सामग्रीमा जानुहोस्

मिन्नल मुरली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिन्नल मुरली
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकबेसिल जोसेफ
लेखकअरुण अनिरुद्धन
जस्टिन म्याथ्यु
निर्मातासोफिया पल
मुख्य कलाकार
छायाङ्कनसमीर ताहिर
सम्पादनलिभिङस्टन म्याथ्यु
सङ्गीतगीत:
शान रहमान
सुशिन श्याम
पृष्ठभूमि सङ्गीत:
सुशिन श्याम
वितरक
कम्पनी
वितरकनेटफ्लिक्स
प्रदर्शन मिति
अवधि
१५९ मिनेट[१]
देशभारत
भाषामलयालम
लागत₹२० करोड[२]

मिन्नल मुरली (अनुवाद: बिजुली मुरली) बेसिल जोसेफद्वारा निर्देशित र विकेन्ड ब्लकबस्टर्सको ब्यानरअन्तर्गत सोफिया पलद्वारा निर्मित सन् २०२१ को भारतीय मलयालम भाषाको सुपरहिरो चलचित्र हो। यस चलचित्रको पटकथा अरुण अनिरुद्धन र जस्टिन म्याथ्युले लेखेका हुन्। चलचित्रमा टोभिनो थोमस र गुरु सोमसुन्दरमको मुख्य भूमिका रहेको छ। कथाले जेसन नामक एक युवा दर्जीको जीवनलाई पछ्याउँछ, जसले चट्याङ लागेपछि अलौकिक शक्ति प्राप्त गर्छ र एक सुपरहिरोमा परिणत हुन्छ।

चलचित्रको औपचारिक घोषणा जनवरी २०१९ मा गरिएको थियो, तर व्यापक पूर्व-निर्माण कार्यका कारण चलचित्रको मुख्य छायाङ्कन डिसेम्बर २०१९ मा सुरु भएको थियो। कोभिड–१९ महामारीका दुई लहरका कारण छायांकन दुई पटक अवरुद्ध भए पनि निर्माताहरूले जुलाई २०२१ भित्रै छायांकन पूरा गर्न सफल भए। चलचित्रको अधिकांश छायाङ्कन केरलामा गरिएको थियो भने केही दृश्यहरू कर्नाटकको हासनमा छायाङ्कन गरिएको थियो। चलचित्रको पृष्ठभूमि सङ्गीत सुशिन श्यामले तयार गरेका थिए भने चलचित्रमा समावेश गीतहरू शान रहमान र सुशिन श्यामले सङ्गीतबद्ध गरेका थिए। चलचित्रको छायाङ्कन समीर ताहिरले गरेका थिए भने लिभिङस्टन म्याथ्युले सम्पादकको रूपमा काम गरेका थिए।

चलचित्रलाई सन् २०२० को अन्त्यतिर चलचित्रघरमा प्रदर्शन गर्ने योजना बनाइएको थियो, तर कोभिड–१९ महामारीका कारण यसको प्रदर्शन पटक–पटक स्थगित गरिएको थियो। सेप्टेम्बर २०२१ मा, महामारीका कारण चलचित्रघरहरू बन्द भएपछि निर्माताहरूले चलचित्रलाई स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समार्फत सिधै प्रदर्शन गरिने घोषणा गरे। यो चलचित्र १६ डिसेम्बरमा मुम्बई चलचित्र महोत्सवमा प्रिमियर गरिएको थियो र क्रिसमसको पूर्वसन्ध्या (२४ डिसेम्बर २०२१) को अवसरमा विश्वव्यापी रूपमा प्रिमियर गरिएको थियो।[३][४] चलचित्रले समीक्षकहरूबाट व्यापक प्रशंसा प्राप्त गरेको थियो, जसमा विशेषगरी टोभिनो थोमस र गुरु सोमसुन्दरमको अभिनय, पटकथा, निर्देशन, एक्सन दृश्यहरू, दृश्य प्रभाव (भीएफएक्स) तथा ध्वनि सङ्गीतको प्रशंसा गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Minnal Murali (Film)", British Board of Film Classification, मूलबाट २४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०२१।
  2. ↑ Johny, Ritu Maria (१४ जनवरी २०२२), "BuzzFix: How 'Minnal Murali' Rescued the Indian Superhero Movies and Why it Should Matter", CNN-News18, मूलबाट १३ नोभेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०२३।
  3. ↑ "Netflix announces release date for Tovino Thomas-starrer Minnal Murali", The Indian Express, २३ सेप्टेम्बर २०२१, अन्तिम पहुँच २०२१-०९-२३।
  4. ↑ "Tovino Thomas' superhero flick 'Minnal Murali' to release December 24 on Netflix", The Hindu, PTI, २३ सेप्टेम्बर २०२१, आइएसएसएन 0971-751X, मूलबाट २३ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०९-२३।

बाह्य कडीहरू

[सम्पादन]