मैत्री एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मैत्री एफएम 'करुणा र शान्तिको सन्देश'मूल नारा लिई विक्रम सम्वत २०६४ वैशाख १८ गते रेडियो मैत्रीको प्रसारण आरम्भ भएको थियो । भास्सरा भिजन प्रालिद्वारा संचालित रेडियो मैत्रीको कार्यालय हाल काठमाडौंको कमलपोखरीमा छ । यसअघि यसको कार्यालय रविभवन काठमाडौंमा थियो ।

९९.४ मेगाहर्जमा विहान ५ बजेदेखि राति १० बजेसम्म रेडियोको प्रसारण हुने गर्दछ । विहान ६ बजेदेखि प्रत्येक घण्टा समाचार र मनोरन्जनात्मक कार्यक्रम यस एफएममा सुन्न सकिन्छ ।

स्थापनाकालमा काठमाडौं उपत्यकाभित्र मात्र प्रसारण क्षमता रहेको रेडियो मैत्री छैठौं बर्ष पूरा गर्दासम्म मैत्री नेटवर्कको पहिचान बनाउन सफल भएको छ । शुरुदेखि हालसम्म मैत्री र शान्तिको दर्शनमा अडिग रहेको रेडियोमैत्री नेटवर्कमा हाल विभिन्न ३० वटा एफएम रेडियोहरु आवद्ध छन् ।

'सकारात्मक सोचौं, रचनात्मक बनौ'भन्ने मान्यतालाई संचारक्षेत्रमा समेत स्थापित गराउनुपर्ने अहिलेको आवश्यकतालाई परम कर्तव्य ठानेको रेडियो मैत्रीले आवाज विहीनहरुको आवाज बन्ने आफ्नो लक्ष्यलाई भुलेको छैन ।

२०६४ सालमा पहिलो संविधानसभा गठनसँगै जन्मिएको यस रेडियोले नयाँ संविधान नबनाई संविधानसभा विघटन भएको विडम्वनापूर्ण स्थितिका बीच पनि जारी संक्रमणकाल उपलब्धिमूलक अन्त्यको लागि प्रसारण केन्द्रित गरेको छ । साथै उत्पीडित समुदाय, आदिवासी जनजाति, लैंगिक उत्पीडनमा रहेका महिला समुदाय, छुवाछुतको मारमा परेका दलित समुदाय, दिनभर पसिना बगाएर पनि साँझ विहान हातमुख जोड्न नसक्ने अवस्थाका गरीव जनता, विभिन्न कारणले अन्यायमा परेकाहरुको मुद्दालाई रेडियो मैत्रीले जोड दिदै आएको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९९.४ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।