मोतिलाल बोहरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोतीलाल बोहरा
नेपालका १५ औं प्रहरी महानिरीक्षक
कार्यकाल
२०४९ फाल्गुण – २०५३ माघ
एकाधिपतिवीरेन्द्र वीर विक्रम शाह
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
पूर्वाधिकारीरत्नसम्शेर राणा
उतराधिकारीअच्युतकृष्ण खरेल
व्यक्तिगत विवरण
जन्मवि.सं. २०००
अछाम
नागरिकतानेपाल नेपाली
राष्ट्रियतानेपाली
जीवन साथीमिथिला शर्मा [१] [२] [३]
सन्तान(हरू)
निवासनयाँ बानेश्वर
पेशाराजनीतिज्ञ, प्रहरी अधिकारी

मोतीलाल बोहरा (अङ्ग्रेजी: Motilal Bohara) नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख (प्रहरी महानिरीक्षक) तथा आइ.जी.पी. हुन् । वि.सं. २०४९ सालमा रत्न शमशेर ज.ब.रा. ले प्रहरी सेवाबाट अवकाश पाएपछि बोहरा प्रहरी महानिरीक्षकको पदमा नियुक्त भएका थिए । बोहराले २०५३ माघमा प्रहरी सेवाबाट अवकाश पाए ।

उनलाई नेपाल प्रहरीको सबैभन्दा धनी सदस्य मानिन्छ । [४]उनको कार्यकालमा २०५२ सालमा माओवादी द्वन्द्वकाल शुरू भयो । उनी पछि अच्युतकृष्ण खरेल नेपाल प्रहरीको प्रमुख भए ।उनको जन्म सुदूरपश्चिम प्रदेशस्थित अछाम जिल्लामा भएको थियो ।

प्रहरी सेवा[सम्पादन गर्नुहोस्]

मोतीलाल बोहराले वि.सं. २०२४ सालमा तत्कालीन प्रहरी महानिरीक्षक रोमबहादुर थापाको कार्यकालमा खुल्ला प्रतियोगिताबाट प्रहरी नायब निरीक्षक (सई) पदमा छनौट भई नेपाल प्रहरीमा प्रवेश गरेका थिए । त्यसको एक वर्ष पछि उनी खुल्ला प्रतियोगिताबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा छनौट भए । [५]

प्रहरी निरीक्षक[सम्पादन गर्नुहोस्]

बोहरा प्रहरी निरीक्षक हुँदा २०२६ बैशाख ३० गतेदेखि २०२७ आषाढ २६ गतेसम्म उनी काठमाडौंस्थित सदर प्रहरी तालिम केन्द्र (महाराजगञ्ज) मा कार्यरत थिए । २०२७ आषाढ २६ देखि २०२८ कात्तिक २८ गतेसम्म उनी ओलाङ्गचुङ्गोलास्थित ईलाका प्रहरी कार्यालय (ई.प्र.का.) लुङथुङमा कार्यरत भए । २०२८ कात्तिक २८ देखि २०२८ चैत्त ३० सम्म उनी महेन्द्रनगरमा कार्यरत थिए । २०२८ चैत्त ३० देखि २०३० आषाढ १३ गतेसम्म उनी जिल्ला निरीक्षक प्रहरी कार्यालय (जि.प्र.नि.का.) बर्दियामा खटिए । २०३० आषाढ १३ देखि २०३० चैत्त ९ सम्म उनी काठमाडौंस्थित सदर ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत थिए । २०३० चैत्त ९ देखि २०३१ जेठ ३ सम्म उनी मध्यक्षेत्र डिआईजी कार्यालयमा कार्यरत थिए । [६]

२०३१ जेठ ३ देखि २०३३ जेठ ८ सम्म उनी राजदरबारस्थित शाही पार्श्ववर्ती विभागमा कार्यरत थिए । तत्कालीन राजा वीरेन्द्रको राज्याभिषक समारोहमा बोहरा त्यहीँबाट खटिए । [६]

प्रहरी नायब उपरीक्षक[सम्पादन गर्नुहोस्]

२०३३ जेठ २४ गते बोहराको महाराजगञ्जस्थित सदर प्रहरी तालिम केन्द्र (स.प्र.ता.के.) मा कायम मुकायम (का.मु.) प्रहरी नायब उपरीक्षक पदमा सरूवा-बढुवा भयो । २०३३ माघ २० मा उनको प्रहरी नायब उपरीक्षक पदमा बढुवा भयो । करिब दुई वर्षसम्म स.प्र.ता.के. मा कार्यरत भएपछि २०३५ आषाढ १५ देखि २०३८ आषाढ ३१ सम्म उनी जिल्ला प्रहरी कार्यालय (जि.प्र.का.) पर्सामा खटिए । २०३८ आषाढ ३१ देखि २०४० बैशाख १२ सम्म उनी सदर प्रहरी तालिम केन्द्र (महाराजगञ्ज) मा कार्यरत थिए । २०४० बैशाख १२ देखि २०४१ आषाढ १५ सम्म उनी बुटवलस्थित पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा समादेशक (कमान्डेन्ट) का रूपमा कार्यरत थिए । [६]

प्रहरी उपरीक्षक[सम्पादन गर्नुहोस्]

२०४१ आषाढ १५ बोहराको राजविराजस्थित प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक पदमा सरूवा-बढुवा भयो । करिब दुई वर्षसम्म त्यहाँ कार्यरत भएपछि २०४३ श्रावण ९ मा उनको बागमती अञ्चल प्रहरी कार्यालय (काठमाडौं) मा सरूवा भयो । [६]

प्रहरी वरिष्ठ उपरीक्षक[सम्पादन गर्नुहोस्]

२०४३ असोज २२ मा बोहराको नक्सालस्थित प्रहरी प्रधान कार्यालयको प्रशासन महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक पदमा सरूवा-बढुवा भयो । २०४४ पौष ८ देखि २०४८ बैशाख ५ सम्म उनी विराटनगरस्थित पुर्व क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत थिए । [६]

प्रहरी नायब महानिरीक्षक[सम्पादन गर्नुहोस्]

२०४८ बैशाख ५ मा बोहरा कायम मुकायम (का.मु.) प्रहरी नायब महानिरीक्षक भए । २०४८ बैशाख ३० मा उनको काठमाडौंस्थित मध्यक्षेत्र प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक पदमा सरूवा-बढुवा भयो । २०४९ कात्तिक १४ देखि २०४९ फागुन १५ सम्म उनी प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा कार्यत थिए । [६]

प्रहरी महानिरीक्षक[सम्पादन गर्नुहोस्]

२०४९ फागुन १५ देखि २०५३ माघ १५ सम्म बोहरा नेपाल प्रहरीको प्रहरी महानिरीक्षक थिए । [६]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

मोतीलाल बोहराले सन् १०१४ मा नेपाली अभिनेत्री तथा नर्तक मिथिला शर्मासँग विवाह गरे ।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मिथिला शर्मा र पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराको विवाह"  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२६ मिति
  2. "विवाह"  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-०८ मिति
  3. "अदालत विवाह" 
  4.   লেখা "कान्तिपुर दैनिक" উপেক্ষা করা হয়েছে (सहायता); |title= रितो (सहायता)
  5. Police Mirror 2016 (Englishमा), २०७३। 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ ६.५ ६.६ अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहरा . Kathmandu: कर्मचारी प्रशासन शाखा, प्रहरी प्रधान कार्यालय । वि.सं. २०८०
  7. "साथ साथ", न्यून अफ नेपाल, २०६५, अन्तिम पहुँच ८ भदौ २०७६