सामग्रीमा जानुहोस्

मोन राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोन राज्य म्यानमारको दक्षीणी क्षेत्रमा अवस्थित प्रशासनिक राज्य हो। यसको राजधानी मावलामाइन हो र कुल क्षेत्रफल १२,२९६.६ वर्ग किलोमिटर छ। मोन राज्यको पूर्वमा कयिन राज्य, पश्चिममा अन्डामान सागर, उत्तरमा बागो क्षेत्र र दक्षिणमा तानिन्थारी क्षेत्र पर्छ। त्यसै गरी दक्षिणपूर्वमा थाईल्याण्डको कन्चनबुरी प्रान्तसँग सानो सिमाना पनि जोडिएको छ। राज्यको पूर्वी सीमामा डौना पर्वत श्रृंखला रहेको छ।[]

मोन राज्यको कुल जनसंख्या २०१४ अनुसार करिब २.०५ मिलियन छ। यहाँ मोन, बर्मेली, क्याइन, पाओ, चिन, सान, र बर्मेली अङ्रेज लगायतका समुदायहरू बसोबास गर्छन्। यहाँको मुख्य भाषा मोन र बर्मेली हुन्। राज्यको तटरेखा ५६६ किलोमिटर लामो छ, जसमा लेगोक, वा कुञ र क्युङयी जस्ता केही साना टापुहरू पनि पर्दछन्।

मोन साम्राज्य

[सम्पादन गर्नुहोस्]

मोन समुदायको परम्परागत विश्वास अनुसार, सुवर्णभूमि पहिलो मोन साम्राज्य थियो, जुन लगभग ३०० ईसा पूर्व थाटन बन्दरगाहमा स्थापित भएको थियो। मौखिक इतिहास अनुसार मोनहरूले ३ ईसा पूर्वदेखि नै समुद्री व्यापारमार्फत बौद्ध धर्मसँग सम्पर्क राखेका थिए। मोनहरूले छठौं शताब्दी तिर थेरवाद बौद्ध धर्म अपनाएको देखिन्छ र पल्लव लिपि प्रयोग गर्न थालेको देखिन्छ। मोनहरूले भारतीय र मोन संस्कृतिलाई मिश्रित गर्दै संस्कृति सिर्जना गरेको मानिन्छ।[]

८२५ ईस्वीमा मोनहरू दक्षिणी र दक्षिणपूर्वी म्यानमारमा स्थापित भए र बागो तथा थाटन सहरहरू स्थापना गरेका थिए। नवौं शताब्दीको मध्यसम्म उनीहरूले दक्षिणी म्यानमारको प्रभुत्व जमाएका थिए। यो राज्यको केहि भाग १०२४ ईस्वीमा खमेर साम्राज्यको नियन्त्रणमा आएको थियो।

ब्रिटिश आगमन

[सम्पादन गर्नुहोस्]

१८२४ मा पहिलो अङ्रेज-बर्मेली युद्धपछि म्यानमारको तल्लो भाग (अहिलेको मोन राज्य) ब्रिटिश साम्राज्यले कब्जा गर्‍यो। मोनहरूले युद्धमा ब्रिटिशलाई सहयोग गरे, र युद्धपछि आफ्नो नेतृत्वको आश्वासन पाए। ब्रिटिश शासनको समयमा मावलामाइनमा ठूलो अङ्रेज-बर्मेली समुदाय थियो। यो समुदाय धेरै बेलायत वा अष्ट्रेलिया सरेकाले अहिले यो समुदाय अत्यन्त घटेको छ।

बर्मेली स्वतन्त्रता

[सम्पादन गर्नुहोस्]

१९४७ मा मोनहरूले आफ्नो स्वतन्त्रताको माग राखे, तर बर्मेली प्रधानमन्त्री यू नुले अस्वीकार गरे। त्यसपछि मोन क्षेत्रमा बर्मेली सेनाले हस्तक्षेप गर्‍यो र गृहयुद्ध सुरु भयो। मोन अलगाववादीहरूले मोन पीपल्स फ्रन्ट गठन गरे, जुन पछि १९६२ मा नयाँ मोन स्टेट पार्टी (एनएमएसपी) मा परिणत भयो। १९७४ मा मोन राज्य आधिकारिक रूपमा गठन भए पनि लामो समयसम्म संघर्ष जारी रह्यो।

प्रशासनिक संरचना

[सम्पादन गर्नुहोस्]

मोन राज्य दुई मुख्य जिल्लामा विभाजित छ: मावलामाइन जिल्ला र थाटन जिल्ला। प्रत्येक जिल्लामा विभिन्न नगरपालिकाहरू, सहरहरू र गाउँहरू अवस्थित छन्।

मावलामाइन राज्यको राजधानी र चौथो ठूलो शहर हो। प्रमुख सहरहरूमा मावलामाइन, थाटन, ये, क्याइकमाराव, क्याइकहो, मडोन, पाङ, बिन, मट्टामा, सिट्टाउङ, क्यामरवाट र यवारलुट पर्दछन्।

यो राज्यको प्रशासनिक कार्य म्यानमार सेना र नेवी कमाण्ड अन्तर्गत सञ्चालन हुन्छ।

जनसांख्यिकी

[सम्पादन गर्नुहोस्]

जातीय संरचना

[सम्पादन गर्नुहोस्]

मोन राज्यको जनसंख्या २०१४ अनुसार करिब २,०५४,३९३ थियो। मोन समुदायको सबैभन्दा ठूलो जनसंख्या (३८.७%) छ। बर्मेली समुदाय ३६.४%, क्याइन १४.२%, पाओ ३.१ % र सान ०.२% छन्। थाई समुदाय क्याइकामी क्षेत्रमा बसोबास गर्छ। धेरै मोन समुदायका व्यक्तिहरू बर्मेली भाषा बुझ्दैनन् वा बोल्दैनन्।[]

मोन राज्यमा बौद्ध धर्मावलम्बीहरूको संख्या सबैभन्दा बढी छ जुन करिब ९२.६ प्रतिशत हुन आउछ। मुस्लिम समुदाय ५.८ %, हिन्दू १ % र क्रिश्चियन ०.५ %रहेका छन्। २०१६ अनुसार मोन राज्यमा ३२,७६९ बौद्ध भिक्षु दर्ता छन्।[]

भूगोल र जलवायु

[सम्पादन गर्नुहोस्]

यो राज्य १४°५२′ देखि १७°३२′ उत्तरी अक्षांश र ९६°५१′ देखि ९८°१३′ पूर्वी देशान्तरमा फैलिएको छ। पश्चिममा अन्डामान सागर र मोट्टामा उपसागर, पूर्वमा डौना पर्वत, दक्षिणमा तानिन्थारी क्षेत्र र थाईल्याण्ड सिमाना, उत्तरमा सिट्टाउङ नदीको मुख हुँदै बागो क्षेत्र पर्छ।

राज्यको जलवायु उष्णकटिबंधीय छ। समुद्र नजिक हुनाले तापक्रम सामान्य रहन्छ। मावलामाइनको जनवरीको औसत तापक्रम २६ डिग्री सेल्सियस र अप्रिलमा २९ डिग्री सेल्सियस हुन्छ। वार्षिक वर्षा मावलामाइनमा ४.८ मिटर र थाटनमा ५.५ मिटर जति हुन्छ। वर्षाको अधिकतम मात्रा जुलाई र अगस्तमा पर्छ।

मोन राज्यको मुख्य आर्थिक गतिविधि कृषि हो। करिब ४,५०,०००० एकर जमिनमा मुख्य रूपमा धान खेती गरिन्छ। दोस्रो मुख्य खेती रबर हो। पहाडी क्षेत्रमा रबर बगैंचा विकसित छन् भने दक्षिणी तट क्षेत्रमा माछापालन सम्बन्धित उद्योगअरू रहेका छन।[]

कागज, चिनी र रबर टायर उत्पादन पनि यहाँको महत्वपूर्ण उद्योग हुन्। थाटनमा ठूलो रबर उत्पादन कारखाना छ। मोन राज्यको करिब आधा भूभाग वनले ढाकिएको छ। काठ उत्पादन पनि यहाँको प्रमुख आर्थिक स्रोत हो। खनिज स्रोतहरूमा नुन, एन्टिमनी र ग्रेनाइट पर्दछन्। केहि ग्यास उत्पादन पनि हुेन गर्छ।

मोन राज्यमा मुख्य हवाई मार्ग मावलामाइन विमानस्थलये विमानस्थल हुन्।

२००६ मा खोलिएको मावलामाइन पुलले उत्तर–दक्षिण यात्रा सहज बनाएको छ। रेल, बस, समुद्री मार्ग र हवाई मार्गले म्यानमारका मुख्य शहरहरूसँग राज्यलाई जोड्दछन्।

थ्री पागोडास पासले थाईल्याण्डसँग अन्तर्राष्ट्रिय मार्ग जोडेको छ।

मोन राज्यमा उच्च शिक्षा मुख्य रूपमा मावलामाइनमा केन्द्रित छ। मावलामाइन विश्वविद्यालय राज्यको प्रमुख र सबैभन्दा ठूलो विश्वविद्यालय हो। २००२–०३ शैक्षिक वर्षमा राज्यमा प्राथमिक विद्यालय १२१०, माध्यमिक विद्यालय ८७ र उच्च विद्यालय ५६ थिए। शिक्षकको संख्या करिब ९,३०० र विद्यार्थी संख्या ३,२९,००० थियो।[]

स्वास्थ्य सेवा

[सम्पादन गर्नुहोस्]

म्यानमारमा स्वास्थ्य सेवा कमजोर छ। आधारभूत सेवा नि:शुल्क भए पनि बिरामीले औषधि र उपचार खर्च तिर्नुपर्छ। सार्वजनिक अस्पतालमा आधारभूत सुविधा र उपकरणको कमी छ। २००२–०३ मा मोन राज्यमा स्वास्थ्य सेवा प्रणालीमा सीमित अस्पताल र क्लिनिकहरू सञ्चालनमा थिए।[]

पर्यटन र सांस्कृतिक महत्व

[सम्पादन गर्नुहोस्]

मोन राज्य सांस्कृतिक र ऐतिहासिक दृष्टिले धनी छ। थाटन, बागो, मावलामाइन र ये सहरहरू पुरातात्विक र धार्मिक स्थलहरूका रूपमा प्रसिद्ध छन्। मोन समुदायको कला, नृत्य, संगीत र वास्तुकला क्षेत्रीय पहिचानको मुख्य हिस्सा हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Census Report, The 2014 Myanmar Population and Housing Census 2, Naypyitaw: Ministry of Immigration and Population, मे २०१५, पृ: 17।
  2. Hinduism and Buddhism, An Historical Sketch, Vol. 3 by Sir Charles Eliot
  3. Jap, Jangai; Courtin, Constant (२०२२-११-२२), Deciphering Myanmar's Ethnic Landscape: A Brief Historical and Ethnic Description of Myanmar's Administrative Units, International IDEA, आइएसबिएन 978-91-7671-577-2, डिओआई:10.31752/idea.2022.57
  4. Department of Population Ministry of Labour, Immigration and Population MYANMAR (जुलाई २०१६), The 2014 Myanmar Population and Housing Census Census Report Volume 2-C, Department of Population Ministry of Labour, Immigration and Population MYANMAR, पृ: 3।
  5. "China Eyes Mon State Investment", The Irrawaddy (en-USमा), १० अक्टोबर २०१७, अन्तिम पहुँच २३ अक्टोबर २०१७
  6. "Education statistics by level and by State and Division", Myanmar Central Statistical Organization, मूलबाट १० जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २००९ अभिलेखिकरण १० जुलाई २०११ वेब्याक मेसिन
  7. "Hospitals and Dispensaries by State and Division", Myanmar Central Statistical Organization, मूलबाट २९ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २००९ अभिलेखिकरण ३० अप्रिल २०११ वेब्याक मेसिन