सामग्रीमा जानुहोस्

मीनाक्षी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीनाक्षी
मीनाक्षी
अन्य नामहरूअङ्गयर्कन्नी, तदादकै, मीनात्ची, मन्त्रिणी, मङ्गयकरसी, मदुरैदेवी
आबद्धपार्वती, देवी
वासस्थानमदुरै
जनावरहरूगुलाबी घेरा भएको सुगा
वंशावली
अभिभावकहरू
भाइबहिनीहरूअलगार (विष्णु)
रानीसुन्दरेश्वर (शिव)
वंशपाण्ड्य राजवंश

मीनाक्षी, मिनाक्षी [][] वा तदादकै,[] एक हिन्दु देवी हुन्। उनलाई देवी पार्वतीको रूप मानिन्छ र उनी मदुरैकी कुलदेवी पनि हुन्।[] कामाक्षीविशालाक्षीका साथमा उनलाई आदिशक्तिका तीन अवतारहरूमध्ये एक मानिन्छ:[] उत्तरमा विशालाक्षी,[][][] उनलाई शिवको रूप सुन्दरेश्वरको दैवी जीवनसाथी र विष्णुको रूप अलगारकी दिदीको रूपमा चित्रण गरिन्छ।[]

मीनाक्षीको उल्लेख तामिल साहित्यमा प्राचीन पाण्ड्य राज्यकी योद्धा रानीको रूपमा पाइन्छ र पछि उनलाई देवीको रूपमा पुज्न थालिएको थियो।[१०] उनको मुख्यतया दक्षिण भारतमा पूजा गरिन्छ र मदुरैमा उनीप्रति समर्पित एउटा विशाल मन्दिर रहेको छ। उनको प्रतिमामा सामान्यतया दाहिने हातले कमल समातेको देखाइन्छ, जसमा हरियो सुगा बसेको हुन्छ भने देब्रे हात तल झुण्डिएको हुन्छ।[११] मीनाक्षी र शिवको विवाहको उत्सवलाई मीनाक्षी तिरुकल्याणमको रूपमा एक प्रमुख चाडको रूपमा मनाइन्छ।[१२] उनलाई आदि शङ्कराचार्यले श्री विद्याको रूपमा पनि स्तुति गरेका थिए।[१३]

८औँ शताब्दीमा आदि शङ्कराचार्यद्वारा रचना गरिएको मीनाक्षी पञ्चरत्नम् (मीनाक्षीका पाँच रत्न) मीनाक्षीको एक स्तुति हो।[१३] यद्यपि मीनाक्षीको नाम प्रत्यक्ष रूपमा ललितासहस्रनाममा नआएतापनि त्यहाँको एक पङ्क्ति वक्त्रलक्ष्मी परीवाह चलन् मीनाभ लोचना (जसको अनुहार लक्ष्मी जस्तै छ र जसको अनुहारको नदीमा माछा जस्तै आँखा छन्) मा उनको सन्दर्भ रहेको मानिन्छ।[१४] प्रारम्भिक आधुनिक कालमा नीलकण्ठ दीक्षित जस्ता धेरै सन्त र विद्वानहरूले देवीका बारेमा धेरै महान् भजनहरू रचना गरेका थिए।[१५] तमिल साहित्यले मीनाक्षीलाई पारिवारिक जीवन र दिव्यताको सङ्गमको रूपमा चित्रण गर्दछ।[१६][१७]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]
मीनाक्षी मन्दिरको भित्तामा मीनाक्षीको पौराणिक कथा चित्रण गरिएको चित्रकला

१६औँ शताब्दीको तामिल ग्रन्थ तिरुविलैयादल पुराणम अनुसार, राजा मलयध्वज पाण्ड्य र उनकी पत्नी काञ्चनमालैले उत्तराधिकारीका रूपमा छोरा प्राप्त गर्ने उद्देश्यले यज्ञ गरेका हुन्छन्।[१८] यज्ञको अग्निबाट तीन वर्षकी बालिका प्रकट हुन्छिन् जसका तीनवटा स्तन थिए। जब अभिभावकहरूले भगवान शिवसँग प्रार्थना गरे, तब एउटा आकाशवाणीले उनीहरूलाई ती बालिकालाई हुर्काउन सल्लाह दिन्छ र यो जब उनले आफ्नो भावी पतिलाई भेट्नेछिन् तब उनको तेस्रो स्तन हराउनेछ भन्ने सन्देश दिन्छ। ती बालिका दरबारमा हुर्किन्छिन् र राजाले उनलाई आफ्नो उत्तराधिकारीको रूपमा राज्याभिषेक गरिदिन्छन्। जब उनले अन्ततः सुन्दरेश्वरको रूप धारण गरेका शिवलाई भेट्छिन् तब उनले पार्वतीको अवतार मीनाक्षीको वास्तविक रूप धारण गर्छिन्। मीनाक्षी र शिवको विवाह (मीनाक्षी तिरुकल्याणम) एक भव्य उत्सव हो जसमा विभिन्न हिन्दु देवी-देवताहरू अन्य दिव्य र जीवित प्राणीहरूको उपस्थिति रहेको हुन्छ।[१९][२०]

धार्मिक विद्वान विलियम पि हार्मनका अनुसार, यो कथाले त्यस समयमा दक्षिण भारतमा प्रचलित मातृसत्तात्मक परम्पराहरू र क्षेत्रीय विश्वासहरूलाई प्रतिबिम्बित गर्न सक्छ जसमा आध्यात्मिक शक्तिहरू महिलाहरूमा निहित हुन्छन्। देवताहरूले आफ्ना जीवनसाथीको कुरा सुन्छन् भने राज्यको भाग्य महिलाहरूमा निर्भर हुन्छ भन्ने मानिन्थ्यो।[१९] इतिहासकार सुसान बेलीका अनुसार, मीनाक्षीप्रतिको श्रद्धा हिन्दु देवी परम्पराको एक अंश हो जुन हिन्दु समाजसँग एकाकार हुन्छ जहाँ "महिला सामाजिक सम्बन्धको प्रणालीको मेरुदण्ड" बन्छिन्।[२१] मानवशास्त्री क्रिस फुलरका अनुसार, यो विवाहले त्यस समयका मानवीय विवाहहरूको लागि एक प्रतीकात्मक नमुना प्रस्तुत गर्दछ।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. The Great Temple of Madurai: English Version of the Book Koilmanagar, Sri Meenakshisundareswarar Temple Renovation Committee, १९६३।
  2. 1 2 Harman 1992, पृष्ठ 24.
  3. Proceedings of the First International Conference Seminar of Tamil Studies, Kuala Lumpur, Malaysia, April, 1966, International Association of Tamil Research, १९६८, पृ: ५४३।
  4. Menon, A. Sreedhara (१९७८), Cultural Heritage of Kerala: An Introduction, East-West Publications, पृ: २५०।
  5. Howes, Jennifer (२ सेप्टेम्बर २००३), The Courts of Pre-Colonial South India: Material Culture and Kingship, Routledge, पृ: २७, आइएसबिएन 978-1-13578-996-1
  6. Harshananda, Swami (२०१२), Hindu Pilgrimage Centres (second संस्करण), Bangalore: Ramakrishna Math, पृ: ६१, आइएसबिएन 978-8-17907-053-6
  7. Bangala Bhasar Abhidhaan ( Dictioanary of the Bengali Language), Shishu Sahitya Samsad Pvt Ltd., 32A, APC Road, Kolkata – 700009, Volume 2, p.1600. (ed. 1988)
  8. Nelson, Louis P. (२००६), American Sanctuary: Understanding Sacred Spaces, Indiana University Press, पृ: १२१, आइएसबिएन 978-0-25321-822-3
  9. Rajarajan, R. K. K. (१ जनवरी २००५), "Minaksi or Sundaresvara: Who is the first principle?", South Indian History Congress Annual Proceedings (Madurai: Kamaraj University) XXV: 551–553, मूलबाट ३० मार्च २०१९-मा सङ्ग्रहित।
  10. Fiedler, Amanda (२००६), Where does Meenakshi take her turmeric bath?: a multiply-constructed religious history and deity in Tamilnadu, Madison: University of Wisconsin, पृ: १।
  11. 1 2 Fuller, Christopher (मे १९८०), "South Indian Temple: Mīnākṣī and Sundareśvara at Madurai", History of Religions (University of Chicago Press) 19 (4): 321–348, जेएसटिओआर 1062576, डिओआई:10.1086/462855
  12. Harman 1992, पृष्ठ 44-47.
  13. 1 2 Journal of Kerala Studies 36, University of Kerala, २००९, पृ: ९७।
  14. Rupenaguntla, Satya Narayana Sarma (२९ मे २०१८), Hidden meanings of Lalita Sahasranama, Panchawati Spiritual Foundation, पृ: २१।
  15. Atyar, N Natesa, Preface to Ananda Sagara Stavam
  16. Chawla, Janet, सम्पादक (२००६), Birth and birthgivers : the power behind the shame, New Delhi: Shakti Books, आइएसबिएन 8-12410-938-9, ओसिएलसी 181090767
  17. Richman, Paula (१९९७), Extraordinary Child: Poems from a South Asian devotional genre, Honolulu: University of Hawaii Press।
  18. "The Sacred Sports of Siva - Introduction", Shaivam, अन्तिम पहुँच २ जुन २०२३
  19. 1 2 Harman 1992, पृष्ठ 44–47.
  20. Brockman 2011, पृष्ठ 326–327.
  21. Susan Bayly (१९८९), Saints, Goddesses and Kings: Muslims and Christians in South Indian Society, 1700-1900, Cambridge University Press, पृ: 29–30, आइएसबिएन 978-0-521-89103-5, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१७