सामग्रीमा जानुहोस्

मिसिङ जनजाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिसिङ जनजाति
গহপুৰ মহকুমাৰ অন্তৰ্গত এখন মিচিং গাঁৱৰ এটি চাংঘৰ
मिसिङ जनजातिहरू बस्ने टहराको घर
जम्मा जनसङ्ख्या
६८७,८३६ (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
असम, अरुणाचल प्रदेश (उत्तरपूर्व भारत)
असम६७२,७५७+[]
अरुणाचल१५,०७९+[]
भाषाहरू
मिसिङ भाषा
धर्महरू
हिन्दु • डनि-प'ल' • इसाई[]
सम्बन्धित जातीय समूह
टानी जाति (निशी जाति, आदि जाति, आपटानी जाति, गालो जाति, टागिन जाति आादि)

मिसिङ जनजाति एक चिनियाँ-तिब्बती जातीय समूह हो जुन प्रायः भारतको उत्तरपूर्वी राज्यहरू असमअरुणाचल प्रदेशमा बसोबास गर्दछन्। उनीहरू भारतचीनको तिब्बत स्वायत्त क्षेत्रका ठूला टानी समूहको एक अंश हुन्। उनीहरू असमको भैयाममा रहेका जनजातिहरूमध्ये ठूलो-कछारिहरू पछि दोस्रो ठूलो जनजाति समूह हो। मिसिङहरू मुख्यत: मङ्गोलियाली जनजातिको मान-तिब्बती शाखामा पर्दछन्। भैयाममा बस्ने मिसिङहरू प्रायः नदी किनारमा अस्थायी टहराको बस्ती बसाइ बसोबास गर्ने गरेका छन्। मिसिङहरू मूलरूपमा असमको उत्तर-पूर्व पहाडबाट आएका र वर्तमानमा अरुणाचलको चियाङ जिल्लामा रहेको "मियाङ" र "दम् र" नामका दुई जातिबाट आएको मानिन्छ। असमको धेमाजी, तिनसुकिया, लखिम्पुर, डिब्रुगड, शिवसागर, गोलाघाट, जोरहाट, दराङ, शोनितपुर जिल्लामा मिसिङहरू मुख्य रूपमा बसोबास गर्छन्। प्रायः नदी किनारमा बस्ने कारण मिसिङहरूको जीवनयापनको तरिका नदीसँग नजिकबाट जोडिएको छ।

मिसिङ शब्द 'मि' र 'टछिङ/आन्सिङ' शब्दको मिलेर बनेको छ जसमा 'मि'को अर्थ मानिस र 'टछिङ/आन्सिङ' को अर्थ योग्यता भन्ने हुन्छ। अहोम भाषाकम बुरञ्जीहरूमा मिसिङहरूलाई पाङ-दिन भन्ने गरिएको छ।[] असमको समथर भूभागमा बसोबास गर्ने मानिसहरूलाई चिन्न मिरी शब्दको पनि प्रयोग हुने गरेको पाइन्छ। 'मिरी' शब्दको उत्पत्तिमाथि अझै पनि विद्वान्हरूबीच बहस चलिरहेको पाइन्छ। केही उपनिवेशकालीन विद्वान्हरूले मिरीलाई ब्रह्मपुत्र उपत्यकाका मैदानका मानिसहरू र उत्तरतिरका पहाडी जनजातिहरूबीचको मध्यस्थको रूपमा रहेको स्थिति जनाउन प्रयोग भएको तर्क गरेका थिए। पछिल्ला अनुसन्धानहरूले मिरीलाई टानी पहाडी जनजातिहरूसँग सम्बन्धित धार्मिक कर्ममा संलग्न व्यक्तिसँग जोडेर व्याख्या गरेका छन्। मिसिङहरू समथर भूभागमा बसाइँसराइ गरेपछि उनीहरूलाई मिरी पहारबाट ('मिरी पहाड') आएका भनेर चिनिन्थ्यो।

भाषा र जनशाङ्खिकि

[सम्पादन गर्नुहोस्]

असमका आदिवासी भाषाहरू वृहत् चिनियाँ-तिब्बती भाषासँग सम्बन्धित छन्। यी भाषा सङ्ग्रहहरू तिब्बती-बर्मेली र थाइचीन गरि दुई भागमा विभाजित छन्। मिसिङ भाषा तिब्बत-बर्मेली भाषा परिवार अन्तर्गत पर्ने उत्तरी असम शाखाको एक भाषा हो। मिसिङहरूबारे धेरै पुरानो ऐतिहासिक जानकारी पाउन गाह्रो रहेको भएतापनि उनीहरूको मौखिक साहित्य, किंवदन्ती र दुई-तीनवटा मात्रै लिखित स्रोतबाट जनजातिबारे केही सङ्केत पाउन सकिन्छ। त्यसै अनुसार पहिले असमको उत्तरमा रहेका पहाडहरूमा उनीहरूको बसोबास रहेको र पछि विभिन्न कारणहरूले उनीहरू भैयामतर्फ ओर्लिएका थिए। हाल असमको ब्रह्मपुत्र नदीको उत्तरतिर धेमाजी, लखिमपुर, दरङ, सोनितपुर जिल्लाका साथै सदिया र ब्रह्मपुत्रको दक्षिणतिर तिनिचुकिया, डिब्रुगढ, शिवसागर, जोरहाट, गोलाघाट, मजुली, नगाँऊ र गुवाहाटीमा मिसिङ भाषीहरूको बसोबास रहेको छ। मिचिङ भाषाका उच्चारणहरू स्वर ध्वनि र व्यञ्जन ध्वनि गरी दुई भागमा विभाजित छन्। भाषामा कुल सात स्वर ध्वनिहरू रहेका छन्। हरेक स्वर ध्वनिको छोटो र लामो गरि दुई स्वरूप रहेको पाइन्छ। छोटो र लामो दुवै रूप समेट्दा स्वर ध्वनिहरूको सङ्ख्या चौध पुग्न जान्छ।[]

भारतमा मिसिङ जनजातिको ऐतिहासिक जनसङ्ख्या (सन्)
वर्षजन.±% प्र.व. ±%
१९११ २१४,०००—    
१९२१ २४८,०००+१.४९%
१९३१ २८७,०००+१.४७%
१९४१ ३१७,०००+१%
१९५१ ३४६,९८०+०.९१%
१९६१ ४१०,२१०+१.६९%
१९७१ ४८५,५३२+१.७%
१९८१ ६१४,५६२+२.३८%
१९९१ ७४४,६८५+१.९४%
२००१ ९३३,२२१+२.२८%
२०११ १,०४६,३५६+१.१५%
स्रोत:[][][][][१०][११][१२][१३][१४][१५][१६][१७][१८][१९][२०]

मिसिङ भाषामा 'चःमान' भन्नाले नृत्यसँग सम्बन्धित गीत र बाजा भन्ने बुझिन्छ। 'माकचः-चःनाम' भन्नाले नृत्यलाई बुझाउँछ। परम्परागत रूपमा नाचिने मिसिङ लोकनृत्यलाई धार्मिक, कृषि, उत्सव सम्बन्धि र साधारण च:मान गरि साधारणतया चार भागमा विभाजन गर्न सकिन्छ।

धार्मिक नृत्य

[सम्पादन गर्नुहोस्]

मिसिङहरूको पूजा समारोहको पुरोहितलाई मिबु भनिन्छ। पूजाको समयमा मिबुले आःबाङ मन्त्र उचारण गर्दै नृत्य गर्छन् र गाउँका बालबालिकाहरूले उनको वरिपरि वृतमा बसेर गीत गाउँदै र नाच्दै उनलाई अनुसरण गर्छन्। मिबुको हातमा 'यकचा' नामक तरवार जस्तो एक हतियार हुन्छ। नृत्य गर्दा उक्त यकचाबाट निस्कने ध्वनिले नै बाजाको काम गर्ने गर्दछ। यसलाई 'मिबु-दागनाम' नृत्य भनिन्छ। पःराग उत्सवमा, कधःचाग पूजामा र औपचारिक रूपमा मङ्गल हेर्ने आदि विशेष उद्देश्य र कारणका लागि मात्र 'मिबु-दागनाम' आयोजना गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "A-11 Individual Scheduled Tribe Primary Census Abstract Data and its Appendix". www.censusindia.gov.in. Office of the Registrar General & Census Commissioner, India.
  2. "A-11 Individual Scheduled Tribe Primary Census Abstract Data and its Appendix".www.censusindia.gov.in. Office of the Registrar General & Census Commissioner, India
  3. "A-11 Individual Scheduled Tribe Primary Census Abstract Data and its Appendix", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २०१७-११-०३ 
  4. "ahom-assamese-english_dictionary : Free Download, Borrow, and Streaming : Internet Archive", Internet Archive, पृ: ९८। 
  5. "মিচিং আগম কেবাঙৰ ৱেবচাইট" 
  6. "Indian Census 1911", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  7. "Indian Census 1921", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  8. "Indian Census 1931", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  9. "Indian Census 1941", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  10. "Indian Census 1951", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  11. "Indian Census 1961", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  12. "Indian Census 1971", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  13. "Indian Census 1981", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  14. "Indian Census 1991", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  15. "Indian Census 2001", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  16. "Indian Census 2011", Government of India, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ 
  17. "Mising Community Population and Social Structure", Mising Cultural Association, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ [स्थायी मृत कडी]
  18. "Ethnographic Survey of Mising People", Assamese Heritage Foundation, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ [स्थायी मृत कडी]
  19. "Sociological Study of the Mising Tribe", Mising Research Foundation, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ [स्थायी मृत कडी]
  20. "Tribal Demographics of Assam", Tribal Cultural Research Institute, अन्तिम पहुँच ३१ डिसेम्बर २०२४ [स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]