मुना मासिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोरखापत्र संस्थानका प्रकाशन सबै वर्गमा पुर्‍याउने याउने लक्ष्य अनुरूप ‘मुना’ बालबालिकाका लागि उपहार हो । सार्क

बालिका वर्ष सन् १९९० को सन्दर्भ पारेर नेपालका बालबालिकाको बौद्धिक, मानसिक एवं सामाजिक चेतना अभिवृद्धि

गर्ने उद्देश्यले २०४७ साल पुसदेखि ‘मुना’ को प्रकाशन थालिएको हो । यसको दर्ता नं। १३।०४७।०४८ र पहिलो

सम्पादकमा गोकुलप्रसाद पोखरेल हुनुहुन्छ । अहिले यो गोरखापत्र संस्थानको एक विभागका रूपमा रहेको छ ।

बालबालिकाको मनस्थिति बुझेर उनीहरूलाई रुच्ने र पच्ने सामग्री तयार गर्ने लेखकको पनि अभाव रहेको कुरालाई ख्याल गर्दै त्यसलाई पूर्ति गर्न ‘मुना’ को प्रकाशन सुरु भएको हो । बालबालिकाका लागि विद्यालयका पाठ्यपुस्तकमा

समावेश नगरिएका तर बालबालिकालाई मनोरञ्जन गराएर उनीहरूको बौद्धिक चेतना गराउने कथा, कविता, निबन्ध,

लेख, चित्रकथा, ऐतिहासिक, भौगोलिक, सामाजिक, पौराणिक, वैज्ञानिक विषयमा सजिलैसित जानकारी गराउने विविध

विषयवस्तु ‘मुना’ ले समेट्ने गरेको छ ।गोरखापत्र संस्थान सञ्चालक समितिले २०५७ साल मङ्सिर २५ गते ‘मुना’ का

लागि प्रकाशन नीति तय गरेको छ । उक्त नीति अनुसार ‘मुना’ बालपत्रिकाका मुख्य लक्षित समूह कक्षा ४ देखि कक्षा ८

सम्मका विद्यार्थीलाई बनाई त्यही समूहलाई ध्यानमा राखेर सामग्री प्रस्तुत गर्ने गरिएको छ ।

कक्षा ४ भन्दा मुनिका र कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई पनि सकभर उपयोगी हुने गरी सामग्री प्रकाशन गर्ने र

सामग्री प्रस्तुतीकरणका सिलसिलामा सहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीका साथै सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित

विद्यालयका विद्यार्थीको स्तरको भिन्नतालाई ध्यानमा राखी सामग्री प्रस्तुतिमा विविधता ल्याउने पनि नीति रहेको छ ।

त्यस्तै लक्षित समूहको बौद्धिक चेतना विकास गर्ने तथा सत्यतथ्य, अनुसन्धान एवं जानकारीका लागि सघाउ पुर्‍याउने

किसिमका सामग्री प्रस्तुत गर्ने नीति ‘मुना’ को रहेको छ ।

त्यस्तै यथासम्भव सबै वर्ग, क्षेत्र र विभिन्न जनजातिका भाषा, संस्कृति एवं रीतिरिवाजको जगेर्ना हुने खालका सामग्री

प्रकाशन गर्नेस सामाजिक सुरक्षा र सामाजिक मर्यादा अभिवृद्धि गर्नुका साथै सामाजिक अगुवाइ गर्ने व्यक्तित्व र प्रवृत्ति एवं

चरित्रलाई महत्व दिनेस नैतिक चरित्रतर्फ आकर्षित गर्ने र राष्ट्र एवं समाजको विकासमा उनीहरूको भूमिका, योगदान एवं

सहभागिता बढाउने खालका उत्प्रेरक सामग्री प्रकाशन गर्नेस स्वदेश वा विदेशमा रहेका नेपालीले हासिल गरेका प्रेरणादायी

उपलब्धिलाई महत्व दिई प्रकाशन गर्ने पनि यसको नीति छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनालाई सकेसम्म त्यसको पृष्ठभूमिसहित निरपेक्षरूपमा प्रस्तुत गर्नेस सरकारको नीति

र निर्णयबारे टिप्पणी गर्नुपर्दा रचनात्मक सुझाव दिनेस प्रकाशन हुने सामग्रीमा बालबालिकाको सहभागिता अधिकतम

मात्रामा जुटाउनेस ‘मुना’ बालबालिकाको पत्रिका भएका कारण यसमा अधिकभन्दा अधिक रूपमा तस्बिर, चित्र र

स्केच प्रयोग गर्ने तथा विभिन्न क्षेत्रका प्रतिभाशाली बालबालिकासम्बन्धी जानकारी दिई अन्य बालबालिकालाई पनि

अभिप्रेरित गर्ने नीति रहेको छ ।

‘मुना’ का सम्पादकको सूची[सम्पादन गर्नुहोस्]

क्र।सं साल र महिना पद नाम

१। २०४७ पुस प्रधान सम्पादक गोकुलप्रसाद पोखरेल

२। २०४८ पुस प्रधान सम्पादक सुरेन्द्रराज द्विवेदी

३। २०५१ वैशाख प्रधान सम्पादक तारा बराल

४। २०५१ साउन प्रधान सम्पादक गोपाल चित्रकार

५। २०५२ फागुन सम्पादक श्यामसुन्दर सयजू

६। २०५४ असार सम्पादक विजय चालिसे

७। २०५४ कात्तिक कामु सम्पादक लक्ष्मी गुरागाईं

८। २०५४ फागुन सम्पादक विजय चालिसे

९। २०५७ साउन सम्पादक कृष्ण श्रेष्ठ

१०। २०५८ कात्तिक प्रधान सम्पादक श्री आचार्य

११। २०५८ पुस प्रधान सम्पादक किशोर नेपाल

१२। २०५९ मङ्सिर कामु प्रधान सम्पादक उद्धवदेव उपाध्याय

१३। २०६० असोज प्रधान सम्पादक युवराज गौतम

१४। २०६० फागुन सम्पादक केदार शाक्य

१५। २०६१ भदौ सम्पादक कृष्ण श्रेष्ठ

१६। २०६४ साउन सम्पादक उद्धवदेव उपाध्याय

१७। २०६५ कात्तिक नायब कार्यकारी सम्पादक आनन्दराम आचार्य

१८। २०६५ मङ्सिर सम्पादक शिवप्रसाद भट्टराई

१९। २०६६ जेठ सम्पादक कृष्ण श्रेष्ठ

२०। २०६६ फागुन सम्पादक शिवप्रसाद भट्टराई

२१। २०६७ चैत सम्पादक माधवदेव ढुङ्गेल

२२। २०७३ चैत सम्पादक पुष्करभक्त माथेमा

२३। २०७४ असार सम्पादक शिवकुमार भट्टराई

२४। २०७८ भदौ सम्पादक जुनारबाबु बस्नेत

२५। २०७८ असोज निमित्त सम्पादक हरिप्रसाद भट्टराई

२६। २०७९ साउन निमित्त सम्पादक भक्तबहादुर थापा (कार्यरत)