मुजफ्फरआबाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मुजफ्फरआबाद


مُظفّر آباد
सहर
नीलम र झेलम नदीहरूले बनाएको उपत्यकामा यस सहर अवस्थित छ
नीलम र झेलम नदीहरूले बनाएको उपत्यकामा यस सहर अवस्थित छ
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Azad Kashmir" उपलब्ध छैन्.
निर्देशाङ्क: ३४°२१′३०″उ॰ ७३°२८′२०″पू॰ / ३४.३५८३३°N ७३.४७२२२°E / 34.35833; 73.47222निर्देशाङ्कहरू: ३४°२१′३०″उ॰ ७३°२८′२०″पू॰ / ३४.३५८३३°N ७३.४७२२२°E / 34.35833; 73.47222
राज्यFlag of Pakistan.svg पाकिस्तान
जिल्लाआजाद कश्मीर आजाद कश्मीर
जिल्लामुजफ्फरआबाद
उन्नतांश
७३७ मिटर (२,४१८ फिट)
जनसङ्ख्या
 (सन् २०१७)[१]
 • सहर१४९,९१३
 • क्रम६०औँ, पाकिस्तान
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तान मानक समय)
क्षेत्रीय सङ्केत(हरू)०५८२२
वेबसाइटस्थानीय सरकार

मुजफ्फरआबाद (ढाँचा:भाषा-उर्दू: مُظفّر آباد), पाकिस्तान प्रशासित आजाद जम्मू र कश्मीरको राजधानी सहर हो। यो पाकिस्तानको ६०औँ ठूलो र आजाद कश्मीरको सबैभन्दा ठूलो सहर हो। यस सहरको कुल क्षेत्रफल १,६४२ वर्ग किलोमिटर (६३४ वर्ग माइल) रहेको छ।

यो सहर मुजफ्फरआबाद जिल्लामा झेलम र नीलम नदीहरूको सङ्गम नजिकै अवस्थित छ। यो जिल्लाको पश्चिममा खयबर पख्तूनख्वा, पूर्वमा भारतको प्रशासित जम्मू कश्मीरका कुपवाडा र बारामुल्ला जिल्लाहरू र उत्तरमा आजाद काश्मिरको नीलम जिल्ला रहेको छ।

शब्दको उत्पत्ति[सम्पादन गर्ने]

बोम्बा राजवंश (१६५१) का एक प्रमुख सुल्तान मुजफ्फर खानको नामबाट यस सहरको नामकरण भएको थियो। मुजफ्फरआबादको अर्थ मुजफ्फरको सहर हो। सन् १९४८-४९ युद्ध पछि, यसलाई आजाद कश्मीरको राजधानी बनाइएको थियो।[२]

इतिहास[सम्पादन गर्ने]

प्रारम्भिक इतिहास[सम्पादन गर्ने]

मुजफ्फरआबादको मूल नाम उदाभण्ड थियो। हीन त्सङ एक, प्रसिद्ध बौद्ध तीर्थयात्रीले ६३३ ईस्वीमा उपत्यकाको भ्रमण गरेको बताइएको छ। उनी उदाभण्डबाट भारत प्रवेश गरेका थिए उदभण्ड शाही वंशको राजधानी थियो। शाही जसलाई शहिया पनि भनिन्छ, राजवंशहरूले काबुल उपत्यका (पूर्वी अफगानिस्तानमा) र पुरानो प्रदेश गन्धारा (उत्तरी पाकिस्तान र काश्मीर) को तेस्रो शताब्दीको कुशान साम्राज्यको पतनदेखि नवौँ शताब्दीको सुरुसम्म शासन गरेका थिए।[३] पछि, सहरको नाम मुजफ्फरआबमदमा परिवर्तन भएको थियो।

हालको इतिहास[सम्पादन गर्ने]

यो आजाद जम्मू कश्मीरको राजधानी झेलम र नीलम नदीहरूको सङ्गममा अवस्थित छ। यो रावलपिन्डीबाट १३८ किलोमिटर र एबट्आबाद ७६ किलोमिटरको दूरीमा रहेको छ। सहरमा दुई किल्लाहरू छन्, जुन नीलम नदीको विपरित किनारमा अवस्थित छन्। नीलम नदी सहरबाट बग्दछ जुन डोमेलको झेलम नदीसँग मिल्छ र मुजफ्फरआबादको सूक्ष्म-जलवायुमा यसले प्रमुख भूमिका खेल्लछ।[४] ८ अक्टोबर २००५, सहरमा ७.७ रिक्टर परिमाणको भूकम्पले गएको थियो जसले धेरै जनधनको क्षति गरेको थियो।

अवस्थिति[सम्पादन गर्ने]

मुजफ्फरआबाद जिल्लाको नक्सा

सहर, पञ्जाबको झेलमको नजिकैकोको मैदानदेखि मङ्गला तालदेखि हिमालयको तल्लो पहाडसम्म, र उत्तरदेखि हिमालको ७०००-२०००० फिट पहाडहरूसम्म फैलिएको छ। सहरमा झेलम, नीलम र पून्च गरी तीन प्रमुख नदीहरू बग्दछा्। उपत्यकाहरू हरियो र वन जङ्गलद्वारा घेरिएको छ।

मुजफ्फरआबाद सहर पाकिस्तानको एक प्रमुख सहर हो। सहरमा धेरै पहाडी क्षेत्रहरू छन् जहाँ र अद्भुत चट्टानहरू भेटिन्छन्। यो मुजफ्फरआबाद जिल्लामा अवस्थित छ र पाकिस्तानको प्रमुख पर्यटकीय स्थलहरूको मध्ये एक हो । हजारौँ पर्यटकहरू विश्वभरबाट मुजफ्फरआबाद भ्रमण गर्न आउँछन्। स्थानको प्राकृतिक सौन्दर्य र विविध संस्कृतिले यसलाई लोकप्रिय पर्यटकीय स्थल बनाउँदछ। यहाँ धान र मकै व्यापक रूपमा उब्जाउ गरिन्छ।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जनसङ्ख्या[सम्पादन गर्ने]

सन् १९९८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या ७२५,००० रहेको थियो र सन् १९९९ को जनगणनामा जनसङ्ख्या वृद्धि हुँदै अनुमानित रूपमा ७४१,००० पुगेको थियो। जिल्लामा तीन तहसीलहरू पर्दछन्, र मुजफ्फरआबाद सहर आजाद काश्मीरको राजधानीको रूपमा सेवा गर्दछ। उच्च पर्वतहरू द्वारा घेरिएको, मुजफ्फरआबाद विभिन्न संस्कृति र भाषाहरूको मिश्रण प्रतिबिम्बित गर्दछ। यहाँको मुख्य भाषा हिन्दकोको एक रूप हो।

साक्षरता[सम्पादन गर्ने]

सहरका कम मानिसहरूलाई शिक्षा प्रदान गरिएको छ। इस्लामआबाद र अन्य तुलनात्मक रूपमा विकसित क्षेत्रहरूको तुलनामा रूढिवादी विचारधारा भएका कारण साक्षरता दर यहाँ तुलनात्मक रूपमा कम रहेको छ। महिलाहरूलाई शिक्षा र जागिर पाउन यहाँ समस्या छ। यस सहरका अधिकांश महिलाले प्राथमिक शिक्षा समेत प्राप्त गरेका छैनन् त्यसैले सहरको साक्षरता दर एकदमै कम छ। यस बाहेक त्यहाँ शिक्षाको महत्त्वका लागि धेरै थोरै चेतना रहेको छ।

धर्म[सम्पादन गर्ने]

यस सहरमा धर्मको जरा गढेको छ। यहाँका व्यक्तिहरू प्रायः या त सुन्नी वा शिया हुन्। व्यक्तिहरू इस्लाम धर्म अभ्यास गर्दछन्। मस्जिद साथै दरबारहरू यहाँ रहेका छन्। यी पवित्र स्थान बाहेक, शिया समुदायका स्थानहरू पनि सहरका विभिन्न क्षेत्रमा निर्माण गरिएका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "شماریاتی سال کی کتاب", شماریات آزاد جموں و کشمیر, अन्तिम पहुँच २० अप्रिल २०२० 
  2. "مُظفّر آباد" (उर्दू भाषा)। पाकपिडिया - पाकिस्तानको राष्ट्रिय विश्वकोश। सङ्ग्रह मिति १ जुलाई २०२० 
  3. Mir-át-i Mas'úd, अभिलेख २००७-०३-२९ वेब्याक मेसिनमा
  4. آزاد جموں و کشمیر سے متعلق ایک کتاب (उर्दुमा), نواب سنس پبلیکیشن, २००३, आइएसबिएन 978-969-530-050-3 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]