मीनाक्षी
| मीनाक्षी | |
|---|---|
मीनाक्षी | |
| अन्य नामहरू | अङ्गयर्कन्नी, तदादकै, मीनात्ची, मन्त्रिणी, मङ्गयकरसी, मदुरैदेवी |
| आबद्ध | पार्वती, देवी |
| वासस्थान | मदुरै |
| जनावरहरू | गुलाबी घेरा भएको सुगा |
| वंशावली | |
| अभिभावकहरू |
|
| भाइबहिनीहरू | अलगार (विष्णु) |
| रानी | सुन्दरेश्वर (शिव) |
| वंश | पाण्ड्य राजवंश |
मीनाक्षी, मिनाक्षी [२][३] वा तदादकै,[४] एक हिन्दु देवी हुन्। उनलाई देवी पार्वतीको रूप मानिन्छ र उनी मदुरैकी कुलदेवी पनि हुन्।[५] कामाक्षी र विशालाक्षीका साथमा उनलाई आदिशक्तिका तीन अवतारहरूमध्ये एक मानिन्छ:[६] उत्तरमा विशालाक्षी,[७][२][८] उनलाई शिवको रूप सुन्दरेश्वरको दैवी जीवनसाथी र विष्णुको रूप अलगारकी दिदीको रूपमा चित्रण गरिन्छ।[९]
मीनाक्षीको उल्लेख तामिल साहित्यमा प्राचीन पाण्ड्य राज्यकी योद्धा रानीको रूपमा पाइन्छ र पछि उनलाई देवीको रूपमा पुज्न थालिएको थियो।[१०] उनको मुख्यतया दक्षिण भारतमा पूजा गरिन्छ र मदुरैमा उनीप्रति समर्पित एउटा विशाल मन्दिर रहेको छ। उनको प्रतिमामा सामान्यतया दाहिने हातले कमल समातेको देखाइन्छ, जसमा हरियो सुगा बसेको हुन्छ भने देब्रे हात तल झुण्डिएको हुन्छ।[११] मीनाक्षी र शिवको विवाहको उत्सवलाई मीनाक्षी तिरुकल्याणमको रूपमा एक प्रमुख चाडको रूपमा मनाइन्छ।[१२] उनलाई आदि शङ्कराचार्यले श्री विद्याको रूपमा पनि स्तुति गरेका थिए।[१३]
ग्रन्थहरू
[सम्पादन गर्नुहोस्]८औँ शताब्दीमा आदि शङ्कराचार्यद्वारा रचना गरिएको मीनाक्षी पञ्चरत्नम् (मीनाक्षीका पाँच रत्न) मीनाक्षीको एक स्तुति हो।[१३] यद्यपि मीनाक्षीको नाम प्रत्यक्ष रूपमा ललितासहस्रनाममा नआएतापनि त्यहाँको एक पङ्क्ति वक्त्रलक्ष्मी परीवाह चलन् मीनाभ लोचना (जसको अनुहार लक्ष्मी जस्तै छ र जसको अनुहारको नदीमा माछा जस्तै आँखा छन्) मा उनको सन्दर्भ रहेको मानिन्छ।[१४] प्रारम्भिक आधुनिक कालमा नीलकण्ठ दीक्षित जस्ता धेरै सन्त र विद्वानहरूले देवीका बारेमा धेरै महान् भजनहरू रचना गरेका थिए।[१५] तमिल साहित्यले मीनाक्षीलाई पारिवारिक जीवन र दिव्यताको सङ्गमको रूपमा चित्रण गर्दछ।[१६][१७]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]१६औँ शताब्दीको तामिल ग्रन्थ तिरुविलैयादल पुराणम अनुसार, राजा मलयध्वज पाण्ड्य र उनकी पत्नी काञ्चनमालैले उत्तराधिकारीका रूपमा छोरा प्राप्त गर्ने उद्देश्यले यज्ञ गरेका हुन्छन्।[१८] यज्ञको अग्निबाट तीन वर्षकी बालिका प्रकट हुन्छिन् जसका तीनवटा स्तन थिए। जब अभिभावकहरूले भगवान शिवसँग प्रार्थना गरे, तब एउटा आकाशवाणीले उनीहरूलाई ती बालिकालाई हुर्काउन सल्लाह दिन्छ र यो जब उनले आफ्नो भावी पतिलाई भेट्नेछिन् तब उनको तेस्रो स्तन हराउनेछ भन्ने सन्देश दिन्छ। ती बालिका दरबारमा हुर्किन्छिन् र राजाले उनलाई आफ्नो उत्तराधिकारीको रूपमा राज्याभिषेक गरिदिन्छन्। जब उनले अन्ततः सुन्दरेश्वरको रूप धारण गरेका शिवलाई भेट्छिन् तब उनले पार्वतीको अवतार मीनाक्षीको वास्तविक रूप धारण गर्छिन्। मीनाक्षी र शिवको विवाह (मीनाक्षी तिरुकल्याणम) एक भव्य उत्सव हो जसमा विभिन्न हिन्दु देवी-देवताहरू अन्य दिव्य र जीवित प्राणीहरूको उपस्थिति रहेको हुन्छ।[१९][२०]
धार्मिक विद्वान विलियम पि हार्मनका अनुसार, यो कथाले त्यस समयमा दक्षिण भारतमा प्रचलित मातृसत्तात्मक परम्पराहरू र क्षेत्रीय विश्वासहरूलाई प्रतिबिम्बित गर्न सक्छ जसमा आध्यात्मिक शक्तिहरू महिलाहरूमा निहित हुन्छन्। देवताहरूले आफ्ना जीवनसाथीको कुरा सुन्छन् भने राज्यको भाग्य महिलाहरूमा निर्भर हुन्छ भन्ने मानिन्थ्यो।[१९] इतिहासकार सुसान बेलीका अनुसार, मीनाक्षीप्रतिको श्रद्धा हिन्दु देवी परम्पराको एक अंश हो जुन हिन्दु समाजसँग एकाकार हुन्छ जहाँ "महिला सामाजिक सम्बन्धको प्रणालीको मेरुदण्ड" बन्छिन्।[२१] मानवशास्त्री क्रिस फुलरका अनुसार, यो विवाहले त्यस समयका मानवीय विवाहहरूको लागि एक प्रतीकात्मक नमुना प्रस्तुत गर्दछ।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Great Temple of Madurai: English Version of the Book Koilmanagar, Sri Meenakshisundareswarar Temple Renovation Committee, १९६३।
- 1 2 Harman 1992, पृष्ठ 24.
- ↑ Proceedings of the First International Conference Seminar of Tamil Studies, Kuala Lumpur, Malaysia, April, 1966, International Association of Tamil Research, १९६८, पृ: ५४३।
- ↑ Menon, A. Sreedhara (१९७८), Cultural Heritage of Kerala: An Introduction, East-West Publications, पृ: २५०।
- ↑ Howes, Jennifer (२ सेप्टेम्बर २००३), The Courts of Pre-Colonial South India: Material Culture and Kingship, Routledge, पृ: २७, आइएसबिएन 978-1-13578-996-1।
- ↑ Harshananda, Swami (२०१२), Hindu Pilgrimage Centres (second संस्करण), Bangalore: Ramakrishna Math, पृ: ६१, आइएसबिएन 978-8-17907-053-6।
- ↑ Bangala Bhasar Abhidhaan ( Dictioanary of the Bengali Language), Shishu Sahitya Samsad Pvt Ltd., 32A, APC Road, Kolkata – 700009, Volume 2, p.1600. (ed. 1988)
- ↑ Nelson, Louis P. (२००६), American Sanctuary: Understanding Sacred Spaces, Indiana University Press, पृ: १२१, आइएसबिएन 978-0-25321-822-3।
- ↑ Rajarajan, R. K. K. (१ जनवरी २००५), "Minaksi or Sundaresvara: Who is the first principle?", South Indian History Congress Annual Proceedings (Madurai: Kamaraj University) XXV: 551–553, मूलबाट ३० मार्च २०१९-मा सङ्ग्रहित।
- ↑ Fiedler, Amanda (२००६), Where does Meenakshi take her turmeric bath?: a multiply-constructed religious history and deity in Tamilnadu, Madison: University of Wisconsin, पृ: १।
- 1 2 Fuller, Christopher (मे १९८०), "South Indian Temple: Mīnākṣī and Sundareśvara at Madurai", History of Religions (University of Chicago Press) 19 (4): 321–348, जेएसटिओआर 1062576, डिओआई:10.1086/462855।
- ↑ Harman 1992, पृष्ठ 44-47.
- 1 2 Journal of Kerala Studies 36, University of Kerala, २००९, पृ: ९७।
- ↑ Rupenaguntla, Satya Narayana Sarma (२९ मे २०१८), Hidden meanings of Lalita Sahasranama, Panchawati Spiritual Foundation, पृ: २१।
- ↑ Atyar, N Natesa, Preface to Ananda Sagara Stavam।
- ↑ Chawla, Janet, सम्पादक (२००६), Birth and birthgivers : the power behind the shame, New Delhi: Shakti Books, आइएसबिएन 8-12410-938-9, ओसिएलसी 181090767।
- ↑ Richman, Paula (१९९७), Extraordinary Child: Poems from a South Asian devotional genre, Honolulu: University of Hawaii Press।
- ↑ "The Sacred Sports of Siva - Introduction", Shaivam, अन्तिम पहुँच २ जुन २०२३।
- 1 2 Harman 1992, पृष्ठ 44–47.
- ↑ Brockman 2011, पृष्ठ 326–327.
- ↑ Susan Bayly (१९८९), Saints, Goddesses and Kings: Muslims and Christians in South Indian Society, 1700-1900, Cambridge University Press, पृ: 29–30, आइएसबिएन 978-0-521-89103-5, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१७।