मुसीकोट नगरपालिका

नेपाली विकिपीडियाबाट
(मुसीकोट, खलंगा बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मुसीकोट नगरपालिका
—  नगरपालिका  —
मुसीकोट नगरपालिका is located in नेपाल
मुसीकोट नगरपालिका
नेपालमा रहेको मुसीकोट नगरपालिका
निर्देशाङ्क (मुसीकोट): 28°35′49″N 82°33′04″E / 28.596876°N 82.551047°E / 28.596876; 82.551047निर्देशांक: 28°35′49″N 82°33′04″E / 28.596876°N 82.551047°E / 28.596876; 82.551047[१]
देश  नेपाल
विकास क्षेत्र मध्य-पश्चिमाञ्चल
अञ्चल राप्ती अञ्चल
जिल्ला रुकुम जिल्ला
स्थापना २०७१ जेष्ठ ४
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[२]
 - जम्मा १८,४३१
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-८८

मुसीकोट नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने रुकुम जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] मुसीकोट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । मुसीकोटलाई नगरपालिका घोषणा गर्दा मुसीकोटसाँख गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[२][४] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा मुसीकोट पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]

जनसङ्ख्या[सम्पादन गर्ने]

मुसीकोटसाँख गाविसहरूलाई मिलाएर मुसीकोट नगरपालिका बनाइएको हो ।[१][४] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर मुसीकोट नगरपालिकाको जनसङ्ख्या १८,४३१ रहेको छ । मुसीकोट नगरपालिकामा ४,३७१ घरधुरि छन ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]