सामग्रीमा जानुहोस्

मोतिलाल बोहरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोतीलाल बोहरा
नेपालका १५ औं प्रहरी महानिरीक्षक
कार्यकाल
२०४९ फाल्गुण  २०५३ माघ
एकाधिपतिवीरेन्द्र वीर विक्रम शाह
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
पूर्वाधिकारीरत्नसम्शेर राणा
उतराधिकारीअच्युतकृष्ण खरेल
व्यक्तिगत विवरण
जन्मवि.सं. २०००
अछाम
नागरिकतानेपाल नेपाली
राष्ट्रियतानेपाली
जीवनसाथीमिथिला शर्मा [] [] []
सन्तान
निवासनयाँ बानेश्वर
पेशाराजनीतिज्ञ, प्रहरी अधिकारी

मोतीलाल बोहरा (अङ्ग्रेजी: Motilal Bohara) नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख (प्रहरी महानिरीक्षक) तथा आइ.जी.पी. हुन् । वि.सं. २०४९ सालमा रत्न शमशेर ज.ब.रा. ले प्रहरी सेवाबाट अवकाश पाएपछि बोहरा प्रहरी महानिरीक्षकको पदमा नियुक्त भएका थिए । बोहराले २०५३ माघमा प्रहरी सेवाबाट अवकाश पाए ।

उनलाई नेपाल प्रहरीको सबैभन्दा धनी सदस्य मानिन्छ । []उनको कार्यकालमा २०५२ सालमा माओवादी द्वन्द्वकाल शुरू भयो । उनी पछि अच्युतकृष्ण खरेल नेपाल प्रहरीको प्रमुख भए ।उनको जन्म सुदूरपश्चिम प्रदेशस्थित अछाम जिल्लामा भएको थियो ।

प्रहरी सेवा

[सम्पादन गर्नुहोस्]

मोतीलाल बोहराले वि.सं. २०२४ सालमा तत्कालीन प्रहरी महानिरीक्षक रोमबहादुर थापाको कार्यकालमा खुल्ला प्रतियोगिताबाट प्रहरी नायब निरीक्षक (सई) पदमा छनौट भई नेपाल प्रहरीमा प्रवेश गरेका थिए । त्यसको एक वर्ष पछि उनी खुल्ला प्रतियोगिताबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा छनौट भए । []

प्रहरी निरीक्षक

[सम्पादन गर्नुहोस्]

बोहरा प्रहरी निरीक्षक हुँदा २०२६ बैशाख ३० गतेदेखि २०२७ आषाढ २६ गतेसम्म उनी काठमाडौंस्थित सदर प्रहरी तालिम केन्द्र (महाराजगञ्ज) मा कार्यरत थिए । २०२७ आषाढ २६ देखि २०२८ कात्तिक २८ गतेसम्म उनी ओलाङ्गचुङ्गोलास्थित ईलाका प्रहरी कार्यालय (ई.प्र.का.) लुङथुङमा कार्यरत भए । २०२८ कात्तिक २८ देखि २०२८ चैत्त ३० सम्म उनी महेन्द्रनगरमा कार्यरत थिए । २०२८ चैत्त ३० देखि २०३० आषाढ १३ गतेसम्म उनी जिल्ला निरीक्षक प्रहरी कार्यालय (जि.प्र.नि.का.) बर्दियामा खटिए । २०३० आषाढ १३ देखि २०३० चैत्त ९ सम्म उनी काठमाडौंस्थित सदर ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत थिए । २०३० चैत्त ९ देखि २०३१ जेठ ३ सम्म उनी मध्यक्षेत्र डिआईजी कार्यालयमा कार्यरत थिए । []

२०३१ जेठ ३ देखि २०३३ जेठ ८ सम्म उनी राजदरबारस्थित शाही पार्श्ववर्ती विभागमा कार्यरत थिए । तत्कालीन राजा वीरेन्द्रको राज्याभिषक समारोहमा बोहरा त्यहीँबाट खटिए । []

प्रहरी नायब उपरीक्षक

[सम्पादन गर्नुहोस्]

२०३३ जेठ २४ गते बोहराको महाराजगञ्जस्थित सदर प्रहरी तालिम केन्द्र (स.प्र.ता.के.) मा कायम मुकायम (का.मु.) प्रहरी नायब उपरीक्षक पदमा सरूवा-बढुवा भयो । २०३३ माघ २० मा उनको प्रहरी नायब उपरीक्षक पदमा बढुवा भयो । करिब दुई वर्षसम्म स.प्र.ता.के. मा कार्यरत भएपछि २०३५ आषाढ १५ देखि २०३८ आषाढ ३१ सम्म उनी जिल्ला प्रहरी कार्यालय (जि.प्र.का.) पर्सामा खटिए । २०३८ आषाढ ३१ देखि २०४० बैशाख १२ सम्म उनी सदर प्रहरी तालिम केन्द्र (महाराजगञ्ज) मा कार्यरत थिए । २०४० बैशाख १२ देखि २०४१ आषाढ १५ सम्म उनी बुटवलस्थित पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा समादेशक (कमान्डेन्ट) का रूपमा कार्यरत थिए । []

प्रहरी उपरीक्षक

[सम्पादन गर्नुहोस्]

२०४१ आषाढ १५ बोहराको राजविराजस्थित प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक पदमा सरूवा-बढुवा भयो । करिब दुई वर्षसम्म त्यहाँ कार्यरत भएपछि २०४३ श्रावण ९ मा उनको बागमती अञ्चल प्रहरी कार्यालय (काठमाडौं) मा सरूवा भयो । []

प्रहरी वरिष्ठ उपरीक्षक

[सम्पादन गर्नुहोस्]

२०४३ असोज २२ मा बोहराको नक्सालस्थित प्रहरी प्रधान कार्यालयको प्रशासन महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक पदमा सरूवा-बढुवा भयो । २०४४ पौष ८ देखि २०४८ बैशाख ५ सम्म उनी विराटनगरस्थित पुर्व क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत थिए । []

प्रहरी नायब महानिरीक्षक

[सम्पादन गर्नुहोस्]

२०४८ बैशाख ५ मा बोहरा कायम मुकायम (का.मु.) प्रहरी नायब महानिरीक्षक भए । २०४८ बैशाख ३० मा उनको काठमाडौंस्थित मध्यक्षेत्र प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक पदमा सरूवा-बढुवा भयो । २०४९ कात्तिक १४ देखि २०४९ फागुन १५ सम्म उनी प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा कार्यत थिए । []

प्रहरी महानिरीक्षक

[सम्पादन गर्नुहोस्]

२०४९ फागुन १५ देखि २०५३ माघ १५ सम्म बोहरा नेपाल प्रहरीको प्रहरी महानिरीक्षक थिए । []

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

मोतीलाल बोहराले सन् १०१४ मा नेपाली अभिनेत्री तथा नर्तक मिथिला शर्मासँग विवाह गरे ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "मिथिला शर्मा र पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराको विवाह" अभिलेखिकरण २०१४-०७-२६ वेब्याक मेसिन
  2. "विवाह" अभिलेखिकरण २०१४-०८-०८ वेब्याक मेसिन
  3. "अदालत विवाह"
  4. লেখা "कान्तिपुर दैनिक" উপেক্ষা করা হয়েছে (सहायता); |title= रितो (सहायता)
  5. Police Mirror 2016 (Englishमा), २०७३।
  6. 1 2 3 4 5 6 7 अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहरा . Kathmandu: कर्मचारी प्रशासन शाखा, प्रहरी प्रधान कार्यालय । वि.सं. २०८०
  7. "साथ साथ", न्यून अफ नेपाल, २०६५, अन्तिम पहुँच ८ भदौ २०७६