मुर्चुङ्गा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुर्चुङगा फलामद्वारा निर्मित एउटा जिब्रोलाई हिर्काएर बजाईने सानो बाजा मुर्चुङग्वा हो। जिब्रोको दुई छेउमा रहेका दुईवटा आधारलाई ओठ खोलेर तल्लो - माथिल्लो दाँतहरूमा अड्याई औँलाले हान्दै आवाज निकाली भित्री स्वासद्वारा विभिन्न भाका निकाली बजाईन्छ।सानो तथा कच्चा जिब्रा भएको यो विनायो बाजालाई सुरक्षीत राख्न मालिङ्गो बाँसको सानो खोल बनाई त्यस भित्र राखिन्छ, जसको बाहिरी भागमा अति आकर्षक बुट्टा खोपेको हुन्छ। यसलाई धागोको प्रयोग गरी चोलोको तुनामा बिनायो सँगै झुण्डाएर बोकिन्छ। यो बाजा विशेष गरी किराँतहरूले बजाउने गर्छन् । मुर्चुङ्गाका स्वर ज्यादै मीठो सुनिन्छ । मुर्चुङ्गालाई भगवान शिवको प्रिय बाजा पनि मानिन्छ । यो बाजा किराँतेश्वर महादेवले प्रचलनमा ल्याएको हो भन्ने विश्वास गरिन्छ । यसको आकार झन्डै त्रिशुल आकारको हुन्छ / हिजो आज पितलको पनि पाइन्छ। यस बाजालाइ स्वर बाजाको रूपमा र ताल बाजाको रूपमा प्रयोग गर्न सकिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]