सामग्रीमा जानुहोस्

मोलिएख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोलिएख
पियरे मिग्नार्डद्वारा बनाइएको मोलिएखको चित्र (लगभग सन् १६५८)
पियरे मिग्नार्डद्वारा बनाइएको मोलिएखको चित्र (लगभग सन् १६५८)
जन्मजाँ–बाप्टिस्ट पोकेलिन
(१६२२-०१-१५)१५ जनवरी १६२२
पेरिस, फ्रान्स
मृत्यु१७ फेब्रुअरी १६७३(1673-02-17) (उमेर ५१)
पेरिस
साहित्यिक नाममोलिएख
पेशाPlaywright, actor
राष्ट्रियताफ्रान्सेली
शिक्षाUniversity of Orléans
अवधि1622–1673
विधाहाँस्य
उल्लेखनीय कार्यहरूTartuffe; The Misanthrope; The Learned Women; The School for Wives; L'Avare
जीवनसाथीArmande Béjart
सहकर्मीMadeleine Béjart
बच्चाहरूLouis (1664–1664)

Marie Madeleine (1665–1723)

Pierre (1672–1672)

मोलिएख (सुन्नुहोस्) (१६२२–१६७३) फ्रान्सेली अभिनेता, निर्देशक र लेखक थिए। उनको वास्तविक नाम जाँ–बाप्टिस्ट पोकेलिन थियो, तर उनले मोलिएख भन्ने नाम आफ्नो रङ्गमञ्चीय नामको रूपमा प्रयोग गरे।[] उनले इतिहाँसकै केही सबैभन्दा प्रसिद्ध हास्य नाटकहरू लेखे।[]

मोलिएखको जन्म पेरिसमा भएको थियो, जहाँ उनका बुबा कालीनको पसल चलाउँथे। जवान उमेरमा उनले कलाकार बन्ने निर्णय गरे। २१ वर्षको उमेरमा उनले एउटा रङ्गमञ्च समूह स्थापना गरे तर त्यो असफल भयो। सन् १६४५ देखि १६५८ सम्म उनले आफ्ना साथीहरू सहित फ्रान्सका विभिन्न ठाउँमा यात्रा गर्दै नाटक प्रदर्शन गरे।

पछि राजा लुई चौधौँले मोलिएखलाई भर्सायस्थित दरबारमा मनोरञ्जनहरूको जिम्मेवारी दिए। मोलिएखका लागि विशेषगरी क्याथोलिक चर्चका सदस्यहरू शत्रु समान थिए जसको कारण राजाको समर्थन पाउँदा उनी खुसी थिए।

उनका हाँस्य नाटकहरू मानवका कमजोरीहरू — जस्तै: इर्ष्या, कठोरता, ढोङ्ग, मृत्युको डर आदि माथि केन्द्रित छन्। उनले हाँस्यलाई मनोरञ्जनका साथै शिक्षाको साधनको रूपमा प्रयोग गर्दथे।

उनका प्रसिद्ध नाटकहरूमध्ये "टार्टफ्फे (Tartuffe)" ले एउटा धूर्त मानिसले धनी परिवारलाई कसरी ठग्छ भन्ने देखाउँछ। उनको अन्तिम नाटक "द हाइपोकन्ड्रियाक (The Hypochondriac)" (मौलिक शीर्षक Le Malade Imaginaire) थियो। प्रायः उनले आफ्ना नाटकहरूमा मुख्य भूमिका पनि आफैँ निर्वाह गर्दथे, यस नाटकमा पनि त्यसै गरे।

दुर्भाग्यवश, चौथो प्रदर्शनको क्रममा रङ्गमञ्चमै उनको क्षयरोगका कारण मृत्यु भयो। चैत्यसँगको विवादका कारण उनलाई चैत्यमा अन्त्येष्टी गर्न अनुमति दिइएन।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ Bermel, Albert (२०००), ["Biography) of Molière - French Dramatist", Discover France, The Warton Group, अन्तिम पहुँच २००९-०३-०७ [स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]