सामग्रीमा जानुहोस्

मेहेरपुर सदर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेहेरपुर सदर
মেহেরপুর সদর
मेहेरपुर सदर is located in बङ्गलादेश
मेहेरपुर सदर
मेहेरपुर सदर
बाङ्लादेशको नक्शामा मेहेरपुर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°४६.५′उ॰ ८८°३८.५′पू॰ / २३.७७५०°N ८८.६४१७°E / 23.7750; 88.6417निर्देशाङ्कहरू: २३°४६.५′उ॰ ८८°३८.५′पू॰ / २३.७७५०°N ८८.६४१७°E / 23.7750; 88.6417
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लामेहेरपुर जिल्ला
क्षेत्रफल
 • जम्मा३७४.१ किमी (१४४.४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११[१])
 • जम्मा२५६,६४२
 • घनत्व६९०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटमेहेरपुर उपजिल्लाको आधिकारिक नक्शा

मेहेरपुर सदर (बङ्गाली: মেহেরপুর সদর) बङ्गलादेशको मेहरपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

मेहेरपुर सदर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°४०' देखि २३°५२' उत्तर अक्षांश र ८८°३४' देखि ८८°४७' पूर्वी देशान्तरणमा अवस्थित छ। मेहेरपुर सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६१.४२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई गाङ्नी उपजिल्लाल र भारतको पश्चिम बङ्गाल रमज्यले उत्तर, दामुरहुदामुजिबनगर उपजिल्लाले दक्षिण, गाङ्नीआलमडाङ्गा उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल रमज्यले पश्चिमबाट घेरेको छ। भैरव, काजला नदी, चाँद बिल र भादगरी बिल आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।[३][४]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २३२४६५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११९१५७ छ भने महिलाको जनसङ्ख्या ११३३०८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२८५१८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३७००, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १४९, इसाई धर्मवलम्बीको जनसङ्ख्या १५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८३ रहेको छ। यस उपजिल्लामा ३३४ मस्जिद, ७ मन्दिर ३ चिहान र १ गिर्जाघर रहेका छन्। हीरु मोल्लार मस्जिद (पिरोजपुर), बागु देओयानेको चिहान, मिर्जापुर दरगाह, मेहेरपुर शिव मन्दिर (मेहेरपुर), बामहाडिया समाधि मन्दिर (मालोपाडा), भबान्दपुरको मन्दिर (आमदह), कालीतलार मन्दिर, आलमपुर श्यामपुर मन्दिर यस उपजिल्लाका केही प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९०.१६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२३% ले पोखरी, ३.७७% ले टुटी र ५.८४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ३१.२१% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा ३ अस्पताल, ४ परिवार नियोजन केन्द्र र ५ सामुदायिक स्वस्थ्य संस्थाहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, मकै, जुट, आलु, गहुँ, खैनी, पानको पात, प्याज लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, रूख कटहर, अम्बा, केरा, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया पानको पात, प्याज, केरा, उखु, लिची लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तोरी, कोदो, तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १६ माछा पालन केन्द्र, २३ कुखुरा पालन केन्द्र र १० दुग्ध सङ्कलन केन्द्र रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६०.५२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ३.३७%, वाणिज्यमा १३.९७%, सञ्चारयातायातमा ४.०३%, उद्योगमा ०.९६% निर्माण क्षेत्रमा १.८१%, सुविधामा ९.०२%, धार्मिक सेवामा ०.१४%, वैदेशिक रोजगार तथा भाडामा ०.१५% र अन्यमा ५.७३% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय मेहेरपुर थानालाई सन् १९८४ मा उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १८ सङ्घ परिषद्, १३५ मौजा/महल्ला र ११७ गाउँहरू रहेका छन्।[५]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ३४.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४०.८% छ भने महिलाको साक्षरता दर ३५.९%रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, १६ माध्यमिक विद्यालय, २ प्राविधिक शिक्षण संस्था, ६३ प्राथमिक विद्यालय र ६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; मेहेरपुर सरकारी क्याम्पस (सन् १९६२), मेहेरपुर सरकारी मशिला क्याम्पस (सन् १९८४), मेहेरपुर सरकारी छात्रा उच्च विद्यालय (सन् १८५४), मेहेरपुर नमुना उच्च विद्यालय (सन् १८५९), मेहेरपुर सरकारी कन्या विद्यालय (सन् १९४०) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৭ জানুয়ারী ২০১৫), "এক নজরে মেহেরপুর সদর উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [dead link]
  2. गाजी रहमान (सन् २०१२), "मेहेरपुर सदर उपजिल्ला", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. ড. অশোক বিশ্বাস, বাংলাদেশের নদীকোষ, গতিধারা, ঢাকা, ফেব্রুয়ারি ২০১১, পৃষ্ঠা ৩৮৯, आइएसबिएन ९७८-९८४-८९४५-१७-९
  4. মানিক মোহাম্মদ রাজ্জাক (ফেব্রুয়ারি ২০১৫), "বাংলাদেশের নদনদী: বর্তমান গতিপ্রকৃতি", কথাপ্রকাশ, पृ: ৬১২, आइएसबिएन 984-70120-0436-4 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]