मिलिजुली सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संसदीय व्यवस्थामा स्पष्ट बहुमत प्राप्त पार्टीले सरकार बनाउँछ तर कहिलेकाँही कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न असमर्थ भएको अवस्थामा दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउँछ भने त्यसलाई मिलिजुली सरकार भनिन्छ। यसको उदाहरणका लागि नेपाल, जापान तथा भारतको सरकारलाई लिन सकिन्छ।