मोतिहारी-अमलेखगञ्ज पाइपलाइन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोतिहारी-अमलेखगञ्ज पाइपलाइन
Location
देशभारत, नेपाल
सामान्य दिशाSouth–North
बाटमोतिहारी
सम्मअमलेखगञ्ज
General information
प्रकारतेल पाइपलाइन
साझेदारइण्डियन आयल कर्पोरेशन लिमिटेड
नेपाल आयल निगम
प्राविधिक जानकारी
लम्बाइ६९ किमी (४३ माइल)
अधिकतम् बहाववार्षिक २० लाख मेट्रिक टन
मोतिहारी-अमलेखगञ्ज पाइपलाइन
Pipeline route

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन नेपालको अमलेखगञ्ज तेल डिपो र भारतको मोतिहारी बिचको ६९ किलोमिटर लामो सीमापार (ट्रान्स बोर्डर) पेट्रोलियम पाइपलाइन हो यो पाइपलाइनले इण्डियन आयल कर्पोरेशन लिमिटेड (IOC) बाट नेपाल आयल निगम (NOC) मा पेट्रोलियम ढुवानी गर्दछ। [१] यो भारतीय उपमहाद्वीपमा बनेको पहिलोपटक अन्तर देशीय (ट्रान्स-नेशनल) पाइपलाइन पनि हो। [२] यसको वार्षिक क्षमता २० लाख मेट्रिक टन छ। [३]

इतिहास[सम्पादन गर्नुहोस्]

पाइपलाइनको प्रस्ताव पहिलो पटक सन् १९९६ मा गरिएको थियो। [४] २००४ मा नेपाल आयल निगम र भारतीय आयल निगम बीच एक सम्झौता भएको थियो। [५] सन् २०१४ मा भएको रतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं भ्रमण पछि परियोजना निर्माणको लागि तय गरिएको थियो। दुबै सरकारहरूले बि.सं२०७२ (सन् २०१५ अगस्ट) मा परियोजना कार्यान्वयन गर्न सम्झौता गरेका थिए। यद्यपि २०७२ मा नेपालमा भूकम्पदक्षिणी सिमानामा आपूर्ति अवरोधका कारण परियोजना निर्माणमा ढिलाई भयो। परियोजना निर्माण कार्य अन्ततः अप्रिल २०१८ मा सुरु भयो र अप्रिल २०२० मा सम्पन्न भयो। नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रुपमा १० सेप्टेम्बर २०१९ मा संयुक्त रूपमा उद्घाटन गरेका थिए। [६] [७]

उक्त पाइपलाइनको निर्माण पछी बि सं २०२९ (सन् १९७३) देखिको पेट्रोलियम पदार्थ भारतबाट नेपाल ल्याउन ट्यांकरबाट ढुवानी गर्नु पर्ने बाध्यता हटेको छ । पाइपलाइनको निर्मान पछी पेट्रोलियम दुवानीमा वार्षिक २ अर्ब रुपैया बचत हुने अपेक्षा गरिएको छ। [४]

परियोजना ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएपनि १५ महिनामा सम्पन्न भयो। [२]

पाइपलाइनका विशेषताहरू[सम्पादन गर्नुहोस्]

  • पाइपलाइनको ३२.५ किलोमिटर भारतीय क्षेत्र (रक्सौलदेखि मोतिहारी सम्म) र 37.२५ किलोमिटर नेपालमा (रक्सौलदेखि अमलेखगञ्जसम्म) रहेको छ [५]
  • पाइपलाइन निर्माणको लागि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लगभग ६,५०० ठूला रुख र करिब ४,००० साना ठूला रूखहरू काटिएका थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Roche, Elizabeth (११ Sep २०१९), "Cross-border oil pipeline to boost India, Nepal relations", LiveMint, अन्तिम पहुँच ८ मार्च २०२० 
  2. २.० २.१ "Motihari-Amlekhganj oil pipeline constructed in "record time": PM", The Hindu (New Delhi), २०१९-०९-१०, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२१-०२-०२  उद्दरण त्रुटी: Invalid <ref> tag; name "hindu01" defined multiple times with different content
  3. "Motihari-Amlekhgunj Pipeline", Drishti IAS, अन्तिम पहुँच २०२१-०२-०२ 
  4. ४.० ४.१ "India, Nepal inaugurate Motihari-Amlekhgunj oil pipeline", Business Standard India, Press Trust of India, २०१९-०९-१०, अन्तिम पहुँच २०२१-०२-०२  उद्दरण त्रुटी: Invalid <ref> tag; name "bs20" defined multiple times with different content
  5. ५.० ५.१ Setopati, Setopati, "Motihari-Amlekhgunj petroleum pipeline project to come into operation from mid-April onward", Setopati, अन्तिम पहुँच २०२१-०२-०२  उद्दरण त्रुटी: Invalid <ref> tag; name "seto01" defined multiple times with different content
  6. "Narendra Modi inaugurates historic Indo-Nepal petroleum pipeline", India Today, अन्तिम पहुँच १० सेप्टेम्बर २०१९ 
  7. "Inauguration of Motihari-Amlekhganj (Nepal) pipeline by PM and PM Oli of Nepal", अन्तिम पहुँच २०२१-०२-०२