मूल्य अभिवृद्धि कर (नेपाल)
मूल्य अभिवृद्धि कर (भ्याट) एक अप्रत्यक्ष कर हो जुन मूल्य निर्माण वा थपमा लगाइन्छ। नेपालमा भ्याटको अवधारणा आर्थिक वर्ष २०४९/५० मा आएको थियो तर मूल्य अभिवृद्धि कर ऐन वि.सं. २०५० मा मात्र निर्माण भएको थियो । भ्याट २०५० मा लागू गरिएको थियो र सरकारको राजस्वको प्रमुख स्रोत हो। यो नेपालको आन्तरिक राजस्व विभागद्वारा प्रशासित छ। नेपालमा मूल्य अभिवृद्धि कर (VAT - Value Added Tax) एक प्रमुख अप्रत्यक्ष कर प्रणाली हो। यो प्रणाली वस्तु र सेवाहरूको आपूर्ति र उत्पादनको विभिन्न चरणहरूमा मूल्यमा गरिएको वृद्धि (अभिवृद्धि) मा लागू हुन्छ।[१] २०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागु भएको थियो। सोही आधारमा २०६९ सालदेखि नेपाल सरकारले मंसिर १ लाई कर दिवस, र मंसिर ७ गतेसम्म कर सप्ताह को रूपमा मनाउँदै आएको छ।[२][३]
नेपालमा भ्याट दर
[सम्पादन गर्नुहोस्]नेपालमा सामान्य भ्याट दर १३% रहेको छ[४][५]; केहि सामान वा सेवाहरूमा भ्याटमा छुट दिइन्छ। [६]
- कर लाग्ने कारोवार
- नेपाल भित्र आपूर्ति भएको वस्तु तथा सेवाहरू
- नेपाल भित्र आयात गरिएका वस्तु तथा सेवाहरू
- नेपाल बाहिर निर्यात गरिएकोवस्तु तथा सेवाहरू
कर नलाग्नेः मुल्य अभिवृध्दि कर ऐेन, २०५२ को अनुसुची १ मा उल्लेख गरिएको वस्तु तथा सेवामा मुल्य अभिवृध्दि कर लाग्दैछ ।
करका दरहरु
- शुन्य दरः मुल्य अभिवृध्दि कर ऐेन, २०५२ को अनुसुचि २ मा उल्लेख गरिएका वस्तु तथा सेवाहरूमा शुन्य दर लाग्दछ ।
- १३ प्रतिशतः सामान्य अवस्थामा मुल्य अभिवृध्दि कर ऐन तथा नियमावली अनुसार एकल १३ प्रतिशत लाग्दछ
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "VAT (Value Added Tax) in Nepal | Concept, Rules, Returns" (en-USमा), २०२४-०६-१०, अन्तिम पहुँच २०२४-०६-२०।
- ↑ प्रेस, हिमाल (१ मंसिर २०८१), "आज कर दिवस", हिमाल प्रेस।
- ↑ "आज राष्ट्रिय कर दिवस, मंसिर ७ गतेसम्म कर सप्ताह मनाइने", आर्थिकन्यूज, १ मंसिर, २०७९।
- ↑ https://www.bizsewa.com/vat-rates-rules-updates-nepal/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२५ मिति
- ↑ https://www.bizsewa.com/vat-rates-rules-updates-nepal/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२५ मिति
- ↑ मूल्य अभिवृद्धि कर ऐन, २०५२ वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२८ मिति