ। [२४] यस कलेजमा ७०% शिक्षण र शैक्षिक पदहरू रिक्त छन्। पुस्तकालय, प्रयोगशाला र छात्रावास सुविधा न्यून छ। कक्षा, पाठ्यक्रम, परीक्षा, र नतीजाहरू नियमित छैनन्। एमएसयुले यस अवस्थालाई परिवर्तन गर्न खोजेको थियो।
मसु मधुनी स्टेशनको मिथिला पेन्टि। सफा गर्दै
  • १६ जुन २०१८: मधुबनी रेलवे स्टेसनको परिसर तथा पर्खालहरूमा मिथिला चित्रकला बनाइएको थियो। चित्रकला स्थानीय कलाकारहरूद्वारा बनाइएको थियो। मधुबनी रेलवेले भारतको दोस्रो सबैभन्दा सुन्दर रेलवे स्टेसनको उपाधि प्राप्त गर्न सफल भएको थियो। यसको सफाई अभियान एमएसयुले गरेको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "मिथिला स्टूडेंट यूनियन ने किया प्रदर्शन", jagran, मूलबाट २०१७-११-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-१७ 
  2. "यूनिवर्सिटी सीरीज का 24वां अंक : शिक्षा पर निवेश इतना कम क्यों? रवीश कुमार के साथ प्राइम टाइम", NDTVIndia, मूलबाट २०१७-११-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-१७ 
  3. "Mithila Student Union | एक डेग, विकास लेल", mithilastudentunion.com (en-USमा), अन्तिम पहुँच २०१८-०६-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२३ मिति
  4. "March to include Darbhanga, Saharsa, Purnia in smart cities list - Times of India", The Times of India, मूलबाट २०१७-११-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-१७ 
  5. "एमएसयू की बैठक में चीनी मिल आंदोलन पर चर्चा", jagran, मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६ 
  6. "पुलिसिया लाठीचार्ज की भ‌र्त्सना", jagran, अन्तिम पहुँच २०१७-११-२६ 
  7. "CM नीतीश के काफिले में जबरन घुसे छात्र, पुलिस ने लाठीचार्ज कर हटाया", jagran, मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६ 
  8. "चीनी मील अपन अधिकार आंदोलन का होगा श्रीगणेश", jagran, मूलबाट २०१७-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६ 
  9. "मिथिला स्टूडेंट यूनियन ने चलाया सदस्यता अभियान", jagran, अन्तिम पहुँच २०१७-११-१७ 
  10. "साइकिल से आएगा मिथिला में सुधार : MSU के मस्तानों की टोली को है विश्वास | News of Bihar", न्यूज़ ऑफ़ बिहार (en-USमा), २०१७-०२-०४, मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०१ मिति
  11. "नैंसी झा को इंसाफ दिलाने के लिए सड़कों पर उतरे लोग, CBI जांच की मांग", २०१७-०६-०१, मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६ 
  12. "Prabhat Khabar", मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६ 
  13. "Dailyhunt", m.dailyhunt.in (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-२६ 
  14. "Prabhat Khabar" 
  15. "विद्युत समस्या को लेकर भड़के लोग", jagran, मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६ 
  16. "सुशासन बाबू का बिजली वाला 'गर्व' और अंधेरे में बिहार का दूसरा सबसे बड़ा गांव - बिहार कवरेज", बिहार कवरेज (hi-INमा), २०१७-११-१९, मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०१ मिति
  17. "विद्युत-समस्या-को-लेकर-भड़के-लोग", Raftaar News, २०१७-०८-०७, मूलबाट २०१७-११-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-३० मिति
  18. "Dailyhunt", m.dailyhunt.in (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-२६ 
  19. Jha, Roshan Kumar, "बाढ़ क्षेत्र से ग्राउंड रिपोर्ट : सुशासन सरकार राजनीति में तो छात्र संस्थाएं राहत में जुटी है", Live Bihar (hi-INमा), मूलबाट २०१७-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२९ मिति
  20. "बाढ़ पीड़ितों की मदद में जान की बाजी लगा दी", jagran, मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६ 
  21. "Post Ryan, Why It Is Important to Scrutinise Private School Chains", The Quint (अङ्ग्रेजीमा), मूलबाट २०१७-११-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-१७ 
  22. Pradhyumn Thakur murder: Candle march held at Jantar Manta | The Economic Times Video | ET Now 
  23. "मिसु के आन्दोलन से मिथिला विवि में दरभंगा के वाड्रा के चल रहे लूट-खसोट पर मंडराया खतरा! Voice of Darbhanga", Voice Of Darbhanga (en-USमा), मूलबाट २०१८-०६-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-१८ 
  24. "लनामिविवि में शैक्षणिक अराजकता", jagran, मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट