सामग्रीमा जानुहोस्

मेलम्ची खानेपानी आयोजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Melamchi River

मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्नेछ । यसको लागि परियोजनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको मेलम्चीमा रहेको मेलम्ची ; यांग्री र लार्के नदिलाई डाइभार्ट गर्छ । यो आयोजनालाई एसियाली विकास बैङ्कले आर्थिक सहयोग प्रदान गरेको छ ।

इतिहास

[सम्पादन]

वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा; प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । त्यस यताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेण्डा बन्ने गरेको थियो । वि.स. २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजना काे पानी काठमाडाैमा प्रधानमन्त्रि के पि शर्मा अाेलि द्वारा स्वागत गरिएकाे छ। यस सँगै मेलम्चीकाे पानी पिउने काठमाडाैकाे सपना पुरा भएकाे छ।

वि.स. २०७७ चैत्र २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको शुभारम्भ गरेकी छिन् । भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर भण्डारीले काठमाडौं उपत्यकामा औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरेकी हुन् । चैत २५ गतेबाट नै काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । [१]

निर्माण कार्य

[सम्पादन]

विवाद

[सम्पादन]

दुर्घटनाहरू

[सम्पादन]

२०२०-जुलाई १४: सुरुङ परीक्षणको क्रममा, बल्कहेड गेट भत्किँदा सुरुङमा बाढी आयो जसको परिणामस्वरूप दुई कर्मचारीको मृत्यु भयो।[२][३]

२०२१-जुन १५: मनसुनी बाढीका कारण अम्बाथान क्षेत्रमा रहेको परियोजनाको हेडवर्क्स बाढीले अवरुद्ध भयो। निर्माण शिविर र बेली ब्रिज जस्ता अस्थायी संरचनाहरू बगायो।[४] तीन चिनियाँ, तीन भारतीय र दुई नेपाली सहित आठ कामदार बाढीले बगायो।[५]

समस्या

[सम्पादन]
  • जनशक्तिको आवश्यकता वा अल्पता
  • प्राविधिक सुविधाको कमी
  • अदुर ध्यानाकर्षण
  • न्यून लगानी
  • संसाधनको अभाव
मेलम्ची खानेपानी
मेलम्ची खानेपानी

महत्त्वपूर्ण घटनाक्रम

[सम्पादन]
  • वि.स. २०५२ – मेलम्चि खानेपानि लिमिटेड काे स्थापना।
  • वैदेशिक सहायताः एशियालि विकास बैंक द्वारा ऋण प्रदान
  • वि.स. २०५५ – अायाेजनाकाे सुरूवात
  • २०५८/०५९ – भाैतिक निर्माण कार्यकाे शुभारम्भ
  • क्षमताः दैनिक १७ कराेड लिटर पानि काठमाडाै अायात

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "धारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात, तस्विरमा हेर्नुहाेस्" अभिलेखिकरण २०२१-०४-०२ वेब्याक मेसिन, NMB News, अन्तिम पहुँच चैत्र २०, २०७७ ।
  2. ↑ "Two employees of Melamchi Drinking Water Project missing in tunnel accident", मूलबाट १६ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०७-२४।
  3. ↑ "Melamchi Drinking Water Project's tunnel bursts; two swept away", The Himalayan Times, २०२०-०७-१५, मूलबाट १७ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०७-२४।
  4. ↑ "Melamchi project headworks buried in mud, extent of damage unknown", मूलबाट १८ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०६-२२।
  5. ↑ Machamasi, Amit, "Nepal valley suffers quadruple disaster", मूलबाट २२ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०६-२२।