मेगा फ‍ोन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मेगाफोन
उद्योगको प्रकारखुला संयुक्त पुँजी कम्पनी
उद्योगमोबाईल दूरसञ्चार
स्थापनामे २००२; १७ वर्ष अघि (मे २००२)
मुख्य कार्यालयमस्को, रुस
मुख्य व्यक्तिहरूGevork Vermishyan, कार्यकारी अधिकृत (२०१८)
उत्पादन(हरू)मोबाइल सञ्जाल, निश्चित-लाइन टेलिफोन सेवा
राजस्व$४.७३ बिलियन[१]
परिचालन आय$८५१ मिलियन
कूल आम्दानी$३८२ मिलियन
लगानी$६.८९ बिलियन
कुल इक्विटी$१.८५ बिलियन
धनी(हरू)युएसएम समूह (५६.३२%)
गाजप्रोमबैंङ्क (१८.७९%)
एमअाइसिएल (३.९२%)
नियन्त्रित कम्पनीस्वाइनटेरा मिडिया
वेबसाइटwww.megafon.ru

मेगा फोन (रूसी: МегаФон)(पहिला उत्तर-पश्चिम जीएसएमको रूपमा चिनिने), रुसको दोस्रो मोबाइल फोन सञ्चालक हो[२] र रूसमा तेस्रो सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो ।[३] दूरसञ्चार क्षेत्रमा यसको मुख्य प्रतिस्पर्धीहरू: मोबाईल टेलि सिस्टम (एमटीएस), भिम्पेलकम (बिलाइन) र टेलि २ (रोस दूरसञ्चार) हो र निश्चित-लाइन खण्डमा, रोस दूरसञ्चार र मल्टिरिजनल ट्रान्सिट टेलिकम हुन् ।[४] जून २०१२ को अनुसार कम्पनीले ताजिकिस्तानमा १.६ मिलियन र रुसमा ६२.१ मिलियन प्रयोगकर्ताहरूमा सेवा प्रदान गर्दछ । यसको मुख्यालय रुसको राजधानी मस्कोमा रहेको छ । यसका शाखा कार्यलयहरू इरान, उज्बेकिस्तान र ताजिकिस्तानमा पनि रहेको छ । यो खुला संयुक्त पुँजी कम्पनीको रूपमा स्थापना भएको थियोे ।

यसले धेरै क्षेत्रीय कम्पनीहरुको अधिग्रहण गरेपछि सन् २००२ मा कम्पनीले अाफ्नो नाम, उत्तर-पश्चिम जीएसएम बाट मेगाफोनमा बदलेको थियोे जसले गर्दा यो रुसको सबै क्षेत्रमा सेवा पुर्‍याउने पहिलाे दूरसञ्चार सेवा प्रदायक बनेको थियोे । यसको अर्थ मेगा - "ठूलो" र फोन - "टेलिफोन" हुन अाउँछ ।

इतिहास[सम्पादन गर्ने]

१७ जून १९९३, उत्तर-पश्चिम जीएसएमको दर्ता मिति रहेको थियो अलेक्जेन्डर मलिसिभ कम्पनीका पहिला महाप्रबन्धक थिए । प्रमुख अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा स्क्यान्ड्याभियन कम्पनीहरू जस्तै सोनेरा (फिनल्याण्ड), तेलिया अन्तर्राष्ट्रिय एबि (स्वीडेन) र टेलिनोर इन्भेस्ट एएस (नर्वे) रहेका थिए र यसलाई नोकियाद्वारा दूरसञ्चार उपकरण आपूर्ति गरिएको थियो ।[५][६] यसले सन् १९९४ मा रुसमा जीएसएम (2 जी) सञ्जालको व्यावसायिक प्रक्षेपण गरेको थियोे ।[७][८]

१९९९ – कम्पनीमा प्रयोगकर्ताहरूको सङ्ख्या १००,००० भन्दा बढी पुगेको थियोे । यसले रूसको उत्तर-पश्चिमको उत्तरी क्षेत्रहरूमा अाफ्नो सेवा सक्रिय रूपमा विस्तार गरेको थियोे । उत्तर-पश्चिम जीएसएमको रूपमा, यो रुसको पहिलो सञ्चालक थियो जसले युरोपको सबै देशहरूमा रोमिङ सम्झौतामा हस्ताक्षर गरेको थियोे ।

२००० – कम्पनीको शेयरधनिहरूले ठूलो बजारमा सेवा दिने योजनाका अनुसार डसले नयाँ रणनीति अपनायो ।[९][१०]

नोभेम्बर २००१ – उत्तर-पश्चिम जीएसएममा प्रयोगकर्ताहरूको सङ्ख्या ५००,००० पुगेको थियोे ।[११][१२]

मे २००२ – उत्तर-पश्चिम जीएसएममा प्रयोगकर्ताहरूको सङ्ख्या १ मिलियन भन्दा बढी पुगेको थियोे ।[१३]

मालिक र व्यवस्थापन[सम्पादन गर्ने]

कम्पनीलाई सबैभन्दा ठूलो विदेशी लगानीकर्ताहरूद्वारा स्थापित गरिएको थियो: सोनेरा (फिनल्याण्ड), तेलिया अन्तर्राष्ट्रिय एबि (स्वीडेन) हाल टेलेनर इन्भेस्ट एएस (नर्वे) सँग समायोजन भइ टेलिया कम्पनीमा आबद्ध भएको छ । दूरसञ्चार उपकरणहरू भने नोकियाबाट खरीद गरिएको थियो ।

मार्च २०१८ सम्म यस कम्पनीको मालिक निम्नानुसार छन्:

  • युएसएम समूह - ५६.३२%
  • गाजप्रोमबैङ्क - १८.७९%.
  • एसअाइसिएल - ३.९२%

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. https://corp.megafon.com/ai/document/9763/file/Megafon_2016_ENG_with_AR.pdf
  2. "МегаФон" больше не третий Kommersant
  3. "Обзор: Телеком 2014, CNews Telecom 2014: Крупнейшие телекоммуникационные компании России", सि न्युज डट अारयु, अन्तिम पहुँच १७ जुलाई २०१५ 
  4. "Ъ - "Большая тройка" отчиталась", अन्तिम पहुँच १७ जुलाई २०१५ 
  5. "МегаФон" отметил свое 15-летие в Северной столице"
  6. "Как закалялась сталь"
  7. "1993-1994. Как на ваше дело повлияла сотовая связь?" Kommersant
  8. "История бренда МегаФон" ब्रान्डपिडिया
  9. "Совет директоров и акционеры "Северо-Западного GSM" одобрили план развития компании", अन्तिम पहुँच १७ जुलाई २०१५ 
  10. "Северо-Западный GSM" обрел федеральность" कम न्युज
  11. "Количество абонентов "Северо-Западного GSM" превысило 600 тыс. человек.", अन्तिम पहुँच १७ जुलाई २०१५ 
  12. ""Северо-Западный GSM" приступил к реализации проекта сотовой связи в Таджикистане - Старые новости - Новости Санкт-Петербурга - Фонтанка.Ру", अन्तिम पहुँच १७ जुलाई २०१५ 
  13. "К сети "Северо-Западного GSM" подключился миллионный абонент - Старые новости - Новости Санкт-Петербурга - Фонтанка.Ру", अन्तिम पहुँच १७ जुलाई २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

अाधिकारिक वेबसाइट