सामग्रीमा जानुहोस्

मीनाक्षी शिरोडकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीनाक्षी शिरोडकर
सन् १९३८ को चलचित्र ब्रह्मचारीमा पौडी खेने लुगामा शिरोडकर
सन् १९३८ मा मीनाक्षी शिरोडकर
जन्मरतन पेडणेकर
(१९१६-१०-११)११ अक्टोबर १९१६
मृत्यु३ जुन १९९७(1997-06-03) (उमेर ८०)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
चिनारीको कारणब्रह्मचारी (सन् १९३८ को चलचित्र)
आफन्तनम्रता शिरोडकर, शिल्पा शिरोडकर (नातिनीहरू),
महेश बाबु (नातिनी-ज्वाइँ), गौतम (पनाति), सितारा (पनातिनी)

मीनाक्षी शिरोडकर (जन्म नाम: रतन पेडणेकर; ११ अक्टोबर १९१६ – ३ जुन १९९७) एक भारतीय अभिनेत्री थिइन् जसले मुख्यतया मराठी चलचित्र, मराठी रङ्गमञ्च र टेलिभिजनहरूमा काम गरेकी थिइन्। सन् १९३८ मा आफ्नो अभिनय यात्रा सुरु गरेकी शिरोडकरले सन् १९७० को दशकको सुरुवातसम्म चलचित्र क्षेत्रमा सक्रिय रहेकी थिइन्। ब्रह्मचारी (सन् १९३८) नामक एक मराठी चलचित्रमा मास्टर विनायकसँग पौडी खेने लुगामा देखिएपछि उनले तत्कालीन परम्परावादी दर्शकहरूलाई स्तब्ध बनाएकी थिइन्। उनी बलिउड अभिनेत्रीहरू नम्रता शिरोडकरशिल्पा शिरोडकरकी हजुरआमा हुन्।

शिरोडकरको जन्म ११ अक्टोबर १९१६ मागोवान मूलको एक मराठी परिवारमा रतन पेडणेकरको रूपमा भएको थियो। उनले सानै उमेरदेखि भारतीय शास्त्रीय सङ्गीत सिक्न थालेकी थिइन्।[] सन् १९३६ मा उनले डा. शिरोडकरसँग विवाह गरेकी थिइन्। उनीहरूका एक छोरा थिए, जसले मराठी अभिनेत्री गङ्गु बाईसँग विवाह गरेका थिए। उनीहरू चलचित्र अभिनेत्री नम्रता शिरोडकरशिल्पा शिरोडकरका आमाबुबा हुन्।[] नम्रताले सन् १९९३ मा मिस इन्डियाको उपाधि जितेकी थिइन्[] र उनले टलिउड अभिनेता महेश बाबुसँग विवाह गरेकी छिन्। उनीहरूका दुई सन्तान छन्। ४ जुन १९९७ मा ८० वर्षको उमेरमा मुम्बईमा शिरोडकरको निधन भएको थियो।[]

सन् १९३५ मा, शिरोडकर अल इन्डिया रेडियोमा आवद्ध भएर उनले रेडियो नाटकहरूमा काम गर्न थालेकी थिइन्। सन् १९३६ मा उनको विवाहपछि, उनले 'हंस पिक्चर्स' नामक चलचित्र कम्पनीका साझेदारहरूमध्ये एक पाण्डुरङ्ग नायकबाट चलचित्रको प्रस्ताव प्राप्त गरेकी थिइन्। सुरुमा शिरोडकरले प्रस्ताव अस्वीकार गरेतापनि नायकले शिरोडकरका श्रीमान्‌लाई उनले चलचित्रमा अभिनय गर्नुपर्छ भनेर मनाएका थिए।[]

शिरोडकरले सन् १९३८ को मराठी चलचित्र ब्रह्मचारी बाट मास्टर विनायकको विपरीत भूमिकामा चलचित्र पर्दापण गरेकी थिइन्। चलचित्रका लेखक प्रल्हाद केशव अत्रेले उनले उनको ठूला आँखा सुहाउँदो हुने गरी नाम "रतन" बाट बदलेर "मीनाक्षी" राखिदिएका थिए।[] उनले चलचित्रको "यमुना जली खेलु खेल" गीतमा स्विमसुटमा देखिएर ठूलो हलचल उत्पन्न गरी[] परम्परागत दर्शकहरूलाई स्तब्ध पारेकी थिइन्।[][] उनी आफ्नो तत्कालीन साहसी अभिनय,[][] र गीतमा उनको दुई-चुल्ठी भएको कपालको शैलीका कारण चर्चित बनेतापनि उनले ठूलो आलोचना खेप्नुपरेको थियो।[][१०] यो गीत शिरोडकर आफैँले गाएकी थिइन् र यसले ठूलो चर्चा पाएको थियो।[११] पनि यसलाई सोही नामको नाटकमा पनि पुन: प्रयोग गरिएको थियो।[१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Meenakshi Shirodkar: The first bikini girl of Indian cinema", The Times of India, १४ सेप्टेम्बर २०१८, अन्तिम पहुँच १३ मार्च २०२६
  2. "No full stops", The Hindu, ११ डिसेम्बर २००४, मूलबाट १६ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१३ अभिलेखिकरण १६ फेब्रुअरी २०१३ = Archive.today
  3. "Miss India Winners 2010-1964", The Times of India, मूलबाट ५ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१३ अभिलेखिकरण ५ अगस्ट २०१२ वेब्याक मेसिन
  4. 1 2 "Veteran Marathi actress dead", The Indian Express (Mumbai), ४ जुन १९९७, मूलबाट ३० डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१३ अभिलेखिकरण ३० डिसेम्बर २०१२ वेब्याक मेसिन
  5. 1 2 "आजसारखी विकृती हीच संस्कृती तेव्हा नव्हती!: मिनाक्षी शिरोडकर", अन्तिम पहुँच १५ जनवरी २०१३[स्थायी मृत कडी]
  6. Kanvinde, Vaishnavi (१९ जुलाई २०१०), "मराठी सिनेमात सात दशकांनी बिकीनी" (मराठीमा), अन्तिम पहुँच १५ जनवरी २०१३ अभिलेखिकरण १ सेप्टेम्बर २०१० वेब्याक मेसिन
  7. 1 2 Karnik, Hemant (५ अगस्ट २०१२), "काय बघावं...", Lokmat (मराठीमा) (Yahoo!), अन्तिम पहुँच १५ जनवरी २०१३[स्थायी मृत कडी]
  8. "Gorgeous Ghatans: The southern belles have made way for Bollywood's new glam girls—the Mumbai bombshells", Outlook (Indian magazine), २८ फेब्रुअरी १९९६, मूलबाट १६ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१३ अभिलेखिकरण १६ फेब्रुअरी २०१३ = Archive.today
  9. "A potpourri of trivia for cinephiles & nerds", The Sunday Guardian, १६ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १५ जनवरी २०१३ अभिलेखिकरण ८ डिसेम्बर २०१५ वेब्याक मेसिन
  10. "स्मिता गोंदकरला झालयं तरी काय?", Loksatta (newspaper) (मराठीमा), १६ मार्च २०१२, अन्तिम पहुँच १५ जनवरी २०१३ अभिलेखिकरण ८ डिसेम्बर २०१५ वेब्याक मेसिन
  11. "Meenakshi Shirodkar", Cineplot.com, मूलबाट २ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१३
  12. "अशोक पत्की", Maharashtra Times, अन्तिम पहुँच १५ जनवरी २०१३[स्थायी मृत कडी]