मिश्रित मार्सल आर्ट्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिश्रित मार्सल आर्ट्स
जुन २०११ मा मिश्रित मार्सल आर्ट्सको खेलमा जुनियर डोस स्यान्टोस सेतो पोसाकमा र शेन कार्विन कालो पोसाकमा
मुख्य कला:विभिन्न
खेलिने शैली:पूर्ण-स्पर्स
ओलम्पिक:छैन

मिश्रित मार्सल आर्ट्स (अङ्ग्रेजीमा: mixed martial arts (MMA)) भौतिक पूर्ण-स्पर्सद्वारा खेलिने लडाइको खेल हो जसमा हान्नु र अल्झिएर भिड्ने कला, खडा भएर र जमिनमा तेर्सिएर, दुवैमा प्रयोग गरिनुका साथै अन्य लडाई तथा मार्सल आर्ट कलाको प्रयोग गरिन्छ । छोटकरीमा यसलाई एम.एम.ए. (MMA) पनि भनिन्छ । सन् १९औं सताब्दीको सुरूवातमा विभिन्न मिश्रित शैलिका प्रतियोगिताहरू पुरै यूरोप, जापान र प्रशान्तको किनारमा सम्पन्न भएका थिए । सन् १९८० मा "सि. भि. प्रोडक्सन, आई. एन. सि" ले संयुक्त राज्यको पेन्सिलभेनियामा १० प्रतियोगिताहरूको स्वीकृति गर्दै "टफ गाई कन्टेस्ट (अङ्ग्रेजीमा: Tough Guy Contest)" नाम गरेको पहिलो व्यवस्थित मिश्रित मार्सल आर्ट सङ्घको स्थापना गरेको थियो जुन पछि गएर नाम परिवर्तन गरी "व्याटल अफ दि सुपरफाइटर्स (अङ्ग्रेजीमा: Battle of the Superfighters)" बन्न पुग्यो । तैपनि सन् १९८३ मा पेन्सिलभेनियाको बिधानमण्डलले यसमाथि विधेयक प्रस्तुत गरेर यसलाई रोकथाम गरेको थियो । सन् १९२० मा ब्राजिलबाट विकसित भएको एक प्रकारको लडाइको खेलकुद "वेल टुडो" सन् १९९३ मा "ग्रेसि परिवार" (ब्राजिलियन जि-जुत्सू विकास गर्ने मार्सल आर्टसँग सम्बन्धित ब्राजिलको एक मुख्य परिवार)द्वारा अल्टिमेट फाईटिङ च्याम्पियनशिपको स्थापना सँगै संयुक्त राज्यमा लिइएको थियो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sonmez, Can, "UFC 1: The Beginning", Mixed Martial Arts.com। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]