मेचीपारी क्षेत्र
स्वरूप
मेचीपारी क्षेत्र | |
|---|---|
मेची नदीसँगैका भूमिहरू | |
नेपालको नक्सामा मेचीपारी क्षेत्रको अवस्थिति | |
| निर्देशाङ्क: २६°३२′४७″N ८८°०६′२३″E / 26.5464°N 88.1064°E | |
| देश | नेपाल |
| प्रदेश | कोशी प्रदेश |
| नगरपालिका(हरू) | भद्रपुर, मेचीनगर |
| सरकार | |
| • प्रकार | वडा |
| • अङ्ग | वडा नम्बर १, ३, १५ |
मेचीपारी क्षेत्र वा मेचीपारी नेपालको कोशी प्रदेशको झापा जिल्लामा मेची नदीको पूर्वी भागमा अवस्थित क्षेत्र हो। मेचीपारी भद्रपुर नगरपालिकाको वडा नं. १, ३ र ५ र मेचीनगर नगरपालिका को वडा नं. १५ को पूर्वी क्षेत्र हो।[१] मेचीपारी भारतसँग सीमाना जोडिएको मेची नदीको पूर्वी भागमा अवस्थित छ।[२]
भद्रपुर नगरपालिका वडा नम्बर ३ मा पर्ने डोलोवस्ती पनि मेचीपारी पर्दछ।[३]
इतिहास
[सम्पादन गर्नुहोस्]मेची नदी नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा हो जुन वि.सं १८७२ मा नेपाल अधिराज्य र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि हस्ताक्षर गरेर निर्धारण गरिएको थियो। तर नदी आधिकारिक सीमारेखा भए पनि, नदीले मार्ग परिवर्तन गरेका कारणले नदीको पूर्वतिरको धेरै भूमि नेपालको हो। वि.सं १८७६ देखि १९३० सम्म, मेची नदीले आफ्नो मार्ग परिवर्तन गर्दै केही भाग नेपालको नदी पारी पुगेका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट" (नेपालीमा), नागरिक दैनिक, १८ जनवरी २०२१, अन्तिम पहुँच २१ मे २०२४।
- ↑ "मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको" (नेपालीमा), नेपाल लाइभ, ४ मे २०२३, अन्तिम पहुँच २१ मे २०२४।
- ↑ पर्वत पोर्तेल (कार्तिक २५, २०७६), "मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको" (नेपालीमा), कान्तिपुर, अन्तिम पहुँच २० पुुस २०८२।
