सामग्रीमा जानुहोस्

मेघौली विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेघौली विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकनेपाल नेपाल सरकार
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
सेवा गर्ने स्थानभरतपुर
चितवन राष्ट्रिय निकुञ्ज
उचाइ समुद्री सतह६०० ft / १८३ m
निर्देशाङ्क२७°३४′३८″उ ८४°१३′४४″पू / 27.57722°N 84.22889°E / 27.57722; 84.22889
नक्सा
मेघौली विमानस्थल is located in नेपाल
मेघौली विमानस्थल
मेघौली विमानस्थल
नेपालको नक्सामा मेघौली विमानस्थलको अवस्थिति
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
०८/२६ १,०८५ ३,५६० घाँस
स्रोत:[][]

मेघौली विमानस्थल (आइएटिए: MEY, आइकाओ: VNMG) नेपालको बागमती प्रदेशको चितवन राष्ट्रिय निकुञ्जलाई सेवा दिने भरतपुर महानगरपालिका वडा नम्बर २७ मेघौलीमा अवस्थित एक आन्तरिक विमानस्थल हो।[] यो विमानस्थल भरतपुरका दुई विमानस्थलहरूमध्ये सबैभन्दा पुरानो विमानस्थल हो भने अर्को भरतपुर विमानस्थल हो।[] यो विमानस्थल समुद्री सतहबाट ६०० फिट (१८३ मिटर) को उचाईमा अवस्थित छ। यसको एउटा धावनमार्गको लम्बाइ १,०८५ मिटर (३,५६० फिट) रहेको छ।[]

वि.सं १९१७ मा एलिजाबेथ द्वितीयराजकुमार फिलिप चितवन आउँदा उक्त विमानस्थल निर्माण गरिएको थियो।[] वि.सं १९३८ मा, पहिलो हात्ती पोलो विश्वकप यहाँमा खेलाइएको थियो।[] धेरै वर्षसम्म बन्द रहेको यो विमानस्थल वि.सं २०७३ मा चार्टर उडानका लागि पुनः खोलिएको थियो र वि.सं २०७३ देखि २०७६ सम्म नेपाल वायुसेवा निगमले पुनः निर्धारित उडान गरेको थियो।[][] वि.सं २०८० मा, १ करोड २० लाखको लागतमा विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिएको थियो।[]

दुर्घटनाहरू

[सम्पादन गर्नुहोस्]

२०५३ वैशाख १३ का दिन काठमाडौँबाट उडेको शाही नेपाल वायुसेवा निगमको बिएई ७४८ सिरिज २ बी विमान मेघौली विमानस्थलको धावनमार्गमा चिप्लिएर घाँसे मैदानमा अवतरण गरेको थियो। विमान केही क्षति भएता पनि चालक दलका चार सदस्य र २७ यात्रुमध्ये कोही पनि घाइते भएनन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Airport information for Meghauli, Nepal (VNMG / MEY) at Great Circle Mapper.
  2. "Meghauli Airport", नेपाल नागरिक उड्डयन प्राधिकरण, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण ७ सेप्टेम्बर २०१८ मिति
  3. ३.० ३.१ "मेघौली विमानस्थल पुनः सञ्चालनमा", अनलाइन खबर, १५ पुस २०८१। 
  4. "Meghauli Airport resumes operation", The Kathmandu Post, २९ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८ 
  5. Prasain, Sangam; Poudel, Nabin (३ डिसेम्बर २०१७), "Responsible Tourism: Curtain comes down on elephant polo after 35 years", The Kathmandu Post, मूलबाट २६ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०२२ 
  6. Anurup, Pathak (९ नोभेम्बर २०१६), "Flight operation resumes in Meghauli Airport after 5 years", Aviation Nepal, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८ 
  7. "NAC to fly 3 times weekly to Meghauli", The Kathmandu Post, २३ नोभेम्बर २०१७, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८ 
  8. "१ करोड २० लाखको लागतमा मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै", बिजमाण्डू, १५ पुस २०८१। 
  9. "Accident description", ASN, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]