मोहन्याल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मोहन्याल
—  गाउँ विकास समिति  —
मोहन्याल is located in Nepal
मोहन्याल
मोहन्याल
निर्देशाङ्क: २८°५३′उत्तर ८०°५३′पूर्व / २८.८८° उत्तर ८०.८९° पूर्व / 28.88; 80.89निर्देशाङ्क: २८°५३′उत्तर ८०°५३′पूर्व / २८.८८° उत्तर ८०.८९° पूर्व / 28.88; 80.89
देश  नेपाल
अञ्चल सेती अञ्चल
जिल्ला कैलाली
जनसङ्ख्या (1991)
 - जम्मा ३,९१७
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

परिचय[सम्पादन गर्ने]

मोहन्याल नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित गाउँ विकास समिती हो। कार्तिकेय (मोहन्याल) देवताको नामबाट नामकरण गरिएको हुँदा मोहन्याल गाउ विकास समिति नाम रहेको हो | केदार (शिव ) पुत्र मोहन्याल बोगटानका शक्तिशालि देवता हुन् | यो गा वि स कैलालीको प्रशिध्द ठाऊका रूपमा रहेको छ। यो गा वि स पहाडी अर्थात चुरे क्षेत्रमा पर्दछ। महोन्याल विश्वकै उच्च स्थानमा रहेको चुरे क्षेत्र हो। यस क्षेत्रमा विकासका पुर्वाधारको कमी छ। यो क्षेत्रमा जानको लागी चौमाला,मसुरिया,राम शिखरझाल,पण्डौन, बागछेडा,आदी क्षेत्र सम्म मात्रै यातायात अर्थात बाटोघाटोको सुविधा रहेको छ।

नदी[सम्पादन गर्ने]

यो गाविसमा एउटा गाड/नदी छ । त्यस नदीको नाम ठूली गाड अर्थात ठूली गण्डकी नदी(Thuli Gandaki River- Thuli Ga.r)नामले प्रसिध्द छ।यो नदीको पानी उतर-पूर्व तिर बग्दछ।यो नदीको पानी कर्णाली नदीमा मिसीन्छ।

सुविधा[सम्पादन गर्ने]

यस गाविस मानिस तराईको भन्दा बढी चेतनसील छन।यस गाविसमा हरेक मानिसको घरघरमा चर्पी र उज्यालोको लागी सोलार उर्जाको प्रयोग गर्छन।बसिन्दाहरू भन्छन"सरकारले लगानी गर्न र सुविधा दिन त सकेन तर केही छैन हामी सरकारको मुख आफैले सक्ने ठाउमा लगानी गर भन्दैनौ तर सरकारले हाम्रा स्थानीय लागत सुविधा हेर्न पैदल यात्रामा आए त्यसमा सन्तुष्ठी हुने थियौ।" स्थानीय गाउलेहरु सहरतिरका विघुत भन्दा यी सोलारले 24घण्टा सम्म उज्यालो दिन्छ। खाने पानीको पनी अभाव त छैन तर वाटोघाटोको अभाव छ। स्वास्थ्य सेवा राम्रो छ तर औषधी ल्याउन उचित मार्ग र साधन छैन।

शिक्षा[सम्पादन गर्ने]

मोहन्याल गा वि सको शिक्षा तराईका निजि स्रोतमा दिईने शिक्षा भन्दा कम छैन। यस गाविसमा निशुल्क शिक्षा भयता पनी शैक्षिक सामग्रीको अभाब छ। किताब कापी विद्यार्थी स्वयम आफै किताब बोकी पढ्दछन। पढ्न त्यतीकै हुदैन जहा ईच्छा त्यहा उपाय,अनी शिक्षा । किताब पिठीउमा बोकी पाठ्यपुस्तक ल्याउने गर्दछन। वाटो अप्ठेरोको कारण यातायातमा किताब ल्याउन सकिन्न।

यातायात[सम्पादन गर्ने]

गधा खच्चड नै यहाका मुख्य माध्यम हुन। मोटर गाडी नगए पनी हवाईमार्ग र रोपवे(केवुलकार) को सुविधा भए पनी सहज हुन्थ्यो तर सरकारले नै फर्की हेरेन। मार्गको निर्माणको लागी आधा काम नै रहेकोछ। राम शिखरझालाबाट चिरकिट्टे 2 पण्डौन सम्म र मसुरियाबाट तालबन्द सम्म र चौमाला देखि बालुवाखोला सम्म वाटोको निर्माण भएको छ।

आर्थिक[सम्पादन गर्ने]

यहाको आर्थिक स्थिती कतै कमजोर छ र कतै मध्यम छ। यहा विद्युत ,यातायात ,स्वाथ्यको कमी रहेको यो क्षेत्रमा कुनै उद्योग संचालन हुने अवस्था छैन। सल्लाका रुखबाट खोटो अर्थात लिसो निस्कन्छ। यो रोड निर्माणमा ,उद्योगमा आदी काममा आवश्यक पर्दछ।त्यैले लिसो नैवढी तराईमा पठाईन्छ। यसमा भारतीय नागरिक कामदारमा रहेका छन। यहाका सल्लाका रूखहरुमा टिप राखी लिसो/खोटो जम्मा गर्दछन देशीहरू ठाउठाउमा क्याम्प थापी बसेका छन।

प्रसिध्द स्थल[सम्पादन गर्ने]

यहाका प्रसिध्द स्थल ठूली गाड, मोहन्याल माडू- कठीउर,आदी छन।

चित्र:मोहन्याल1.jpg


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]